Connect with us
Advertisement
Advertisement

यस्तो छ नेपाल आउँदै गरेको रेलको भित्री र बाहिरी भाग

Published

on

विराटचोकः नेपाली भूमिमा चल्ने नयाँ २ वटा रेल नेपाली भूमिमा प्रवेश गरेका छन् । भारतमा निर्माण भएका रेल भारतको जयनगर स्टेशनबाट जनकपुर ल्याइएको हो । नेपाली भूमिमा प्रवेश गरेका रेल दिउँसोसम्म जनकपुर आइपुग्ने रेल विभागका महानिर्देशक बलराम मिश्रले बताएका छन् ।

बिहान ९ बजेतिर उनले आफ्नो फेसबुक वालमा नयाँ रेलको भित्री र बाहिरी भागका तस्बिर राखेका छन् । नेपालको राष्ट्रिय झण्डामा प्रयोग भएको रङ प्रयोग गरिएका ती रेल आवश्यक कानुन बनाएर दशैँ–तिहारपछि सञ्चालनमा ल्याउने विभागले जनाएको छ ।

भारतीय सरकारी कम्पनी कोनकान कम्पनीमार्फत् रेल सेट खरिद गरिएको होे । रेल नेपाल रेल्वे कम्पनीले चलाउँछ। आजै उसलाई विभागले रेल हस्तान्तरण गर्दैछ। अहिले यो रेल जनकपुर-जयनगर-कुर्थासम्म ३५ किलोमिटर सञ्चालन गर्ने योजना छ।

(सबै तस्बिर रेल विभागका महानिर्देशक बलराम मिश्रको फेसबुकबाट साभार गरिएको हो ।)

   

Continue Reading

Facebook Comment

Advertisement
Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

झण्डै ३२ अंकले बढेको शेयर बजारमा ३२ अर्ब हाराहारी पुग्यो बजार पूँजीकरण, बैंक र सामुहिक लगानी कोषको सूचकमा गिरावट

Published

on

विराटचोकः आज पनि शेयर बजार बढेर हिजोको सूचक र बजार पूँजीकरणको रेकर्ड तोडेको छ । ३१ दशमलव ८७ अंकले बढेको बजारमा कुल बजार पूँजीकरण ३१ खर्ब ८९ अर्ब ९५ करोड कायम भएको छ । बजार बढे पनि बैंक र सामुहिक लगानी कोषको सूचकमा भने गिरावट आएको छ । हिजोको तुलनामा कारोबार रकम पनि बढेको छ । बिहीबार ७ अर्ब ७९ करोड ८५ लाख २८ हजार ४ सय ३२ रुपैयाँको शेयर किनबेच भएको छ ।

सेन्सेटिभ इन्डेक्स पनि २.५९ अंकले बढेर ४४५.५९ मा पुगेको छ । आज निर्जीवन बीमा समूह झण्डै ५ प्रतिशतले बढ्दा लघुवित्त ४ प्रतिशत र जलविद्युत समूह पौने ४ प्रतिशतले बढेको छ । जीवन बीमा, फाइनान्स र विकास बैंक पनि उच्च मूल्य बढ्ने समूहमा परेका छन् ।

आज नेप्सेमा सूचीकृतमध्ये २ सय ९ कम्पनीका १ करोड ८१ लाख ५ हजार ६ सय ७१ कित्ता शेयर ७ अर्ब ७९ करोड ८५ लाख २८ हजार ४ सय ३३ रुपैयाँमा किनबेच भएको छ । जम्मा ६९ हजार ३ सय ३३ पटक शेयर किनबेच भएको थियो ।

आज पनि नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक ५३ करोड ३३ लाख १२ हजार ४ सय २१ रुपैयाँको शेयर किनबेच भएको छ । नेको इन्सुरेन्सको २६ करोड ६४ लाख, नेपाल पुनर्बीमा कम्पनीको २२ करोड ९९ लाख, शिखर इन्स्योरेन्सको २२ करोड ८२ लाख र नेशनल लाइफ इन्स्योरेन्सको २१ करोड ४४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज २१ वटा कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । मूल्य बढ्नेमा लघुवित्त, विकास बैंक, जलविद्युत, फाइनान्स र बीमा समूहका कम्पनी रहेका छन् ।

नारायणी डेभलपमेन्ट बैंकका शेयरधनीहरुले ७ प्रतिशत हाराहारीमा सम्पत्ति गुमाएका छन् ।

Continue Reading

Banner

३३६ जना थपिए संक्रमित, २२६ जना निको

Published

on

विराटचोकः आज नेपालमा ३ सय ३६ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६८ हजार ६ सय ४६ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप २ सय २६ जना निको भएसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ६२ हजार ८ सय ६८ जना पुगेको छ । थप ४ जनाको मृत्युसँगै संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ७९ जना पुगेको छ ।

आइसोलेसनमा रहनेको संख्या ३ हजार ७ सय ९९ जना र क्वारेन्टिनमा रहनेको संख्या १ सय ७२ जना छ । हालसम्म २० लाख ३१ हजार ७ सय ५६ स्वाबको पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

Continue Reading

Banner

प्रदेशमा थपिए ८ जना कोरोना संक्रमित

Published

on

विराटचोकः आज प्रदेश नम्बर १ मा ८ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ३० हजार १ सय १० जना पुगेको छ । तीमध्ये २९ हजार ५ सय ३३ जना निको भएका छन् । १ सय १२ जनाको ज्यान गएको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार सुनसरीको धरान र इनरुवा, झापाको बिर्तामोड, संखुवासभाको खाँदबारी, मोरङको रंगेली र प्रदेश १ बाहिरका एक एक जनामा संक्रमण पुष्टि भएको हो । झापाको अर्जुनधारामा १ जना महिलासहित २ जनामा संक्रमण पुष्टि भएको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५११३३२९९, ९८४२१९२४१२, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक खेमचन्द्र अधिकारी
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः नवराज पोख्रेल
व्यवस्थापकः कृष्णचन्द्र सुवेदी
हाम्रो फेसबुक