विश्व
पूर्वमन्त्री गगन थापा भन्छन्, ‘एनआरएनएका ज्ञान, अनुभव र सहयोगबाट नेपाल लाभान्वित हुनुपर्छ’
फाइल तस्बिरः
विराटचोकः गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को दोस्रो विश्व स्वास्थ्य सम्मेलनको शनिबार साँझ औपचारिक उद्घाटन भएको छ । शुक्रबारदेखि नै अनौपचारिक रुपमा शुरु भएको सम्मेलनको औपचारिक उद्घाटन पूर्व स्वास्थ्यमन्त्री गगन थापा, गैरआवासीय नेपाली संघ (एनआरएन) का अध्यक्ष कुमार पन्त तथा राष्ट्र संघका लागि नेपाली नियोगका स्थायी प्रतिनिधि अमृत राईले संयुक्त रुपमा गरेका हुन् ।
कार्यक्रममा बोल्दै पूर्व स्वास्थ्यमन्त्री गगन थापाले एनआरएनएले गरेको यो प्रयास निकै सह्रानीय भएको बताए । संसारभर छरिएर रहेका नेपालीहरुलाई नेपालसँग जोड्न आफू सधैँ प्रतिबद्ध रहेको उनले बताए । पर्याप्त स्रोत र साधनको अभावमा देश गुज्रिरहेको बेला गैरआवासीय नेपालीहरुका अनुभव र अभ्यासबाट त्यसको पूर्ति हुन्छ भन्ने अपेक्षा आफूले लिएकाले एनआरएनएको अनुभव र सहयोगबाट नेपाल लाभान्वित हुनुपर्ने उनको भनाइ थियो ।
कोरोना महामारीकाबीच स्वास्थ्यकर्मीहरुले आआफ्नो क्षेत्रबाट निकै महत्वपूर्ण योगदान पुर्याएको तर सरकारले इच्छाशक्ति देखाएर काम गर्न नसकेको उनले बताए । महामारीका बीचमा पनि नयाँ अनुभवहरु भएका छन् । उन्नत संरचनाहरु बनेका छन् । यी सबै हुँदै गर्दा पनि राजनीतिक नेतृत्वले इच्छाशक्ति नदेखाएको उनको आरोप थियो ।
कोरोना महामारीले स्वास्थ्यसँगै आर्थिक तथा सामाजिक संकट समेत निम्त्याएकाले सरकार, गैरआवासीय नेपाली, राजनीतिक दल र सबै सरोकारवाला समन्वय गरेर अघि बढ्नुपर्ने उनले बताए ।
समितिले आयोजना गरेको ३ दिने सम्मेलनले जारी गर्ने घोषणा पत्रले स्वास्थ्य क्षेत्रमा निकै महत्वपूर्ण भूमिका खेल्ने पनि आफ्नो विश्वास रहेको उनको भनाइ थियो ।
कार्यक्रममा बोल्दै गैर आवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले स्वास्थ्य समितिको यो सम्मेलन निकै अर्थपूर्ण भएको बताए । देशबाहिर रहेका ६० लाखभन्दा बढी नेपालीहरुको स्वास्थ्यमा समितिले निकै मत्वपूर्ण भूमिका खेलेको उनको भनाइ थियो । दूतावास नभएका मुलुकमा रहेका नेपालीहरुका लागि समितिले उल्लेखनिय भूमिका निर्वाह गरेर यो सधैँका लागि चाहिन्छ भन्ने प्रमाणित गरिदिएको उनले बताए । कोरोना महामारीको समयमा विभिन्न मुलुकमा रहेका नेपालीहरुको स्वास्थ्य अवस्था, आर्थिक संकट, खाद्यान्न व्यवस्थापन, स्वदेश फिर्ती लगायत कार्यमा एनआरएनएले निकै महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ थियो ।
समस्यामा परेका नेपालीहरुलाई स्वदेश फिर्तीका लागि सहजीकरण गरिदिन सरकारलाई पटकपटक आग्रह गरे पनि सरकारले सीमित संख्यामा मात्रै नेपालीहरुलाई स्वदेश फर्काउँदा समस्या निम्तिएको पन्तले बताए । एनआरएनएले विश्व ज्ञान सम्मेलन समेत गर्ने उनले जनाए ।
राष्ट्र संघका लागि नेपाली नियोगका स्थायी प्रतिनिधि अमृत राईले समितिको सम्मेलन उपयुक्त समयमा भएको बताएका थिए । यो विश्व स्वास्थ्य सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो ।
एनआरएनएका महासचिव डा हेमराज शर्माले कोरोना संक्रमणसँग जुध्न संघले शुरुदेखि नै उच्चस्तरीय समिति गठन गरेर अगाडि बढेको बताए । समितिले नेपालीहरुको अवस्था, समस्या परेकाहरुलाई सहयोग गरेको जनाए ।
विश्वका विभिन्न मुलुकमा रहेका नेपालीहरुको स्वास्थ्य अवस्थाका बारेमा जानकारी दिन सम्बन्धित सबैसँग समन्वय गरी हरेक हप्ता नेपालीहरुको स्वास्थ्य अवस्थाबारे बुलेटिन प्रकाशन गरिएको पनि उनले जनाए । गन्तव्य मुलुकका सरकार, नेपाल सरकार, कूटनीतिक नियोग लगायत सबैसँग नजिक रहेर काम गर्ने अवसर कोरोना महामारीको समयमा जुटेको तथा विशेषगरी मध्यपूर्वका मुलुकमा रहेका नेपाली श्रमिकहरुको हकहितका लागि आइएलोसँग प्रोजेक्ट शुरु गरेको उनले उल्लेख गरे ।
समितिका अध्यक्ष सञ्जीव सापकोटाले प्रथम विश्व स्वास्थ्य सम्मेलनको ऐतिहासिक महत्वलाई निरन्तरता दिन दोस्रो सम्मेलन तय गरिएको बताए । सम्मेलनले संसार भरका स्वास्थ्यकर्मी, उनीहरुको चुनौती र अवसर, युवाहरुको स्वास्थ्य, महामारीमा सञ्चारमाध्यमको भूमिका लगायतका विषयमा अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरिएको बताए ।
एनआरएनए अमेरिकाका अध्यक्ष सुनिल शाहले यस्तो महामारीमा पनि दोस्रो विस्व स्वास्थ्य सम्मेलन आयोजना गर्न सफल भएकोमा एनआरएनएको स्वास्थ्य समितिलाई धन्यवाद दिएका थिए ।
स्नेहा सापकोटाले सञ्चालन गरेको सो कार्यक्रममा एनआरएनए महिला संयोजक भोमा गुरुङ, एनआरएनए युवा संयोजक हिमाल गुरुङ आइओएम युएन माइग्रेसन कन्ट्री डाइरेक्टर लान्दो लोरेना लगायतले पनि आफ्नो धारणा राखेका थिए । भर्चुअल माध्यमबाट भएको कार्यक्रममा २ सयभन्दा बढी स्वास्थ्यकर्मी सहभागी थिए ।
Facebook Comment
Banner
कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए
नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।
निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।
यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।
पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।
१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह
Banner
चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।
खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।
Banner
आज सोनाम ल्होसार
तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।
नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login