Connect with us
Advertisement

पूर्वमन्त्री गगन थापा भन्छन्, ‘एनआरएनएका ज्ञान, अनुभव र सहयोगबाट नेपाल लाभान्वित हुनुपर्छ’

Published

on

फाइल तस्बिरः
विराटचोकः गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को दोस्रो विश्व स्वास्थ्य सम्मेलनको शनिबार साँझ औपचारिक उद्घाटन भएको छ । शुक्रबारदेखि नै अनौपचारिक रुपमा शुरु भएको सम्मेलनको औपचारिक उद्घाटन पूर्व स्वास्थ्यमन्त्री गगन थापा, गैरआवासीय नेपाली संघ (एनआरएन) का अध्यक्ष कुमार पन्त तथा राष्ट्र संघका लागि नेपाली नियोगका स्थायी प्रतिनिधि अमृत राईले संयुक्त रुपमा गरेका हुन् ।

कार्यक्रममा बोल्दै पूर्व स्वास्थ्यमन्त्री गगन थापाले एनआरएनएले गरेको यो प्रयास निकै सह्रानीय भएको बताए । संसारभर छरिएर रहेका नेपालीहरुलाई नेपालसँग जोड्न आफू सधैँ प्रतिबद्ध रहेको उनले बताए । पर्याप्त स्रोत र साधनको अभावमा देश गुज्रिरहेको बेला गैरआवासीय नेपालीहरुका अनुभव र अभ्यासबाट त्यसको पूर्ति हुन्छ भन्ने अपेक्षा आफूले लिएकाले एनआरएनएको अनुभव र सहयोगबाट नेपाल लाभान्वित हुनुपर्ने उनको भनाइ थियो ।

कोरोना महामारीकाबीच स्वास्थ्यकर्मीहरुले आआफ्नो क्षेत्रबाट निकै महत्वपूर्ण योगदान पुर्याएको तर सरकारले इच्छाशक्ति देखाएर काम गर्न नसकेको उनले बताए । महामारीका बीचमा पनि नयाँ अनुभवहरु भएका छन् । उन्नत संरचनाहरु बनेका छन् । यी सबै हुँदै गर्दा पनि राजनीतिक नेतृत्वले इच्छाशक्ति नदेखाएको उनको आरोप थियो ।

कोरोना महामारीले स्वास्थ्यसँगै आर्थिक तथा सामाजिक संकट समेत निम्त्याएकाले सरकार, गैरआवासीय नेपाली, राजनीतिक दल र सबै सरोकारवाला समन्वय गरेर अघि बढ्नुपर्ने उनले बताए ।

समितिले आयोजना गरेको ३ दिने सम्मेलनले जारी गर्ने घोषणा पत्रले स्वास्थ्य क्षेत्रमा निकै महत्वपूर्ण भूमिका खेल्ने पनि आफ्नो विश्वास रहेको उनको भनाइ थियो ।

कार्यक्रममा बोल्दै गैर आवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले स्वास्थ्य समितिको यो सम्मेलन निकै अर्थपूर्ण भएको बताए । देशबाहिर रहेका ६० लाखभन्दा बढी नेपालीहरुको स्वास्थ्यमा समितिले निकै मत्वपूर्ण भूमिका खेलेको उनको भनाइ थियो । दूतावास नभएका मुलुकमा रहेका नेपालीहरुका लागि समितिले उल्लेखनिय भूमिका निर्वाह गरेर यो सधैँका लागि चाहिन्छ भन्ने प्रमाणित गरिदिएको उनले बताए । कोरोना महामारीको समयमा विभिन्न मुलुकमा रहेका नेपालीहरुको स्वास्थ्य अवस्था, आर्थिक संकट, खाद्यान्न व्यवस्थापन, स्वदेश फिर्ती लगायत कार्यमा एनआरएनएले निकै महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ थियो ।

समस्यामा परेका नेपालीहरुलाई स्वदेश फिर्तीका लागि सहजीकरण गरिदिन सरकारलाई पटकपटक आग्रह गरे पनि सरकारले सीमित संख्यामा मात्रै नेपालीहरुलाई स्वदेश फर्काउँदा समस्या निम्तिएको पन्तले बताए । एनआरएनएले विश्व ज्ञान सम्मेलन समेत गर्ने उनले जनाए ।
राष्ट्र संघका लागि नेपाली नियोगका स्थायी प्रतिनिधि अमृत राईले समितिको सम्मेलन उपयुक्त समयमा भएको बताएका थिए । यो विश्व स्वास्थ्य सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो ।

एनआरएनएका महासचिव डा हेमराज शर्माले कोरोना संक्रमणसँग जुध्न संघले शुरुदेखि नै उच्चस्तरीय समिति गठन गरेर अगाडि बढेको बताए । समितिले नेपालीहरुको अवस्था, समस्या परेकाहरुलाई सहयोग गरेको जनाए ।

विश्वका विभिन्न मुलुकमा रहेका नेपालीहरुको स्वास्थ्य अवस्थाका बारेमा जानकारी दिन सम्बन्धित सबैसँग समन्वय गरी हरेक हप्ता नेपालीहरुको स्वास्थ्य अवस्थाबारे बुलेटिन प्रकाशन गरिएको पनि उनले जनाए । गन्तव्य मुलुकका सरकार, नेपाल सरकार, कूटनीतिक नियोग लगायत सबैसँग नजिक रहेर काम गर्ने अवसर कोरोना महामारीको समयमा जुटेको तथा विशेषगरी मध्यपूर्वका मुलुकमा रहेका नेपाली श्रमिकहरुको हकहितका लागि आइएलोसँग प्रोजेक्ट शुरु गरेको उनले उल्लेख गरे ।

समितिका अध्यक्ष सञ्जीव सापकोटाले प्रथम विश्व स्वास्थ्य सम्मेलनको ऐतिहासिक महत्वलाई निरन्तरता दिन दोस्रो सम्मेलन तय गरिएको बताए । सम्मेलनले संसार भरका स्वास्थ्यकर्मी, उनीहरुको चुनौती र अवसर, युवाहरुको स्वास्थ्य, महामारीमा सञ्चारमाध्यमको भूमिका लगायतका विषयमा अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरिएको बताए ।

एनआरएनए अमेरिकाका अध्यक्ष सुनिल शाहले यस्तो महामारीमा पनि दोस्रो विस्व स्वास्थ्य सम्मेलन आयोजना गर्न सफल भएकोमा एनआरएनएको स्वास्थ्य समितिलाई धन्यवाद दिएका थिए ।

स्नेहा सापकोटाले सञ्चालन गरेको सो कार्यक्रममा एनआरएनए महिला संयोजक भोमा गुरुङ, एनआरएनए युवा संयोजक हिमाल गुरुङ आइओएम युएन माइग्रेसन कन्ट्री डाइरेक्टर लान्दो लोरेना लगायतले पनि आफ्नो धारणा राखेका थिए । भर्चुअल माध्यमबाट भएको कार्यक्रममा २ सयभन्दा बढी स्वास्थ्यकर्मी सहभागी थिए ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

प्याब्सन डिजिटल क्विज–२०८३ सम्पन्न : सगरमाथा हिमाल दर्शन प्रथम, ज्ञानज्योति दोस्रो, प्रभात किरण तेस्रो

Published

on

निजी तथा आवासीय विद्यालयहरूको अर्गनाइजेसन नेपाल (प्याब्सन) सुन्दरहरैंचाको आयोजनामा पहिलोपटक सञ्चालन गरिएको ‘प्याब्सन डिजिटल क्विज–२०८३’ सम्पन्न भएको छ। नगरका २३ निजी विद्यालय सहभागी प्रतियोगितामा सगरमाथा हिमाल दर्शन बोर्डिङ स्कुल, बेलगाछी प्रथम भएको छ।

प्रतियोगितामा ज्ञानज्योति बोर्डिङ स्कुल, गोठगाउँ दोस्रो, प्रभात किरण माध्यमिक विद्यालय, सलकपुर तेस्रो तथा बाल सदन एकेडेमी, विराटचोक सान्त्वना भएको छ।

विराटचोकस्थित जेसीज भवनमा आयोजित प्रतियोगिता लगातार १२ घण्टासम्म सञ्चालन भएको थियो। विद्यार्थीको ज्ञान, तर्कशक्ति, सिर्जनशीलता, प्रविधिको प्रयोग तथा तत्काल निर्णय गर्ने क्षमताको परीक्षण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।

परम्परागत हाजिरीजवाफ प्रतियोगिताभन्दा फरक शैलीमा सञ्चालन गरिएको क्विजमा र्‍यापिड फायर, अडियो–भिजुअल, स्थानीय सरकार सुन्दरहरैंचा, धर्म–संस्कृति, खेलकुद, विविध ज्ञान र आइक्यूलगायतका विभिन्न चरण समावेश गरिएको थियो।

विशेषगरी ‘स्थानीय सरकार सुन्दरहरैंचा राउण्ड’ मार्फत विद्यार्थीलाई आफ्नो नगर, स्थानीय शासन, विकास, संस्कृति तथा स्थानीय पहिचानबारे जानकारी हासिल गर्ने अवसर प्रदान गरिएको थियो। आयोजकका अनुसार यसले विद्यार्थीमा स्थानीय तहप्रतिको चासो र आफ्नो नगरप्रतिको अपनत्व बढाउन सहयोग गरेको छ।

प्रतियोगिताको अन्तिम चरणमा प्रभात किरण माध्यमिक विद्यालय र बाल सदन एकेडेमी बराबरीमा पुगेका थिए। त्यसपछि निर्णायक प्रश्नमार्फत विजेता छनोट गरिएको थियो। अतिरिक्त चरणमा प्रभात किरणले अग्रता लिँदै तेस्रो स्थान हासिल गरेको हो।

प्रतियोगिताका विभिन्न चरणमा स्क्रिन, अडियो तथा भिजुअल सामग्रीको प्रयोग गरिएको थियो। डिजिटल प्रविधिको प्रयोगले प्रतियोगितालाई थप रोचक र सहभागितामूलक बनाएको सहभागी विद्यार्थीहरूले बताएका छन्।

प्याब्सन सुन्दरहरैंचाका अध्यक्ष दीपक क्षेत्रीले विद्यार्थीलाई किताबको ज्ञानमा मात्र सीमित नराखी प्रविधिसँग जोड्दै तत्काल सोच्ने, निर्णय गर्ने र आफ्ना विचार प्रस्तुत गर्ने क्षमताको विकास गराउनु प्रतियोगिताको मुख्य उद्देश्य रहेको बताए।

कार्यक्रममा प्याब्सन कोशी प्रदेश तथा जिल्ला तहका पदाधिकारीहरूको उपस्थिति थियो। प्याब्सन मोरङका अध्यक्ष जगत बस्नेत, सचिव देवी सिटौलालगायतको उपस्थितिमा सम्पन्न कार्यक्रममा विजेता तथा उपविजेता टोलीलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो।

आयोजकका अनुसार ‘प्याब्सन डिजिटल क्विज–२०८३’ को पहिलो संस्करणले सुन्दरहरैंचाको शैक्षिक क्षेत्रमा डिजिटल प्रविधिमा आधारित प्रतिस्पर्धाको नयाँ अभ्यास सुरु गरेको छ। ज्ञान, प्रविधि, स्थानीय पहिचान र मनोरञ्जनलाई एउटै मञ्चमा जोडिएको यस प्रतियोगिताले आगामी संस्करणलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउन आधार तयार गरेको आयोजकको भनाइ छ।

Continue Reading

Banner

सुन्दरहरैंचामा २४ विद्यालयबीच डिजिटल क्विज प्रतियोगिता हुँदै

Published

on

ज्ञाननाथ ढकाल,सुन्दरहरैंचा मोरङ
सुन्दरहरैंचाका २४ निजी तथा आवासीय विद्यालयका विद्यार्थीबीच ‘प्याब्सन डिजिटल क्विज कन्टेस्ट–२०८३’ हुने भएको छ। प्याब्सन सुन्दरहरैंचा नगर समितिको आयोजनामा आगामी असोज ४ गते विराटचोकस्थित इन्द्रपुर जेसीज हलमा प्रतियोगिता सञ्चालन हुने भएको हो।

प्याब्सन सुन्दरहरैंचा नगर समितिले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो।

नगर समितिका अध्यक्ष दिपक क्षेत्रीले विद्यार्थीको ज्ञान, तर्कशक्ति, आत्मविश्वास र प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताए। शिक्षा क्षेत्रमा प्रविधिको प्रयोग बढ्दै गएको अवस्थामा विद्यार्थीलाई डिजिटल माध्यमसँग जोड्न प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ।

नगर समितिका सचिव सूर्य दंगालले नगरभित्रका २४ विद्यालयको सहभागिता रहने जानकारी दिँदै सबै विद्यालयलाई समान अवसर प्रदान गर्ने गरी कार्यक्रम व्यवस्थापन गरिएको बताए। प्रतियोगिताले विद्यार्थीबीच स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्नुका साथै विद्यालयबीचको सम्बन्ध थप मजबुत बनाउने अपेक्षा गरिएको उनले बताए।

कार्यक्रम संयोजक राजन लम्सालका अनुसार प्रतियोगिता पूर्ण रूपमा डिजिटल प्रविधिमा आधारित हुनेछ। प्रश्नोत्तरलगायत प्रतियोगिताका विभिन्न चरणमा आधुनिक डिजिटल प्रणाली प्रयोग गरिनेछ।

प्रतियोगितामा शैक्षिक तथा समसामयिक विषयवस्तुसँग सम्बन्धित प्रश्न समावेश गरिने आयोजकले जनाएको छ। विद्यार्थीको ज्ञान, तार्किक क्षमता, शीघ्र निर्णय क्षमता तथा आत्मविश्वास परीक्षण गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गर्न लागिएको हो।

आयोजकका अनुसार प्रतियोगितालाई व्यवस्थित, निष्पक्ष र प्रविधिमैत्री बनाउन आवश्यक तयारी भइरहेको छ।

Continue Reading

Banner

आज संविधान दिवस मनाइँदै

Published

on

आज संविधान दिवस मनाइँदै छ । २०७२ असोज ३ गते संविधान सभाबाट संघीयतासहितको ‘नेपालको संविधान’ जारी भएको दिनको स्मरण गर्दै संविधान दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउने गरिन्छ ।

दिवसको अवसरमा हरेक वर्ष विशेष समारोह आयोजना हुँदै आएको छ । विशेष समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्षलगायत उच्च पदस्थ व्यक्तिहरु सहभागी हुने गर्दछन्

प्रदेश सरकार, स्थानीय सरकारका साथै गणतन्त्रवादी राजनीतिक दलहरु, विभिन्न संघसंस्था र नागरिकस्तरमा पनि छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरेर संविधान दिवस मनाउने गरिन्छ । दिवसको अवसरमा नेताहरुले शुभकामना सन्देश पनि जारी गरेका छन् ।।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक