Connect with us
Advertisement

एक दर्जनलाई मात्र पदवी दिन खोज्दा भएको बबन्डर !

Published

on

तस्बिरः राजन काफ्ले (प्रधानमन्त्रीको स्वकीय सचिवालय)
काठमाडौंः सरकारले सधैंझैं यस वर्ष पनि संविधान दिवसमा विभिन्न मानपदवी, विभूषण, अलंकार र पदक पाउनेको सूची निकाल्यो । देश र समाजका लागि महत्वपूर्ण योगदान पु¥याएका व्यक्तिलाई दिइने विभूषण र पदकलाई यो वर्ष पनि ‘मजाक’ बनाएको भन्दै फेरि आलोचित बन्यो सरकार ।

संविधान दिवसको अवसरमा यसपालि ५ सय ९४ जनालाई विभिन्न मानपदवीबाट सम्मान गर्ने घोषणा गरेपछि सामाजिक सञ्जालमा धेरैले व्यंग्य पनि कसे ।

यही मेसोमा पूर्वमुख्य सचिव लीलामणि पौडेलले ट्वीट गरे– राजालेझैं विभूषण दिन उपयुक्त छैन भनेर २०६८ सालमा थोरै अधिकार पाएका बेला विभागीय मन्त्रीका सहयोगले ३ सयभन्दा बढी सिफारिस गृह मन्त्रालयमै थन्क्याइयो । र, समाजलाई अनुकरणीय योगदान दिने १ दर्जनको सूची मात्र मन्त्रिपरिषदमा पठाएपछि ठूलै होहल्ला भयो । ३०० प्लसको सूची पुनः सिफारिसको दबाव झेलेपछि पदक बाँडिएन ।

२०६८ सालमा पौडेल गृहसचिव थिए । कृष्णबहादुर महरा गृहमन्त्री ।

गृहसचिव पौडेल राज्यले दिने मानपदवी निकै हलुका बन्दै गएकोमा चिन्तित थिए । उनले यसरी दिनु हुँदैन भन्दै पनि आएका थिए । जब उनी मानपदवी सिफारिश गर्ने ठाउँमै आइपुगे, सुधारको प्रयास गर्न थाले ।

त्यतिबेला गणतन्त्र दिवसको दिन मानपदवी दिने चलन थियो । २०६८ सालमा जब यो दिन नजिक आइरहेको थियो, सबै मन्त्रालयबाट विभिन्न व्यक्तिका नामको सूची आउन थाल्यो ।

पौडेलका अनुसार सिफारिश गर्न भन्दै ३ सय २५÷३० व्यक्तिका नाम आएको थियो । गृहसचिव नेतृत्वको रहने सिफारिस समितिले ती सूचीका नाम पुनः परीक्षण गर्थ्यो।

सेना, प्रहरीदेखि निजामती र न्यायसेवाका कर्मचारी समेतको नाम आउँथ्यो । सिफारिस हुनुको कारणमा लेखिएको हुन्थ्यो– इमानदारीपूर्वक काम गरेको ।

गृहसचिव पौडेलले समिति बैठक डाकेर भने, ‘मन्त्रालयबाट आएकाजति सूची सिफारिश गरेर मानपदवीलाई हलुका नबनाऊँ । इमानदारीपूर्वक काम गर्ने भनेको उसको आधारभूत जिम्मेवारी हो । बरू देश र समाजका लागि साँच्चै योगदान गरेकालाई छानौं ।’

समितिमा अवकाशप्राप्त सचिवहरू समेत थिए । उनीहरू सबैले मानपदवी दिने प्रक्रियामा सुधार गर्नुपर्छ भन्नेमा सहमति जनाए ।

उक्त समितिका एक सदस्यका अनुसार पौडेलले मन्त्रीलाई समेत मनाएका थिए ।

त्यतिबेला सेना÷प्रहरीमा रहेर साँच्चै ज्यानकै जोखिम मोलेर काम गरेका केही तल्ला तहका कर्मचारीले पदक पाउने भए । उच्च पदस्थहरू सिफारिसमा परेनन् । यो समितिले जम्मा १५ जना सिफारिश गरेको ती सदस्यले बताए । जब यो सिफारिश मन्त्रिपरिषदमा पुग्यो, बबन्डर भयो ।

पौडेलले ट्विटमा संकेत गरेको यही बबन्डरलाई हो । सबै मन्त्रीहरूले यसको विरोध गरे ।

‘सेना र प्रहरीको त बढुवा नै रोक्का हुने रहेछ, ‘ती सदस्यले भने, ‘कार्यसम्पादन मूल्यांकन गर्दा पदवी पाएको छ भने एक÷दुई नम्बर बढी आउने । त्यसका लागि पनि पदवी दिन दबाव ठूलो आउने रहेछ । अनि हंगामा भयो ।’

त्यो सिफारिश पास भएन । मन्त्रालयहरूले पठाएको सूचीबाटै सिफारिश गर्न तत्कालीन गृहसचिव पौडेललाई मन्त्रिपरिषदबाट भनियो । तर उनले मानेनन् ।

‘आफ्नो सिफारिश पास नभएपछि पौडेलजीलाई अर्को सिफारिश पठाउन गाह्रो भयो,’ ती सदस्यले भने, ‘उहाँले कुनै हालतमा अर्को सिफारिस पठाउन्नँ भनेपछि त्यो वर्ष मानपदवी नै बाँडिएन ।’

अर्को वर्ष पौडेल गृहसचिव थिएनन् । फेरि पदक वितरणले पुरानै शैलीमा निरन्तरता पायो ।

सरकारले विभिन्न क्षेत्रमा योगदान पु¥याएका व्यक्तिलाई उनीहरूको काम हेरेर नेपाल रत्न र नेपाल गौरव नामक दुइटा पदवी, विभिन्न नामका ९ थरी नामका अलंकार, १४ थरी नामका पदक लगायत मानपदवी दिने गरेको छ । – सेतो पाटीबाट

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल

Published

on

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।

खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।

उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।

Continue Reading

Banner

आज सोनाम ल्होसार

Published

on

तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।

मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।

झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।

नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।

Continue Reading

Banner

कांग्रेस उम्मेदवार चयन आजै टुंग्याइने : सभापति थापा

Published

on

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधि सभाको प्रत्यक्ष तर्फका उम्मेदवारको नाम आजै टुंगो लाग्ने बताएका छन् । सोमबार बिहान फेसबुकमा भिडियो पोस्ट गर्दै भन्नुभएको छ, ‘हामी उम्मेदवार छनोटको अन्तिम चरणमा छौँ। समय र प्रक्रियागत बाध्यताबीच पनि समावेशी, सन्तुलित र न्यायपूर्ण निर्णय गर्ने भरपूर प्रयास भइरहेको छ।’ उनले पार्टीको पक्षमा एक ढिक्का भएर उम्मेदवारी दर्ताको पक्षमा रहेको बताएका छन् । उनले उम्मेदवार छान्ने भन्दा सहमति गर्ने र सबै पक्षलाई समेट्ने प्रयास भइरहेको उल्लेख गरेका छन् । उनले पार्टी एकताको अभियानमा जुट्न सबैलाई अनुरोधसमेत गरेका छन् । भोलि सबैजना आ–आफ्नो क्षेत्रमा गएर पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा एकढिक्का भएर लागौँ । यो व्यक्तिगत होइन, पार्टीको साझा अभियान हो।’समयको चापका बीच पार्टीभित्र सन्तुलन मिलाउने प्रयास भइरहेको थापाले बताएका छन् । थापाले आन्तरिक विवाद छाडेर एक जुट भएर निर्वाचनको अभियानमा जुट्न सबै पक्षलाई अनुरोध गरेका छन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक