Connect with us
Advertisement

एक दर्जनलाई मात्र पदवी दिन खोज्दा भएको बबन्डर !

Published

on

तस्बिरः राजन काफ्ले (प्रधानमन्त्रीको स्वकीय सचिवालय)
काठमाडौंः सरकारले सधैंझैं यस वर्ष पनि संविधान दिवसमा विभिन्न मानपदवी, विभूषण, अलंकार र पदक पाउनेको सूची निकाल्यो । देश र समाजका लागि महत्वपूर्ण योगदान पु¥याएका व्यक्तिलाई दिइने विभूषण र पदकलाई यो वर्ष पनि ‘मजाक’ बनाएको भन्दै फेरि आलोचित बन्यो सरकार ।

संविधान दिवसको अवसरमा यसपालि ५ सय ९४ जनालाई विभिन्न मानपदवीबाट सम्मान गर्ने घोषणा गरेपछि सामाजिक सञ्जालमा धेरैले व्यंग्य पनि कसे ।

यही मेसोमा पूर्वमुख्य सचिव लीलामणि पौडेलले ट्वीट गरे– राजालेझैं विभूषण दिन उपयुक्त छैन भनेर २०६८ सालमा थोरै अधिकार पाएका बेला विभागीय मन्त्रीका सहयोगले ३ सयभन्दा बढी सिफारिस गृह मन्त्रालयमै थन्क्याइयो । र, समाजलाई अनुकरणीय योगदान दिने १ दर्जनको सूची मात्र मन्त्रिपरिषदमा पठाएपछि ठूलै होहल्ला भयो । ३०० प्लसको सूची पुनः सिफारिसको दबाव झेलेपछि पदक बाँडिएन ।

२०६८ सालमा पौडेल गृहसचिव थिए । कृष्णबहादुर महरा गृहमन्त्री ।

गृहसचिव पौडेल राज्यले दिने मानपदवी निकै हलुका बन्दै गएकोमा चिन्तित थिए । उनले यसरी दिनु हुँदैन भन्दै पनि आएका थिए । जब उनी मानपदवी सिफारिश गर्ने ठाउँमै आइपुगे, सुधारको प्रयास गर्न थाले ।

त्यतिबेला गणतन्त्र दिवसको दिन मानपदवी दिने चलन थियो । २०६८ सालमा जब यो दिन नजिक आइरहेको थियो, सबै मन्त्रालयबाट विभिन्न व्यक्तिका नामको सूची आउन थाल्यो ।

पौडेलका अनुसार सिफारिश गर्न भन्दै ३ सय २५÷३० व्यक्तिका नाम आएको थियो । गृहसचिव नेतृत्वको रहने सिफारिस समितिले ती सूचीका नाम पुनः परीक्षण गर्थ्यो।

सेना, प्रहरीदेखि निजामती र न्यायसेवाका कर्मचारी समेतको नाम आउँथ्यो । सिफारिस हुनुको कारणमा लेखिएको हुन्थ्यो– इमानदारीपूर्वक काम गरेको ।

गृहसचिव पौडेलले समिति बैठक डाकेर भने, ‘मन्त्रालयबाट आएकाजति सूची सिफारिश गरेर मानपदवीलाई हलुका नबनाऊँ । इमानदारीपूर्वक काम गर्ने भनेको उसको आधारभूत जिम्मेवारी हो । बरू देश र समाजका लागि साँच्चै योगदान गरेकालाई छानौं ।’

समितिमा अवकाशप्राप्त सचिवहरू समेत थिए । उनीहरू सबैले मानपदवी दिने प्रक्रियामा सुधार गर्नुपर्छ भन्नेमा सहमति जनाए ।

उक्त समितिका एक सदस्यका अनुसार पौडेलले मन्त्रीलाई समेत मनाएका थिए ।

त्यतिबेला सेना÷प्रहरीमा रहेर साँच्चै ज्यानकै जोखिम मोलेर काम गरेका केही तल्ला तहका कर्मचारीले पदक पाउने भए । उच्च पदस्थहरू सिफारिसमा परेनन् । यो समितिले जम्मा १५ जना सिफारिश गरेको ती सदस्यले बताए । जब यो सिफारिश मन्त्रिपरिषदमा पुग्यो, बबन्डर भयो ।

पौडेलले ट्विटमा संकेत गरेको यही बबन्डरलाई हो । सबै मन्त्रीहरूले यसको विरोध गरे ।

‘सेना र प्रहरीको त बढुवा नै रोक्का हुने रहेछ, ‘ती सदस्यले भने, ‘कार्यसम्पादन मूल्यांकन गर्दा पदवी पाएको छ भने एक÷दुई नम्बर बढी आउने । त्यसका लागि पनि पदवी दिन दबाव ठूलो आउने रहेछ । अनि हंगामा भयो ।’

त्यो सिफारिश पास भएन । मन्त्रालयहरूले पठाएको सूचीबाटै सिफारिश गर्न तत्कालीन गृहसचिव पौडेललाई मन्त्रिपरिषदबाट भनियो । तर उनले मानेनन् ।

‘आफ्नो सिफारिश पास नभएपछि पौडेलजीलाई अर्को सिफारिश पठाउन गाह्रो भयो,’ ती सदस्यले भने, ‘उहाँले कुनै हालतमा अर्को सिफारिस पठाउन्नँ भनेपछि त्यो वर्ष मानपदवी नै बाँडिएन ।’

अर्को वर्ष पौडेल गृहसचिव थिएनन् । फेरि पदक वितरणले पुरानै शैलीमा निरन्तरता पायो ।

सरकारले विभिन्न क्षेत्रमा योगदान पु¥याएका व्यक्तिलाई उनीहरूको काम हेरेर नेपाल रत्न र नेपाल गौरव नामक दुइटा पदवी, विभिन्न नामका ९ थरी नामका अलंकार, १४ थरी नामका पदक लगायत मानपदवी दिने गरेको छ । – सेतो पाटीबाट

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

नेपाल र बंगलादेशबीच टि-२० शृंखला कीर्तिपुरमा हुँदै

Published

on

नेपालले पहिलोपटक घरेलु मैदानमा टेस्ट मान्यता प्राप्त राष्ट्र बंगलादेशविरुद्ध ऐतिहासिक अन्तर्राष्ट्रिय टि-२० शृंखला खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) र बंगलादेश क्रिकेट बोर्ड (बिसीबी) को संयुक्त आयोजनामा मार्च २०२७ मा तीन खेलको टि-२० अन्तर्राष्ट्रिय शृंखला सञ्चालन हुन लागेको हो।

त्रिभुवन विश्वविद्यालय (टियु) क्रिकेट मैदान, कीर्तिपुरमा आयोजना हुने उक्त शृंखलाका खेल वि.सं. २०८३ चैत १२, १४ र १६ गते ( सन् २०२७ मार्च २६, २८ र ३०) मा खेलिनेछन्। नेपाली टोलीले घरेलु मैदानमा कुनै टेस्ट राष्ट्रसँग द्विपक्षीय शृंखला खेल्न लागेको यो पहिलो अवसर हो।

यो शृंखला नेपालमा हालै गएको विनाशकारी बाढी तथा पहिरोमा ज्यान गुमाएका पीडितको स्मृतिमा समर्पित गरिनेछ। यसका साथै बंगलादेश क्रिकेट बोर्डले नेपालको महिला क्रिकेट, उमेर समूहका टोली, उच्च प्रदर्शन कार्यक्रम (हाई पर्फर्मेन्स) तथा प्राविधिक क्षमता अभिवृद्धिमा समेत सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

Continue Reading

Banner

आज विश्वकर्मा मनाइँदै

Published

on

कालिगढले आज विश्वकर्माको पूजाआराधना गरी वास्तु दिवस एवम् विश्वकर्मा पर्व मनाउँदैछन् ।

प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन विश्वकर्माको विधिपूर्वक पूजाआरधना गरिन्छ । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को तस्बिरमा विधिपूर्वक पूजाआराधना गरी यो दिवस मनाउने गरिन्छ ।

कलकारखानालाई विशेष रुपमा सजाएर श्रमिकले यो दिवस भव्यताका साथ मनाउँछन् । बालुवा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति वाग्मती मुहानस्थल सुन्दरीजल वा अन्य शुद्ध स्थलमा लगेर सेलाउने गरिन्छ ।

आजका दिन कालिगढले उपयोगमा ल्याउने औजारमा पूजाआराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ ।

द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजा गर्ने परम्परा बसेको प्रा तोयराज नेपाल बताउँछन् ।

प्राचीन भारतवर्षका चारदिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रुपमा समेत मानिन्छ । विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रको बीचमा रहेको विश्वास गरिन्छ । विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रुपमा समेत मानिन्छ । ‘विश्वकर्मा प्रकाश’ नामक वास्तु शास्त्रको ग्रन्थ उहाँले नै रचना गर्नुभएको विश्वास गरिने वास्तुशास्त्री शिव पोखरेल बताउँछन् ।

यही सम्झनामा नेपालका कालिगढले भव्यरुपमा विश्वकर्मा बाबाको पूजा गरी उहाँको विद्वताको सम्मान गर्छन् । पूजाआराधना गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वास गरिन्छ । सोही विश्वासमा आज इञ्जिन जडान भएका यन्त्र सवारी साधनमा समेत पूजाआराधना गरिन्छ ।
वास्तुशास्त्रका पुस्तकका लेखक एवं अध्येताको सम्झनामा आजको दिनलाई वास्तुविद्ले वास्तु दिवसका रुपमा मनाउने गर्छन् ।
पछिल्लो समय नेपालमा पनि वास्तु विद्याको पुनर्जागरण सुरु भएको छ । चार उपवेदमध्येको एक स्थापत्यवेदमा वास्तुशास्त्रकै विषय उल्लेख छ । लुप्तप्रायः भएको स्थापत्य वेदमा आधारित सहर एवं आवास निर्माण गर्नेको सङ्ख्या पनि बढ्न थालेको छ । यसैले गर्दा पछिल्लो दिनमा वास्तु विद्याको महत्व बढेको छ ।

Continue Reading

Banner

मन्त्रिपरिषद् बैठक बस्दै

Published

on

प्रधानमन्त्री बालेन शाहले बुधबार अपराह्नका लागि बैठक बोलाएको उनको सचिवालयले जनाएको छ ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपराह्न ४ बजे बस्नेछ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक