Connect with us
Advertisement

११५४ जना थपिए कोरोना संक्रमित, १००५ जना डिस्चार्ज, १६ जनाको मृत्यु

Published

on

विराटचोकः विगत २४ घण्टामा नेपालमा १ हजार १ सय ५४ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६५ हजार २ सय ७६ जना पुगेको छ ।

थप १ हजार ५ जना डिस्चार्ज भएसँगै निको हुनेको संख्या ४७ हजार २ सय ३८ जना र थप १६ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ४ सय २७ जना पुगेको छ ।

आइसोलेसनमा १७ हजार ६ सय ११ जना र क्वारेन्टिनमा ७ हजार ४ सय ३ जना रहेका छन् । ९ लाख २३ हजार ८ सय २३ नमूनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

भोजपुरमा ट्याक्टर दुर्घटना हुँदा वडा सदस्यसहित २ जनाको मृत्यु

Published

on

भोजपुरमा ट्याक्टर दुर्घटना हुँदा वडा सदस्यसहित दुई जनाको मृत्यु भएको छ । भोजपुर नगरपालिका-५ बोखिमबाट गोबर मल लिएर गइरहेको प्रदेश १–०२–००३ त ११२४ नम्बरको ट्रयाक्टर वडानम्बर ३ सेतीबगरमा शनिबार राति दुर्घटना भएको हो । दुर्घटनामा भोजपुर नगरपालिका-५ का वडा सदस्य ५२ वर्षीय निरप्रसाद फुयाँल र सोही ठाउँका ५५ वर्षीय भक्तबहादुर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख युवराज तिम्सिनाले जानकारी दिए ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको र ट्रयाक्टर चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

Continue Reading

Banner

हङकङसँगको खेल नतिजाविहीन हुँदा नेपाल फाइनलमा

Published

on

हङकङमा जारी चार देशीय टी-२०आई क्रिकेट प्रतियोगिताको फाइनलमा नेपाल र कुवेत खेल्ने भएका छन् । शनिबार नेपाल र हङकङबीचको समूहको अन्तिम खेल वर्षाले रद्द भएपछि दुवै टोलीले अंक बाँडे ।

३ खेलमा २ जित र १ खेल नतिजाविहीन भएपछि नेपालको ५ अंक भयो । एक खेल मात्र जितेको हङकङको ३ अंक मात्र भयो । नेपाल समूहमा पहिलो हुँदै फाइनल खेल्ने पक्का भएको हो । यसअघि कुवेतले कतारलाई हराएर ४ अंक जोड्दै नेटरनरेट पनि बढाएपछि यो खेल निर्णायक बनेको थियो ।

खेलमा टस हारेर पहिले ब्याटिङ थालेको हङकङले ९ ओभरमा ३ विकेट गुमाएर ६८ रन बनाउँदा पानी पर्न थालेपछि खेल रोकिएको थियो ।

त्यसको केहीबेरमा वर्षा रोकिएर कभरहरू हटाएपछि प्रकाश कम रहेकाले खेल सुरु हुन ढिलाइ भएको थियो र फेरि पानी पर्न थालेपछि खेल सुरु भएन ।

नेपालले पहिलो खेलमा कतारलाई हराएको थियो भने दोस्रो खेलमा कुवेतलाई हराएको थियो ।

Continue Reading

Banner

शिक्षक आन्दोलन : मन्त्रिपरिषद् र मन्त्रालयले गर्न सक्ने निर्णयमा सरकार तयार

Published

on

आन्दोलनरत शिक्षकका माग सम्बोधन गर्न सरकार लचक भएको छ । शिक्षकले उठाएको मागमा मन्त्रिपरिषद् र शिक्षा मन्त्रालयले गर्न सक्ने निर्णय गर्न सरकार तयार भएको हो ।

शुक्रबार सरकार र शिक्षक महासंघबीच भएको वार्तामा सरकारको तर्फबाट वार्तामा सहभागी टोलीले मन्त्रिपरिषद् र मन्त्रालयले गर्न सक्ने निर्णय सुनाएको हो । ‘क्याबिनेट र मन्त्रालयले गर्न सक्ने विषय राख्नुभयो । शिक्षा मन्त्रालयले आफ्ना शिक्षक कर्मचारीप्रती गर्न सक्ने कुरा रहेछ क्यारे । आजसम्म किन नगरेको रु शिक्षकका माग मन्त्रालयलाई थाहा छ । सोध्नै परेन नि ! वार्तामा सहभागी शिक्षक महासंघको सहअध्यक्ष नानुमाया पराजुलीले भनिन् ।

सरकार र शिक्षक महासंघबीच बिहीवार र शुक्रबार वार्ता भएको थियो ।

शिक्षा मन्त्रालयका अधिकारीले पनि तत्काल शिक्षा मन्त्रालय र मन्त्रlपरिषद्बाट निर्णय गर्न सकिने विषयमा कुराकानी भएको बताएको छ । ‘बजेट कार्यक्रमले सम्बोधन गर्ने विषय छन् । निजामती सरह सेवा सुविधाको कुरा छ । तलब भत्ता ग्रेडको कुरा छ । बजेट तर्जुमामा छौं । यी विषय संवाद भइरहेको छ । प्रक्रियामा छौं । स्थानीय तहमा वित्तीय हस्तान्तरण गरेर पठाउनु पर्ने हुन्छ । अर्थ मन्त्रालयसँग पनि कुरा भइरहेको छ’, मन्त्रालयका एक अधिकारिले भने ।

मन्त्रालयले गर्न सक्ने काम गरिदिए आफूहरू ऐन निर्माणका लागि मात्र दबाब दिने बताउछिन् पराजुली ।

‘मन्त्रालयले गर्न सक्ने कुरा गरिदिए बाँकी संसदले गर्ने कुरा त्यतातिर जोड गर्छौं । उपसमितिको छलफल अगाडि बढेको सुनेका छौं । हामीले चाहेको पनि त्यही हो। संसदको नियमित प्रक्रियाबाट हुन्छ कि के हुन्छ प्रक्रिया सुरुवात गरिदिएर टुंगो लगाए हामी किन सडकमा बसिरहन्छौं ?’ उनले भनिन् ।

ऐन जारी नभएसम्म आन्दोलन नरोकिने उनले स्पष्ट पारिन । ‘सरकारको कुरा आन्दोलन रोक्नुस भन्ने छ । ऐन जारी नभएसम्म सडकमै बस्छौं’, उनले भनिन् ।

सरकारसँग अर्को वार्ता तय नभएको उनले बताइन् । २० चैतदेखि शिक्षकहरूले सडक आन्दोलन गरिरहेका छ्न् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

nispakshyakhabar@gmail.com
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक