शिक्षा / स्वास्थ्य
१३५६ थपिए कोरोना संक्रमित, ८२३ जना डिस्चार्ज, थप २ जनाको मृत्यु
विराटचोकः पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ३ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६६ हजार ६ सय ३२ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार थप ८ सय २३ जना निको भएसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ४८ हजार ६१ जना पुगेको छ । थप २ जनाको मृत्युसँगै कोरोनका कारण मृत्यु हुनेको संख्या ४ सय २९ पुगेको छ ।
आइसोलेसनमा १८ हजार १ सय ४२ जना र क्वारेन्टिनमा ७ हजार १ सय ७१ जना रहेका छन् । ९ लाख ३४ हजार ९ सय ७७ स्वाब नमूनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
Facebook Comment
Banner
दुई क्लबका खेलाडीबीच मैदानमै कुटाकुट
ब्राजिलमा भएको मिनेइरो गेर्यास च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनल खेलमा मैदानमै खेलाडीबीच कुटाकुट भएको छ ।
मैदानमै खेलाडीहरू ग्याङ फाइटमा उत्रिएपछि दुवै टोलीका २३ खेलाडीलाई रातो कार्ड देखाइएको छ। उक्त फाइनल खेल अन्तिम क्षणमा पुगेका बेला ग्याङ फाइटमा परिणत भएपछि रेफ्रीले एकैपटक २३ वटा रेड कार्ड देखाएका छन्।
फाइनल खेलमा क्र्युजेरियो र र एट्लेटिको मिनेरियोबीच प्रतिस्पर्धा भइरहेको थियो।
खेलको अन्तिम सेकेन्डतिर दुवै टोलीका खेलाडीबीच झडप सुरु भएपछि स्थिति नियन्त्रण बाहिर गएको थियो। मैदानमै ठूलो कुटाकुट भएपछि रेफ्रीले लगातार २३ खेलाडीलाई रेड कार्ड देखाइदिए ।
खेलाडी, प्राविधिक टोली र दुवै पक्षका सदस्यहरूबीच धकेलाधकेल र झडप भएपछि मैदान केही समय तनावग्रस्त बनेको थियो।
स्थिति नियन्त्रणमा आएपछि खेल औपचारिक रूपमा समाप्त गरियो। त्यसपछि क्युजेरियोलाई विजेता घोषणा गर्दै उपाधि प्रदान गरियो।
फाइनल खेलमा भएको यो घटनाले ब्राजिलियन फुटबलमा ठूलो चर्चा र विवाद पैदा गरेको छ। खेलको भिडियो सामाजिक सञ्जालमा व्यापक भाइरल भइरहेको छ।
Banner
इलाम–१ मा कडा प्रतिस्पर्धा : कांग्रेस र श्रम संस्कृति पार्टीबीच टक्कर, एमाले पछ्याउँदै
इलाम क्षेत्र नं. १ को प्रतिनिधिसभा निर्वाचनको मतगणना रोचक मोडमा पुगेको छ।
पछिल्लो प्राप्त तथ्याङ्क अनुसार नेपाली कांग्रेसका उम्मेदवार निस्कल राई र श्रम संस्कृति पार्टीका उम्मेदवार बिनोद नेम्बाङबीच तीव्र प्रतिस्पर्धा देखिएको छ।
मतगणनाको पछिल्लो नतिजा अनुसार श्रम संस्कृति पार्टीका विनोद नेम्वाङ लिम्बु ११,४३६ मतका साथ कडा टक्कर दिइरहेका छन्। नेपाली कांग्रेसका निश्कल राई ११,५६७ मतसहित झिनो अन्तरले अगाडि देखिएका छन्। नेकपा एमालेका काजी मान कागते १०,४४७ मतका साथ उनीहरूलाई पछ्याइरहेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका विमल गदाल (घण्टी) ले ७,४५१ मत प्राप्त गरेका छन्। मंगोल नेशनल अर्गनाइजेसनका रण बहादुर राई (पाँचकुने तारा) ले ६,१२६ मत पाएका छन्।
अहिले सूर्योदय नगरपालिका ८ को गणना भइरहेको र १०, ११, १२, १३ र १४ नम्बर वडाको गणना हुन बाँकी रहेको बताइएको छ।
Banner
न्युजिल्यान्डलाई हराउँदै भारतले तेस्राे पटक जित्याे टी–२० विश्वकपकाे उपाधि
न्युजिल्यान्डलाई ९६ रनले हराउँदै भारतले आईसीसी टी–२० विश्वकप क्रिकेटको उपाधि जितेको छ । भारतको अहमदाबादमा रहेको नरेन्द्र मोदी स्टेडियममा गएराति भएको खेलमा घरेलु टोली भारतले न्युजिल्यान्डलाई ९६ रनले हरायो ।
भारतले दिएको २५६ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले १९ ओभरमा १५९ रन बनाउँदा सबै विकेट गुमायो । न्युजिल्यान्डका टिम साइफर्टले ५२, कप्तान मिचेल स्यान्टरले ४३ रन बनाए । भारतका जसप्रित बुमराहले ४, अक्षर पटेलले ३ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ गरेको भारतले २० ओभरमा ५ विकेट गुमाएर २५५ रन बनायो । भारतका सन्जु सामसनले ५९, ईशान किशनले ५४, अभिषेक शर्माले ५२ रन बनाए । न्युजिल्यान्डका जेम्स नीशमले ३ विकेट लिए ।
योसँगै भारत लगातार दोस्रो तथा समग्रमा तेस्रो पटक उपाधि जित्ने पहिलो टोली बनेको छ । भारतले यसअघि सन् २००७ र २०२४ मा उपाधि जितेको थियो ।
न्युजिल्यान्ड भने दाेस्राे पटक उपविजेता बनेकाे छ । न्युजिल्यान्ड यसअघि सन् २०२१ काे फाइनलमा अस्ट्रेलियासँग पराजित भएकाे थियाे ।
भारतले पछिल्लो २० महिनामा तेस्रो आईसीसी उपाधि जितेको छ । भारतले सन् २०२४ को जुनमा टी–२० विश्वकप जितेको थियो । यस्तै २०२५ को मार्चमा आईसीसी च्याम्पियन्स ट्रफी जितेको भारतले गएराति टी–२० विश्वकप उपाधि जित्यो ।
१०औँ संस्करणको टी–२० विश्वकपमा लगातार तेस्रो अर्धशतक बनाउने भारतका सन्जु सामसन प्रतियोगिताकै उत्कृष्ट खेलाडी बनेका छन् । यस्तै भारतकै जसप्रित बुमराह फाइनल खेलकाे उत्कृष्ट खेलाडी बनेका छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login