Connect with us
Advertisement

नेपाल टेलिकमको तार चोरी गर्ने ४ जना पक्राउ

Published

on

विराटनगरः नेपाल टेलिकमको तार चोरी गर्ने ४ जना विराटनगर–४ जामुनगाछीबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर–६ का २१ वर्षीय विजय सहनी, १८ वर्षीय राज सहनी, २१ वर्षीय रविन सहनी र १९ वर्षीय सुमित सहनी रहेका छन् ।

असोज १ गते विराटनगर महानगरपालिकाका विभिन्न स्थानहरुबाट टेलिकमको तार चोरी भएको उजुरीसँगै खोजी कार्य अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । खोजतलासकै क्रममा हिजो राती ८ बजे जामुनगाछीबाट चारै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुले चोरी गरी लगेको नेपाल टेलिकमको १ सय ५० पेयरको २ सय २० मिटर तारसमेत फेला पारी बरामद गरिएको प्रहरीले जनाएको छ । यसैगरी उनीहरुले प्रयोग गर्ने को ९ प ४१५८ नम्बरको यमाहा मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको छ । यसरी चोरिएका सामानसहित पक्राउ परेका चारै जना उपर चोरी ऐनअन्तर्गत कानुनी कारवाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

सेयरबजारमा दोहोरो अंकको गिरावट, ८ अर्ब ६३ करोडको कारोबार

Published

on

शेयरबजार परिसूचक नेप्सेमा आज दोहोरो अंकको गिरावट भएको छ । अघिल्लो दिन सामान्य अंकले बढेको नेप्से सूचकमा आज १२.५८ अंकले घट्दै २ हजार ६८३.१५ बिन्दुमा झरेको हो ।

तथापि, कारोबार भने आज पनि ८ अर्ब ६३ करोड १५ लाख रुपैयाँ बराबरको १ करोड ८७ लाख ३ हजार कित्ता शेयर दोस्रो बजारमा किनबेच भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । अघिल्लो दिन १.५३ अंकले सूचक बढेको बजारमा ८ अर्ब २२ करोड ३९ लाख ६५ हजार रुपैयाँ बराबरको १ करोड ७५ लाख ७ हजार कित्ता शेयर किनबेच भएको थियो ।

आज होटल तथा पर्यटन समूह, म्यानु एण्ड प्रो र म्युचुअल फन्ड गरी तीनवटा उपसूचक धनात्मक भएका छन् भने बाँकी १० वटा उपसूचक ऋणात्मक हुन पुगेको नेप्सेले जनाएको छ । १९० कम्पनीको शेयर मूल्य घट्दा आज जम्मा ६६ वटाको मात्र बढेको छ ।

यसदिन सबैभन्दा बढी एसवाई प्यानलको ५९ करोड २९ लाख ८ हजार रुपैयाँ बराबरको शेयर दोस्रो बजारमा किनबेच भएको छ ।

Continue Reading

Banner

साफ यु–१९ महिला च्याम्पियनसिप : पहिलो जितको लक्ष्यसहित मैदानमा नेपाल

Published

on

साफ यु–१९ महिला च्याम्पियनसिपमा नेपाल आज पहिलो जितको लक्ष्यसहित मैदानमा उत्रिँदैछ। प्रतियोगितामा राम्रो सुरुवात गर्ने लक्ष्यसहित नेपाली टोलीले तयारी पूरा गरेको छ।

प्रशिक्षकका अनुसार टोलीले आक्रमण र रक्षात्मक दुवै पक्षमा सुधार गरेको छ। पछिल्ला अभ्यास खेलहरूमा खेलाडीहरूको तालमेल र फिटनेस सन्तोषजनक देखिएको जनाइएको छ। टोली कप्तानले पनि जितका लागि सबै खेलाडी केन्द्रित र आत्मविश्वासी रहेको बताएकी छन्।

प्रतियोगितामा नेपालसँगै दक्षिण एसियाली क्षेत्रका बलिया टोलीहरू सहभागी रहेकाले प्रत्येक खेल चुनौतीपूर्ण हुने अपेक्षा गरिएको छ। तर घरेलु तयारी र टोलीको उत्साहलाई आधार मान्दै नेपाली समर्थकहरू पहिलो जितको आशामा छन्।

नेपालको आजको खेलले प्रतियोगितामा टोलीको यात्रा र सम्भावनाको दिशा तय गर्ने भएकाले खेलप्रेमीहरूको चासो उच्च छ।

Continue Reading

Banner

इरानमा रहेका नेपालीलाई तत्काल स्वदेश फर्कन सरकारको आग्रह

Published

on

इरानमा रहेका नेपालीहरूलाई तत्काल स्वदेश फर्कन सरकारले आग्रह गरेको छ ।

इरानमा विकसित पछिल्लो घटनाक्रमलाई ध्यानमा राख्दै परराष्ट्र मन्त्रालयले ‘ट्राभल एड्भाइजरी’ निकालेर नेपाली नागरिकलाई इरान भ्रमणमा नजान र त्यहाँ रहेका नेपालीलाई तत्काल देश छाड्न आग्रह गरेको हो । मन्त्रायलले इरानबाट आपत्कालीन अवस्थामा बाहिरिन सहज होस् भनेर राहदानी र परिचयपत्रलगायतका यात्रा कागजातहरू तयारी अवस्थामा राख्न भनेको छ ।

इरानमा रहेका नेपालीहरूले समन्वय र सहयोगका लागि परराष्ट्र मन्त्रालय र कतारको दोहामा रहेको राजदूतावासलाई सम्पर्क गर्नसक्ने ‘ट्राभल एड्भाइजरी’ मा उल्लेख छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक