विश्व
नेदरल्याण्डमा कोरोना संक्रमितको संख्या १ लाख, ३८ देशमा १ लाख भन्दा बढी संक्रमित
विराटचोकः नेदरल्याण्डमा कोरोना संक्रमितको संख्या १ लाख नाघेको छ । विगत २४ घण्टामा त्यहाँ २ हजार ३ सय ५७ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या १ लाख ५ सय ९७ जना पुगेको छ ।
वर्ल्ड ओ मिटर्स डट इन्फोका अनुसार थप ५ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ६ हजार २ सय ९६ जना पुगेको छ । निको हुने र आइसोलेसनमा रहनेको तथ्यांक नेदरल्याण्डले सार्वजनिक गरेको छैन । १ सय ४ जना संक्रमितको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
युरोपेयिन देश नेदरल्याण्ड विश्वमा बढी कोरोना संक्रमित भएको संख्याको आधारमा ३८ औं नम्बरमा रहेको छ । युरोप महादेशमा बढी कोरोना संक्रमित हुने देशको सूचीमा १० औँ स्थानमा रहेको छ ।
सम्बन्धित थप समाचारः
कुबेतमा कोरोना संक्रमितको संख्या १ लाख, १ लाखभन्दा बढी संक्रमित हुने देश ३७ वटा
बेल्जियममा कोरोना संक्रमितको संख्या १ लाख
मोरक्कोमा कोरोना संक्रमितको संख्या १ लाख १ हजार
एशियाका यी १२ देशमा १ लाख बढी कारोना संक्रमित
Facebook Comment
Banner
नोवेलमा १० बर्षको बालिकाको जटिल र ठूलो ब्रेन ट्यूमरको सफल शल्यक्रिया
‘ब्रेन ट्युमर’ सुन्दा नै मानिसको आङ जिरिङ्ग हुन्छ । ब्रेन ट्युमर भएका मानिसको पीडा, घर परिवारमा आई पर्ने आर्थिक, मानसिक समस्या र त्यसमा थप बिरामीको उपचार सफल होला नहोला भन्ने डर ।
वयस्क र वृद्ध अवस्थाका बिरामी भन्दा पनि कम उमेरका बिरामी भयो भने त अझ धेरै त्रास र मानसिक पिडा । यस्तै पीडादायक अवस्थामा बाच्न बाध्य कटहरी गाउँपालिकाका एक ऋषिदेव परिवारका १० वर्षिया बालिकाको नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलमा जटिल र ठुलो ब्रेन ट्युमरको सफल शल्यक्रिया भएको छ ।
विगत दुई महिना देखि टाउको दुख्ने र उल्टी हुने समस्या हुँदै बिस्तारै शरीरको देब्रे भाग नचल्ने भई दुई दिनबाट पूर्णरुपमा ओछ्यान मै बेहोस रहेकी १० वर्षिया बालिकालाई उपचारको लागि नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलको आकस्मिक कक्षमा ल्याइएको थियो । बिरामीको परीक्षणको क्रममा सिटी स्क्यानको रिपोर्ट अनुसार उनको टाउकोको दाहिने तर्फ ठुलो आकारको ब्रेन ट्युमर भएको पत्ता लागेको थियो ।
“बिरामीको बुबा आमाले बिरामीको अवस्थाको कारण आष मारिसकेका थिए” उपचारमा संलग्न प्रमुख न्युरो सर्जन प्रा. डा. एडमण्ड जोनाथानले भने । उनका अनुसार नोबेलको न्यूरोसर्जरी राम्रो छ भन्ने सुनेर एक पटक जाँच गर्ने भनेर बिरामीलाई ल्याएका रहेछन् । आर्थिक अवस्था पनि कमजोर र बिरामीको अवस्था दिनानुदिन बिग्रँदै गएको कारण उनीहरूले थप उपचार गर्ने कि नगर्ने निर्णय गर्न सकेका थिएनन् । बिरामीको अवस्था र उपचारको बारेमा बिरामीको अभिभावक सँग छलफल पछि बिरामीको उपचार अगाडि बढ्यो ।
बिरामीको उपचारमा अस्पतालबाट छुट समेत उपलब्ध गरिएको उनले बताए । शल्यक्रिया र उपचारमा संलग्न न्युरो सर्जन डा. प्रमोद चौधरीले भने शरीरको अङ्ग चलाउने दिमागको भागमा नै ठुलो ट्युमर पलाएको कारण बिरामीको देब्रे भाग कमजोर हुन गएको थियो । शल्यक्रिया पछि बिरामीको अवस्था ठिक छ तर देब्रे भाग अहिले अलि कमजोर छ । रिहाविलिटेशन चलिरहेको छ ।
बिस्तारै सामान्य अवस्थामा आउनेमा हामी ढुक्क छौँ । बिरामीको उपचारको सम्बन्धमा कुराकानी गर्दै बिरामीको बुबाले भने “पहिला मेरो छोरी अन्तिम अवस्था पुगिसकेको थियो । एक साइडको पुरै नचल्ने । धेरै ठाउँ देखायौँ तर कहीँ निको भएन ।
नोवेलले हामीलाई धेरै सहयोग ग¥यो । यहाँ आए पछि अपरेसन सक्सेस भयो । अहिले मेरो नानीले हिँड्ने, खाने, बस्ने गर्न थालेको छ । अस्पतालले डिस्काउन्ट पनि दिएको छ ।” डा. जोनाथानका अनुसार बालबालिकामा टाउको दुखी रहने उल्टी हुने र हात खुट्टामा कमजोरी आयो भने तुरुन्तै अस्पतालमा गई न्यूरोलोजी वा न्यूरोसर्जरी विभागमा देखाउनु पर्दछ । त्यस्तो विरामीहरुको सिटी स्क्यान गर्न जरुरी हुन्छ । अहिलेको अवस्थामा न्युरो सर्जरी सुरक्षित छ । न्युरो सर्जरीको सक्सेस रेट ९० देखि ९७ प्रतिसत सम्म रहेको छ ।
Banner
नोबेलको स्वास्थ्य शिविरमा भोजपुर र धनकुटाका तीन हजार ५२८ जनाको निःशुल्क स्वास्थ्य परीक्षण
विराटनगरस्थित नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले भोजपुर जिल्लाको षडानन्द नगरपालिकाको दिङ्ला बजार, धनकुटा जिल्लाको पाख्रीबास नगरपालिकाको उत्तरपानी र धनकुटाकै चौविसे गाउँपालिकाको बुधबारेमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरको छ । उक्त शिविरमा ३ हजार ५२८ जना विरामीको निःशुल्क स्वास्थ्य परीक्षण तथा उपचार भएको हो ।
संघीय सांसद एवं अस्पतालका सञ्चालक डा. सुनिल कुमार शर्माको विशेष सहयोगमा तथा भोजपुर जिल्लाको प्रदेश सभा सांसद विनोद वान्तावाको समन्वयमा ष शिविर आयोजना गरिएको थियो । यसैगरी शिविर षडानन्द नगरपालिकाको आयोजना र अरुण गाउँपालिका, सल्पासिलिछो गाउँपालिकाको सहयोगमा दिङ्ला बजारथित गान्धी अस्पतालमा नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको आयोजना गरिएको थियो ।
विशेषज्ञ चिकित्सक सहितको चिकित्सा टोलीले मिति २०८१ बैशाख १३ गते बृहत निःशुल्क स्वास्थ्य शिविर संचालन भएको थियो । उक्त शिविरमा १ हजार ७८३ जना विरामीको निःशुल्क स्वास्थ्य परीक्षण र उपचार भएको छ । उक्त शिविरमा जाँच गराएका मध्ये १३४ जना विपन्न विरामीहरुको थप उपचारको लागि नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटल र काठमाडौं मेडिकल कलेजमा निःशुल्क उपचार हुनेछ । उनीहरुले प्राप्त गर्ने निःशुल्क स्वास्थ्य उपचारमा शल्यक्रिया समेत निःशुल्क हुने जनसम्पर्क अधिकृत नविन दाहालले बताए ।
त्यस्तै मिति २०८१ बैशाख १४ र १५ गते धनकुटा जिल्ला पाख्रीबास नगरपालिका स्थीत उत्तरपानीमा पाख्रीबास नगरपालिकाको आयोजनामा सम्पन्न निःशुल्क स्वास्थ्य शिविरमा ८७५ जना विरामी लाभान्वित भएका छन् ।
मिति २०८१ बैशाख १६ गते धनकुटा कै चौबिसे गाउँपालिका बुधबारेमा चौबिसे गाउँपालिकाको आयोजनामा एक दिवसीय बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । उक्त अवसरमा ८७० जना विरामीको स्वास्थ्य परीक्षण तथा उपचार भएको थियो । जनसम्पर्क अधिकृत नविन दाहालका अनुसार निःशुल्क स्वास्थ्य शिविरमा जाँच गराएर थप उपचारका लागि रिफर भएका विरामीहरुको नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा सहुलियतमा उपचार हुने छ ।
डा.सुनिल शर्माको नेतृत्वमा पूर्वी नेपाल साथै सुदुरपश्चिम र कर्णाली प्रदेशका विभिन्न स्थानहरुमा बृहत निःशुल्क स्वास्थ्य शिविरहरुको आयोजना हुँदै आएको छ । उक्त शिविरहरुबाट हजारौं विरामीहरु लाभान्वित भई सकेका छन् भने शिविरबाट थप उपचारका लागि रिफर भएका असक्त असाहय विरामीहरुको नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटल र काठमाडौं मेडिकल कलेजमा निःशुल्क उपचार समेत हुँदै आएको छ ।
Banner
बाबुराम भट्टराई भन्छन् : ‘प्रचण्ड पानीमा भिजेको बिरालो जस्तो हुनुहुन्थ्यो, चुनाव जितेपछि शेर बनेर गर्जिन थाल्नुभयो ।’
बाबुराम भट्टराई भन्छन् : ‘प्रचण्ड पानीमा भिजेको बिरालो जस्तो हुनुहुन्थ्यो, चुनाव जितेपछि शेर बनेर गर्जिन थाल्नुभयो ।’
-
अर्थ4 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner2 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद4 years ago
रंगशालाको अवलोकन
-
मुख्य4 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ4 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य4 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य4 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner4 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login