अपराध
खैरो हेरोइनसहित ३ जना पक्राउ
बिर्तामोडः झापाको अर्जुनधारा–११ बसपार्क र बिर्तामोडको भगवान चोकबाट लागूऔषध खैरो हेरोइनसहित ३ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बिर्तामोड–३ का २४ वर्षीय विशाल राजवंशी र १५ वर्षीय नरप्रसाद राजवंशी तथा बिर्तामोड–२ का २२ वर्षीय प्रदीप राजवंशी रहेका छन् । विशाल र नरप्रसादको साथबाट ११ ग्राम र प्रदीपको साथबाट १० ग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ ।
विशेष सुराकका आधारमा उनीहरुलाइ बिहीबार राति पौने ११ बजे पक्राउ गरिएको हो । पक्राउ परेका तिनै जनामाथि इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको बताइएको छ ।
Facebook Comment
Banner
सेयरबजारमा दोहोरो अंकको गिरावट, ८ अर्ब ६३ करोडको कारोबार
शेयरबजार परिसूचक नेप्सेमा आज दोहोरो अंकको गिरावट भएको छ । अघिल्लो दिन सामान्य अंकले बढेको नेप्से सूचकमा आज १२.५८ अंकले घट्दै २ हजार ६८३.१५ बिन्दुमा झरेको हो ।
तथापि, कारोबार भने आज पनि ८ अर्ब ६३ करोड १५ लाख रुपैयाँ बराबरको १ करोड ८७ लाख ३ हजार कित्ता शेयर दोस्रो बजारमा किनबेच भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । अघिल्लो दिन १.५३ अंकले सूचक बढेको बजारमा ८ अर्ब २२ करोड ३९ लाख ६५ हजार रुपैयाँ बराबरको १ करोड ७५ लाख ७ हजार कित्ता शेयर किनबेच भएको थियो ।
आज होटल तथा पर्यटन समूह, म्यानु एण्ड प्रो र म्युचुअल फन्ड गरी तीनवटा उपसूचक धनात्मक भएका छन् भने बाँकी १० वटा उपसूचक ऋणात्मक हुन पुगेको नेप्सेले जनाएको छ । १९० कम्पनीको शेयर मूल्य घट्दा आज जम्मा ६६ वटाको मात्र बढेको छ ।
यसदिन सबैभन्दा बढी एसवाई प्यानलको ५९ करोड २९ लाख ८ हजार रुपैयाँ बराबरको शेयर दोस्रो बजारमा किनबेच भएको छ ।
Banner
साफ यु–१९ महिला च्याम्पियनसिप : पहिलो जितको लक्ष्यसहित मैदानमा नेपाल
साफ यु–१९ महिला च्याम्पियनसिपमा नेपाल आज पहिलो जितको लक्ष्यसहित मैदानमा उत्रिँदैछ। प्रतियोगितामा राम्रो सुरुवात गर्ने लक्ष्यसहित नेपाली टोलीले तयारी पूरा गरेको छ।
प्रशिक्षकका अनुसार टोलीले आक्रमण र रक्षात्मक दुवै पक्षमा सुधार गरेको छ। पछिल्ला अभ्यास खेलहरूमा खेलाडीहरूको तालमेल र फिटनेस सन्तोषजनक देखिएको जनाइएको छ। टोली कप्तानले पनि जितका लागि सबै खेलाडी केन्द्रित र आत्मविश्वासी रहेको बताएकी छन्।
प्रतियोगितामा नेपालसँगै दक्षिण एसियाली क्षेत्रका बलिया टोलीहरू सहभागी रहेकाले प्रत्येक खेल चुनौतीपूर्ण हुने अपेक्षा गरिएको छ। तर घरेलु तयारी र टोलीको उत्साहलाई आधार मान्दै नेपाली समर्थकहरू पहिलो जितको आशामा छन्।
नेपालको आजको खेलले प्रतियोगितामा टोलीको यात्रा र सम्भावनाको दिशा तय गर्ने भएकाले खेलप्रेमीहरूको चासो उच्च छ।
Banner
इरानमा रहेका नेपालीलाई तत्काल स्वदेश फर्कन सरकारको आग्रह
इरानमा रहेका नेपालीहरूलाई तत्काल स्वदेश फर्कन सरकारले आग्रह गरेको छ ।
इरानमा विकसित पछिल्लो घटनाक्रमलाई ध्यानमा राख्दै परराष्ट्र मन्त्रालयले ‘ट्राभल एड्भाइजरी’ निकालेर नेपाली नागरिकलाई इरान भ्रमणमा नजान र त्यहाँ रहेका नेपालीलाई तत्काल देश छाड्न आग्रह गरेको हो । मन्त्रायलले इरानबाट आपत्कालीन अवस्थामा बाहिरिन सहज होस् भनेर राहदानी र परिचयपत्रलगायतका यात्रा कागजातहरू तयारी अवस्थामा राख्न भनेको छ ।
इरानमा रहेका नेपालीहरूले समन्वय र सहयोगका लागि परराष्ट्र मन्त्रालय र कतारको दोहामा रहेको राजदूतावासलाई सम्पर्क गर्नसक्ने ‘ट्राभल एड्भाइजरी’ मा उल्लेख छ ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login