मुख्य
६७ पदकसहित नेपालले जित्यो नोबेल अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको उपाधी
बेलबारीः मोरङको बेलबारीमा सञ्चालित नोबेल अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको उपाधी नेपाली टिमले जितेको छ । १९ स्वर्ण, २३ रजत र २५ कास्य गरी कुल ६७ पदकसहित नेपालले प्रतियोगिताको उपाधी जितेको हो ।
त्यस्तै, उपविजेता भुटानले ३ स्वर्ण, ७ रजत र ५ कास्य गरी कुल १५ पदक जितेको छ । यता, २ स्वर्ण र ९ कास्य गरी कुल ११ पदक जित्दै भारतको सिक्किमले प्रतियोगितामा तेस्रो स्थान प्राप्त गरेको छ ।
विजेता नेपाली खेलाडीको तर्फबाट खोटाङले सर्वोत्कृष्ट १२ स्वर्ण, ५ रजत र ९ कास्य पदक जितेको छ । धरानले ६ स्वर्ण, १३ रजत र ११ कास्य पदक पाएको छ भने इटहरीको शान्तिनगरले ५ स्वर्ण, ५ रजत र ५ कास्य पदक जितेको छ ।
प्रतियोगिताको विजेता नेपाली टोलीमध्येको सर्वोत्कृष्ट पदक प्राप्त गर्ने खोटाङले १ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । नेपाली टिममध्ये निकटतम पदक विजेता धरानले ७५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । यता, कुल १५ पदक जित्न सफल इटहरीले ५० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजकले जनाएको छ ।
विजेता टिम तथा खेलाडीलाई नोबेल अस्पताल सञ्चालन समितिका अध्यक्ष लोकनाथ न्यौपाने, प्रतियोगिता आयोजक समितिका अध्यक्ष सञ्जय सुवेदी, प्रमुख प्रशिक्षक कुन्ती गुरुङ लगायतले पुरस्कार वितरण गरे । नोबेल शिक्षण अस्पतालको प्रायोजनमा बेलबारी नगर सितोरियो कराते सङ्घले मोरङ जिल्लामै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको दुई दिने प्रतियोगिता सञ्चालन गरेको हो ।
प्रतियोगितामा ८५ स्वर्ण, ८५ रजत र १ सय ७० कास्य पदकका लागि ६ देशका ५२ टिमबीच प्रतिस्पर्धा भएको थियो । नेपालसहित भारत, भुटान, बङ्गलादेश, श्रीलङ्का र पाकिस्तानका ६ सय ५० खेलाडीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए ।
Facebook Comment
Banner
कम्ब्याक गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश
साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ । बिहीबार बिहान अमेरिकामा भएको सेमिफाइनलमा इङ्ग्ल्यान्डलाई २-१ गोल अन्तरले पराजति गरेर अर्जेन्टिना फाइनलमा प्रवेश गरेको हो ।
खेलको पहिलो हाफमा कुनै पनि गोल हुन सकेको थिएन ।
त्यसपछि दोस्रो हाफ सुरु भएपछि ५५औँ मिनेटमा गोल गर्दै इङ्ग्ल्यान्डले अग्रता कायम गरेको थियो । इङ्ग्ल्यान्डका लागि एन्थोनी गोर्डनले गोल गरेका थिए ।
तर, अर्जेन्टिनाले ८५औँ र इन्जुरी समयमा गोल गरेर नतिजा आफ्नो पक्षमा ल्यायो । अर्जेन्टिनाका लागि एन्जो फर्नान्डेज र लाउटारो मार्टिनेजले गोल गरे ।
अब अर्जेन्टिनाले उपाधिका लागि स्पेनसँग प्रतिस्पर्धा गर्नेछ ।
Banner
नर्वे २-१ गोलले पराजित, इङ्ग्ल्यान्ड सेमिफाइनलमा
इङ्ग्ल्यान्ड फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार बिहान भएको खेलमा नर्वेलाई २-१ गोल अन्तरले पराजित गरेर इङ्ग्ल्यान्ड सेमिफाइनलमा प्रवेश गरेको हो ।
खेलको ३६औँ मिनेटमा एन्ड्रियास स्जेल्डरपको गोलमार्फत नर्वेले सुरुवाती अग्रता लिएको थियो । तर, नर्वेको उक्त अग्रतालाई इङ्ग्ल्यान्डले पहिलो हाफमा नै बराबरी गर्यो । पहिल हाफको इन्जुरी समयमा इङ्ग्ल्यान्डका जुड बेलिङ्घम गोल गरे ।
त्यसछि दोस्रो हाफमा कुनै पनि गोल हुन नसकेपछि गोल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयको सुरुवातमै जुड बेलिङ्घमले गोल गरेर इङ्ग्ल्यान्डलाई २-१ अग्रता दिलाएका थिए ।
त्यसपछि दुवै टोलीबाट गोल हुन सकेन । र, नतिजा इङ्ग्ल्यान्डको पक्षमा पर्यो ।
इङ्ग्ल्यान्डले अब अर्जेन्टिना र स्विट्जरल्यान्डबीचको खेलको विजेता टोलीसँग फाइनल प्रवेशका लागि खेल्नेछ ।
Banner
एमबाप्पे र डेम्बेलेको गोलमा मोरोक्कोलाई हराउँदै फ्रान्स सेमिफाइनलमा
किलिएन एमबाप्पे र ओसमान डेम्बेलेको गोलमद्दतमा मोरोक्कोलाई २-० ले पराजित गर्दै साविक विजेता फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बोस्टनस्थित जिलेट स्टेडियममा बिहीबार राति भएको खेलको ६० औँ मिनेटमा एमबाप्पेले उत्कृष्ट गोल गर्दै फ्रान्सलाई सुरुआती अग्रता दिलाएका थिए । जारी प्रतियोगितामा यो उनको आठौँ गोल हो । त्यसको छ मिनेट बित्न नपाउँदै डेम्बेलेले अर्को गोल थपेपछि फ्रान्सको जित सुनिश्चित भएको थियो ।
यो जितसँगै सन् २०१८ को विश्वकप विजेता फ्रान्सले अब मंगलबार टेक्सासको आर्लिंगटनमा हुने सेमिफाइनलमा स्पेन वा बेल्जियममध्ये एकको सामना गर्नेछ ।अफ्रिकी च्याम्पियन मोरोक्कोले फ्रान्सलाई कडा चुनौती दिने अपेक्षा गरिए पनि त्यो सम्भव रहेन। ८३ औँ मिनेटमा एजेटिन ओनाहीको फ्रिकिकलाई फ्रान्सेली गोलरक्षक माइक माइन्नानले बचाउनुअघिसम्म मोरोक्कोले फ्रान्सको पोस्टमा एउटा पनि निसाना बनाउन सकेको थिएन खेलको २८ औँ मिनेटमा एमबाप्पे पेनाल्टीमा चुकेका थिए । नोसैर मज्राउईले डी-बक्सभित्र एमबाप्पेलाई लडाएपछि फ्रान्सले पेनाल्टी पाएको थियो । तर, लामो भिएआर समीक्षापछि प्रहार गरिएको उक्त पेनाल्टीलाई मोरोक्कोका गोलरक्षक यासिन बोनोले उत्कृष्ट बचाउ गरे ।
पहिलो हाफ बराबरीमा रोकिए पनि दोस्रो हाफमा फ्रान्सको लगातारको दबाब सफल भयो । ६० औँ मिनेटमा डी-बक्सको सिमानाबाट एमबाप्पेले दायाँ खुट्टाले हानेको उत्कृष्ट कर्ल सट बोनोलाई छक्याउँदै जाली चुमेको थियो ।
त्यसपछि ६६ औँ मिनेटमा पेरिस सेन्ट-जर्मेनका स्टार डेम्बेलेले मध्यभागबाट बल एक्लै अघि बढाउँदै गोल गरेपछि फ्रान्सले २-० को सहज जित दर्ता गर्यो ।
फ्रान्सले अब सेमिफाइनलमा शुक्रबार लस एन्जलसमा हुने युरोपेली च्याम्पियन स्पेन र बेल्जियमबीचको क्वार्टरफाइनल विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login