पर्यटन
महाभारतकालीन महत्व बोकेको किच्चकगढी ओझेलमा (विश्व पर्यटन दिवस विशेषः २)
विराटचोकः महाभारतकालीन पुरातात्विक महत्व बोकेको सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर १ मा रहेको सङ्कटमा परेको छ । ऐतिहासिक महत्व बोकेको यो क्षेत्र अतिक्रमणको चपेटामा पनि परेको छ । करीब २ बिघा १४ कठ्ठा क्षेत्रफल रहेको किच्चकगढीको ९ धुरभन्दा बढी जग्गा अतिक्रमण भएको संरक्षण समितिको भनाइ छ । वरीपरी गहिरो खेत तथा बीचमा रहेको अण्डाकार डाँडामा बुट्यानले भरिएको छ । सोही डाँडो नै किच्चकगढी क्षेत्र हो ।
![]()
यस क्षेत्रको बारेमा यहाँका मानिसमा अनेकौं किंवदन्ती पाइन्छ । ऐतिहासिक क्षेत्र भए पनि स्थानीय सरकार र स्थानीयवासीले यसको संरक्षणमा पहल गरेको पाइँदैन । किच्चकगढको संरक्षणको लागि स्थानीयले समिति गठन गरेका छन् । किच्चकगढ ग्रामथान समितिका सचिव धामनारायण विश्वासका अनुसार भजनलाल खवास र उनका काका रेशमलाल खवासले यो क्षेत्रको संरक्षण गरेको बताउँछन् ।
यहाँ माटोका हात्ती घोडा स्थापना गरेर मुख्य पुजारी अर्थात् राजधामीले पूजा गर्ने परम्परा छ । हरेक वर्षको बैशाख १४ गते यहाँ मेला लाग्ने गर्दछ । यहाँ हनुमानको मूर्ति पनि छ । मुख्य पुजारी (धामी) बलिराम धामीले यहाँ पूजा गर्ने गर्छन् । बाबुको मृत्युपछि उनी त्यहाँको पुजारी भएका हुन् । मूल धामीको मृत्युपछि उनकै छोरा मूल धामी बन्ने परम्परा छ ।
किच्चकगढ क्षेत्र अहिले पिननिक खान स्थानीय जाने गरेका छन् । प्रचारप्रसारको अभावमा टाढाटाढाका मानिस पिकनिक खान आउँदैनन् । ग्रामथान स्थललाई घेराबारा गर्न सके र व्यवस्थित बनाउन सके पर्यटक भित्र्याउन सकिने स्थानीयको भनाइ छ ।
सम्बन्धित समाचारः

Banner
एमालेमा उम्मेदवारी शुल्क : अध्यक्षलाई १५ हजार, केन्द्रीय सदस्यलाई ५ हजार
नेकपा एमालेमा उम्मेदवारी दर्ताका लागि शुल्क निर्धारण गरिएको छ, जसमा अध्यक्षका लागि १५ हजार, अरु पदाधिकारीका लागि १० हजार र केन्द्रीय सदस्यका लागि ५ हजार रुपैयाँ उम्मेदवारी दर्ता शुल्क तोकिएको छ ।
सबै पदको फारमका लागि १ सय रुपैयाँ तोकिएको छ । आजै उम्मेदवारी दर्ताको समय तोकिएको छ । भोलि बिहान ११ बजेबाट नेतृत्व चयनका लागि मतदान हुँदै छ ।
Banner
साफ महिला क्लब च्याम्पियनशिपको उपाधिका लागि एपीएफ र इस्ट बङ्गाल खेल्ने
साफ महिला क्लब च्याम्पियनशिपको उपाधिका लागि नेपालको लिग विजेता एपीएफ क्लब र भारतको लिग विजेता इस्ट बङ्गाल एफसी खेल्ने भएका छन् । लिग चरणका दुई खेल बाँकी छँदै एपीएफ र इस्ट बङ्गाल उपाधिका लागि खेल्ने भएका हुन् ।
काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हिजो भएको पहिलो खेलमा एपीएफले पाकिस्तानको कराँची सिटी एफसीलाई १–० गोलले हरायो । यस्तै हिजै बेलुका भएको दोश्रो खेलमा इस्ट बङ्गालले बङ्गलादेशको नसरिन स्पोर्टस एकेडेमीलाई ७–० गोलले हरायो ।
लगातार ३ खेलमा अपराजित इस्ट बङ्गाल ९ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । समान खेलमा २ जीत र १ बराबरीसहित एपीएफ ७ अङ्क जोड्दै दोश्रो स्थानमा छ । एपीएफले पहिलो खेलमा बङ्गलादेशको नसरिन स्पोट्र्स एकेडेमीलाई ४–० गोलले हराएको थियो भने दोस्रो खेलमा भूटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो ।
एपीएफले लिग चरणको अन्तिम खेलमा इस्ट बङ्गाल एफसीसँग पर्सि बुधवार खेल्नेछ । दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) ले पहिलो पटक आयोजना गरेको च्याम्पियनशिपमा ५ सदस्य राष्ट्रको लिग विजेता सहभागी छन् । सिङ्गल राउन्ड रोबिनपछि शीर्ष २ टोलीेले फाइनल खेल्नेछन् ।
Banner
सहयोगी मनद्वारा गछिया आधारभूत विद्यालयका ९८ विद्यार्थीलाई न्यानो स्विटर वितरण
जाडोको चिसो बढ्दै गएका बेला मोरङको गछिया आधारभूत विद्यालयमा अध्ययनरत ९८ जना विद्यार्थीलाई ‘सहयोगी मनहरु सामाजिक संस्थाले न्यानो स्विटर वितरण गरेको छ।
आइतबार आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष भीम अधिकारीले विद्यार्थीहरूलाई स्विटर हस्तान्तरण गर्दै शिक्षासँगै बालबालिकाको स्वास्थ्य र सुरक्षामा पनि ध्यान दिनुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले यस्ता सामाजिक अभियानले समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गर्नुभयो।
विद्यालय प्रशासनले संस्थाको सहयोगप्रति आभार व्यक्त गर्दै यस्ता कार्यक्रमले विद्यार्थीहरूको नियमित उपस्थिती र मनोबल बढ्ने जनाएको छ। स्थानीय अभिभावकहरू पनि संस्थाको पहलप्रति खुशी देखिएका छन्।
सहयोगी मनहरु’ संस्थाले आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य र सामाजिक सेवाका क्षेत्रमा सहयोग निरन्तर गर्ने जनाएको छ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













Pingback: उर्लाबारीको शानः बेतिनी सिमसार (विश्व पर्यटन दिवस विशेष ७ ) - निष्पक्षखबर