Connect with us
Advertisement

एम्बुलेन्स चालकलाई कुटेको आरोपमा सञ्चारकर्मी पक्राउ, एम्बुलेन्स चालकद्वारा प्रदर्शन

Published

on

दुहबीः हिजो साँझ इटहरी– ५ का एम्बुलेन्स चालक गोपाल निरौलालाई बिनाकारण कुटेको भन्दै प्रहरीले दुहबीका चन्दन रौनियारलाई पक्राउ गरेको छ । उनी स्थानीय सञ्चारकर्मी पनि हुन् ।

प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेका रौनियारको कुटाइबाट पीडितको करङ भाँचिएको छ । उनको विराटनगरमा उपचार भइरहेको छ ।

कुटपिटको विरोधमा एम्बुलेन्स चालकले आज दुहबीमा एम्बुलेन्ससहित प्रदर्शन गर्दै रौनियारमाथि कडा कारवाही हुनुपर्ने माग गरेका छन् ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

चोरी गर्न गएका छिमेकीले गरगहना लुटपाट गर्दै झापा बिर्तामोड नगरपालिका-४ शिवनगर निवासी ६७ वर्षीया विष्णुकुमारी विष्टको हत्या गरेको खुलेको छ।

Published

on

झापा : चोरी गर्न गएका छिमेकीले गरगहना लुटपाट गर्दै झापा बिर्तामोड नगरपालिका-४ शिवनगर निवासी ६७ वर्षीया विष्णुकुमारी विष्टको हत्या गरेको खुलेको छ। जिल्ला प्रहरी कार्यालय झापाले घटना भएको २३ दिनपछि घटनामा संलग्न पाँच जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ।

प्रहरीले हत्या आरोपमा घटनाका योजनाकार बिर्तामोड-४ का २३ गंगाप्रसाद राजवंशी, उनकी श्रीमती २० वर्षीया वर्षा राजवंशी, मतियार सोही ठाउँका २३ वर्षीय महेश राजवंशी, चोरी गरेको गरगहना बेच्न सहयोग गर्ने बिर्तामोड-४ का ३३ वर्षीय ज्याक भन्ने भगीरथ माझी र चोरीको सामान किन्ने अर्जुनधारा नगरपालिका-६ स्थित हनुमान सुन-चाँदी पसलका सञ्चालक धनबहादुर कामी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाका एसपी मिलन केसीले जानकारी दिए।

प्रहरीका अनुसार वैशाख २५ गते अन्दाजी साँझ ६ बजेको समयमा महेश र गंगाप्रसादले चोरी गर्ने योजना बनाएका थिए। उनीहरू फलामको मार्तोल र रेञ्च बोकेर मध्यरातमा सुमन राजवंशीको घरमा चोरी गर्न पुगेका थिए। त्यहाँ चोरी गर्न नसकेपछि उनीहरू फर्किए। त्यसपछि उनीहरू विष्णुकुमारीको घरमा गए।

Continue Reading

Banner

राष्ट्र बैंकको सर्भरमा १५ हजार पटक साइबर आक्रमण, ह्याक गरेर डेटा ‘डार्क वेब’मा अक्सन

Published

on

नेपाल राष्ट्रबैंकको सर्भरमा ६ महिनाको अवधिमा एकै व्यक्तिले १५ हजार पटक साइबर आक्रमण गरेको पाइएको छ ।

राष्ट्रबैंकको बेवसाइट र वेब एप्लिकेशनहरूमा साइबर आक्रमण भएको भन्दै उजुरी परेपछि केन्द्रीय साइबर ब्यूरोले गरेको अनुसन्धानका क्रममा १५ हजार पटकसम्म आक्रमण भएको खुलेको हो ।

राष्ट्रबैंकको सर्भर ह्याक गरेको आरोपमा साइबर ब्यूरोको टोलीले जिल्ला प्रहरी कार्यालय कास्कीको सहयोगमा ३० फागुनमा नवराज लामिछानेलाई पक्राउ गरेको थियो ।

स्याङ्जाको पुतलीबजार नगरपालिका–९ घर भई पोखराको बिरौटा बस्दै आएका २६ वर्षीय लामिछानेलाई काठमाडौं ल्याएर ब्यूरोले अनुसन्धान गरेको थियो । कम्प्युटर इन्जिनियरिङमा स्नातक पास गरेर पोखराकै एक स्कुलमा कम्प्युटर शिक्षकको रुपमा कार्यरत उनले पटक पटक राष्ट्र बैंकमाथि साइबर आक्रमण गरेका थिए ।

Continue Reading

Banner

काठमाडौंको बलम्बु प्रहरी प्रभाग इन्सपेक्टरले चलाए गोलि, बडीगार्ड र सेवाग्राही घाइते

Published

on

काठमाडौंको बलम्बु प्रहरी प्रभागका इन्चार्जले आइतबार साँझ गोली चलाएका छन्। इन्सपेक्टर सुरेन्द्र श्रेष्ठले पेस्तोलको गोलि निकाल्न नसकेपछि पड्काइदिएका हुन्।

उनले गोलि चलाउँदा उनकै बडीगार्ड र सेवाग्राही घाइते भएका छन्।

इन्स्पेक्टर श्रेष्ठ ड्युटी सकेर जाने क्रममा पेस्तोल बुझाउन कोर्टमा गएका पेस्तोलको गालि निकाल्न प्रयास गरेको र ननिस्किएपछि पड्काइदिएको प्रहरीले जनाएको छ।

बडीगार्डको खुट्टामा एक राउन्ड गोली लागेको छ। उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ। उनी र सेवाग्राहीकै एपीएफ अस्पताल बलम्बुमा उपचार भइरहेको छ। घटनाबारे अनुसन्धानका लागि इन्स्पेक्टर श्रेष्ठलाई नियन्त्रणमा लिइएको छ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक