स्थानीय तह
तोरीको बीउ वितरण कार्यक्रममा मेयरले भने, ‘अर्गानिक खेती गर्नेलाई १ लाख अनुदान दिइने छ’
विराटचोकः सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख शिवप्रसाद ढकालले अर्गानिक खेतीतर्फ नगरले जोड दिएकाले १ बिघा अर्गानिक खेती गर्दा १ लाख अनुदान दिने व्यवस्था भएको बताए । अनुदानको व्यवस्था गरिए पनि त्यसरी खेती गर्न किसान तयार नभएको उनको भनाइ थियो । नगरपालिकाले किसानलाई तोरीको बीउ वितरण गर्न आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
कृषि उपजको बजारीकरण गर्नका लागि कृषि बजार निर्माण गर्ने, नगरका किसानको सम्मेलन गर्ने तयारी नगरपालिकाले गरिरहेको बताए । सम्मेलनमा नगरका वडालाई कृषिको विभिन्न वस्तुको पकेट क्षेत्र घोषणा गर्ने उनले बताए ।
नगरपालिकाले कृषि क्षेत्रमा विभिन्न कार्यक्रम ल्याएको उनको भनाइ थियो । ड्रागन फ्रुटको माग बढेकाले वैज्ञानिक खेतीतर्फ किसानलाई आकर्षित गर्ने कार्यक्रम ल्याएको पनि जनाए । यस्तै, गछियामा कोल्ड स्टोरेज निर्माण गर्ने प्रक्रिया शुरु भएको पनि उनले बताए । १ बिघा भन्दा धेरै खेती गर्नेलाई किसानलाई ५० प्रतिशत राजस्व छुटको व्यवस्था रहेको उनको भनाइ थियो ।
नगरपालिकाको आ.व. ०७७÷०७८ को स्वीकृत कार्यक्रमबाट ५० प्रतिशत अनुदानमा तोरीको बीउ वितरण गरेको हो । बुधबार नगरप्रमुख शिवप्रसाद ढकाल र उपप्रमुख धनमाया तामाङले किसानलाई तोरीको बीउ प्रदान गरेका हुन् । सूूचना प्रकाशित गरेर आएका सबै १ सय १८ जना किसानलाई १ हजार २ सय केजी बीउ वितरण गरिएको थियो । वितरण गरिएको तोरीको बीउले १ सय २० हेक्टर जमिनमा उन्नत जातको तोरी लगाउन सकिने छ ।

वितरण कार्यक्रममा सहभागी किसानले खेती गर्दा आउने समस्याका बारेमा कृषि शाखाका प्राविधिकलाई बताएका थिए । लाही लाग्ने समस्या, सिँचाइ गर्ने उपयुक्त समय, बालीमा ‘भिटामिन’ कसरी लगाउनेलगायतका विषयमा किसानले चासो देखाएका थिए । किसानले उठाएका जिज्ञासाका विषयमा कृषि शाखाका प्राविधिक सुदीप भण्डारीले खेती गर्ने तरिका, विषदीको प्रयोग गर्ने तरिका, माटोको परीक्षण गर्ने लगायतका विषयमा किसानलाई बताएका थिए ।
यस्तै, कृषि शाखा प्रमुख फरिन्द्र भट्टराईले सबै निवेदन दिने जति सबै किसानलाई बीउ दिइएको र आगामी १५ दिनपछि गहँुको बिउ वितरण गर्ने कार्यक्रम रहेको बताए ।
कार्यक्रममा नगर उपप्रमुख धनमाया तामाङले परम्परागत कृषि पेशालाई आधुनिकतातर्फ लैजानुपर्ने बताइन् । थोरै जग्गामा धेरै कमाई गर्ने जुक्ति अपनाउनुपर्ने उनको भनाइ थियो । लकडाउनले गर्दा कृषि पेसामा लाग्ने संख्या बढ्दो क्रममा रहेको बताइन् ।
Facebook Comment
Banner
भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५० भन्दा बढी घाइते
उत्तरी भारतको एक्सप्रेसवेमा मंगलबार बाक्लो कुहिरोको बीचमा सातवटा बसहरू एकअर्कासँग ठोक्किएर आगलागी हुँदा कम्तिमा चार जनाको मृत्यु हुनुका साथै ५० जना भन्दा बढी घाइते भएको स्थानीय प्रहरीलाई उदृत गर्दै सिन्ह्वाले जनाएको छ । प्रहरीले मथुरा जिल्लाको दिल्ली–आगरा एक्सप्रेसवेमा बसहरूको ठक्करको कारणले उनीहरूको ज्यान गएको जनाउदै घटनाको पुष्टि गरेको छ । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।सामाजिक सञ्जालमा राखिएको भिडियो फुटेजमो गाडीबाट ठुलो आगो निस्किएको देखाइएको छ । घाइतेहरू मध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्ने सम्भावना रहेको बताइएको छ ।
Banner
सातौँ झापा गोल्डकप माघको अन्तिम हप्तादेखि हुने
झापा गोल्डकपको सातौँ संस्करण आउँदो माघ अन्तिम हप्तादेखि हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फ)ले निकालेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि शुरु हुने भएको हो ।
गएको वैशाखमा ज्यान गुमाएका झापा गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडमा रहेको डोमालाल राजवंशी रङ्गशालामा हुनेछ । प्रतियोगितामा तीन विभागीय टोली, दुई विदेशी, झापा ११ एफसी र ‘ए’ डिभिजनसहित १० टोली सहभागिता हुने गोल्डकपका अध्यक्ष केदार गिरीले जानकारी दिनुभयो ।
प्रतियोगिताको फाइनल खेल फागुन ४ गते हुनेछ । प्रतियोगिताको विजेताले नगद १५ लाख र उपविजेताले ८ लाख रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगिता सम्पन्न गर्न झन्डै १ करोड ५० लाख रुपैयाँ खर्च अनुमान गरिएको कोषाध्यक्ष चन्द्र कट्टेलले जानकारी दिनुभयो ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एउटा मोटरसाइकल, उत्कृष्ट गोलकिपर, उच्च गोलकर्ता, उदीयमान खेलाडी र प्रशिक्षकलाई जनही २५ हजार तथा हरेक खेलको प्लेयर अफ द म्याचलाई नगद ११ हजार रुपैयाँ दिइने आयोजकले जनाएको छ ।
Banner
एमाले अध्यक्ष चयनका लागि आज मतदान, ओली–पोखरेल आमनेसामने
नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ । केन्द्रीय निर्वाचन आयोगका अनुसार मतदान बन्दसत्र स्थल भृकुटीमण्डप काठमाण्डौमा दिउँसो १ बजेदेखि शुरु हुनेछ ।
मतदान बेलुका ७ बजेसम्म चल्नेछ । अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलसहित प्रतिस्पर्धामा हुनुहुन्छ । आयोगले हिजो अबेर सार्वजनिक गरेको उम्मेदवारको प्रारम्भिक नामावलीअनुसार अध्यक्ष पदमा ओली र पोखरेलबीच नै प्रतिस्पर्धा हुने भएको हो ।
महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिँदैछ । आयोगका अध्यक्ष डा. विजय सुब्बाका अनुसार ल्याइएका एक सय वटा मेसिनमध्ये ८० वटा मतदानका लागि प्रयोग हुनेछन् ।
बाँकी १० वटा अभ्यासका लागि र १० वटा अतिरिक्त मेसिनको रूपमा राखिएको छ । एक जनाले मत खसाल्न झण्डै २५ देखि ३० मिनेट समय लाग्ने अनुमान छ । महाधिवेशनमा कुल २ हजार २ सय ६३ प्रतिनिधि सहभागी छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login