Connect with us
Advertisement

नगरपालिका आएर मजदुरले भने, ‘काम गर्ने वातावरण बनाइदेऊ, श्रम गरेर खान पाइयोस्’

Published

on

विराटचोकः आफूहरुले काम गरेर खाने वातावरण नभएको भन्दै श्रमिकको हितमा काम गर्न माग गर्दै सुन्दरहरैंचा नगरपालिकामा आएका मजदुरले नगरपालिका परिसरमा नाराबाजी गरेका छन् । आफ्ना माग लिएर आउँदा नगरप्रमुख, उपप्रमुख तथा कार्यकारी अधिकृत कसैले चासो नदिएको भन्दै उनीहरुले नाराबाजी गरेका थिए ।

बिहान साढे ११ बजेतिर नगरपालिका आएका उनीहरुले मेयर तथा उपमेयरले आफूहरुसँग वार्ता गर्न नचाहेको भन्दै नाराबाजी गर्नुपरेको बताए । उनीहरुले नगरपालिका र मेयरको विरुद्धमा नाराबाजीसमेत गरेका थिए । महिला, पुरुष तथा उनीहरुका बालबच्चासहित मजदुरहरु नगरपालिका पुगेका थिए ।

लकडाउनका कारण कतै काम नपाएको हुनाले खोलामा बालुवा चाल्न गएका मजदुर र बालुवा लिन गएका ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको विरोधमा स्वतःस्फूर्त रुपमा मजदुरहरु आफ्ना समस्या राख्न नगरपालिकामा आएको एक मजदुरले बताए ।

‘घरमा खानेकुरा केही छैन सर,’ उनले भने, ‘भोकले मर्नुभन्दा काम गर्दागर्दै कोरोना लागे पनि कोरोनाले मर्नु जाती भनेर आएका हाँै । चोर्न जान मिल्दैन, काम गर्ने वातावरण बनाइदिनुपर्याे ।’ जेसीबीले खोलाको बालुवा जति झिके पनि नगरपालिका र प्रहरीले केही नगर्ने तर बेल्चाले बालुवा झिक्ने गरीब मजदुरको भने रोजीरोटी नै खोसिने गरेको उनले बताए ।

घटनाको बारेमा जानकारी लिन मेयर शिवप्रसाद ढकालसँग सम्पर्क गर्दा सम्पर्क हुन सकेन । उपमेयर धनमाया तामाङ भने न्यायिक समितिको बैठकमा सहभागी भएकाले सम्पर्क हुन सकेन ।

डेढ घण्टासम्म उनीहरुले नगरपालिका परिसरमा धर्ना दिएपछि दिउँसो १२ बजे वडा नम्बर १२ का अध्यक्ष रोशनप्रसाद ढकालबाहेक अरु कोही जनप्रतिनिधि पनि धर्नास्थलमा नआएको एक मजदुरले बताए ।

   

Continue Reading

Facebook Comment

1 Comment

1 Comment

  1. Pingback: मेयरको सम्बोधनपछि फर्किए मजदुर - निष्पक्षखबर

You must be logged in to post a comment Login

Leave a Reply

Banner

भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५० भन्दा बढी घाइते

Published

on

उत्तरी भारतको एक्सप्रेसवेमा मंगलबार बाक्लो कुहिरोको बीचमा सातवटा बसहरू एकअर्कासँग ठोक्किएर आगलागी हुँदा कम्तिमा चार जनाको मृत्यु हुनुका साथै ५० जना भन्दा बढी घाइते भएको स्थानीय प्रहरीलाई उदृत गर्दै सिन्ह्वाले जनाएको छ । प्रहरीले मथुरा जिल्लाको दिल्ली–आगरा एक्सप्रेसवेमा बसहरूको ठक्करको कारणले उनीहरूको  ज्यान गएको जनाउदै घटनाको पुष्टि गरेको छ ।  घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।सामाजिक सञ्जालमा राखिएको भिडियो फुटेजमो गाडीबाट ठुलो आगो निस्किएको देखाइएको छ । घाइतेहरू मध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्ने सम्भावना रहेको बताइएको छ ।

Continue Reading

Banner

सातौँ झापा गोल्डकप माघको अन्तिम हप्तादेखि हुने

Published

on

झापा गोल्डकपको सातौँ संस्करण आउँदो माघ अन्तिम हप्तादेखि हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फ)ले निकालेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि शुरु हुने भएको हो ।

गएको वैशाखमा ज्यान गुमाएका झापा गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडमा रहेको डोमालाल राजवंशी रङ्गशालामा हुनेछ । प्रतियोगितामा तीन विभागीय टोली, दुई विदेशी, झापा ११ एफसी र ‘ए’ डिभिजनसहित १० टोली सहभागिता हुने गोल्डकपका अध्यक्ष केदार गिरीले जानकारी दिनुभयो ।

प्रतियोगिताको फाइनल खेल फागुन ४ गते हुनेछ । प्रतियोगिताको विजेताले नगद १५ लाख र उपविजेताले ८ लाख रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगिता सम्पन्न गर्न झन्डै १ करोड ५० लाख रुपैयाँ खर्च अनुमान गरिएको कोषाध्यक्ष चन्द्र कट्टेलले जानकारी दिनुभयो ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एउटा मोटरसाइकल, उत्कृष्ट गोलकिपर, उच्च गोलकर्ता, उदीयमान खेलाडी र प्रशिक्षकलाई जनही २५ हजार तथा हरेक खेलको प्लेयर अफ द म्याचलाई नगद ११ हजार रुपैयाँ दिइने आयोजकले जनाएको छ ।

Continue Reading

Banner

एमाले अध्यक्ष चयनका लागि आज मतदान, ओली–पोखरेल आमनेसामने

Published

on

नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ । केन्द्रीय निर्वाचन आयोगका अनुसार मतदान बन्दसत्र स्थल भृकुटीमण्डप काठमाण्डौमा दिउँसो १ बजेदेखि शुरु हुनेछ ।

मतदान बेलुका ७ बजेसम्म चल्नेछ । अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलसहित प्रतिस्पर्धामा हुनुहुन्छ । आयोगले हिजो अबेर सार्वजनिक गरेको उम्मेदवारको प्रारम्भिक नामावलीअनुसार अध्यक्ष पदमा ओली र पोखरेलबीच नै प्रतिस्पर्धा हुने भएको हो ।

महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिँदैछ । आयोगका अध्यक्ष डा. विजय सुब्बाका अनुसार ल्याइएका एक सय वटा मेसिनमध्ये ८० वटा मतदानका लागि प्रयोग हुनेछन् ।

बाँकी १० वटा अभ्यासका लागि र १० वटा अतिरिक्त मेसिनको रूपमा राखिएको छ । एक जनाले मत खसाल्न झण्डै २५ देखि ३० मिनेट समय लाग्ने अनुमान छ । महाधिवेशनमा कुल २ हजार २ सय ६३ प्रतिनिधि सहभागी छन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक