Connect with us
Advertisement

ब्याडमिन्टन हलको काम अन्तिम चरणमा, सागमा ७ राष्ट्र सहभागी हुने

Published

on

पोखराः १३ औँ दक्षिण एशियाली खेलकुद (साग) लाई लक्षित गरेर निर्माण गरिएको ब्याडमिन्टन हलको काम अन्तिम चरणमा पुगेको छ । पोखरामा हुने ब्याडमिन्टन खेलको लागि निर्माण गरिएको पूर्वाधारको काम अन्तिम चरणमा पुगेको हो ।

कास्की जिल्ला ब्याडमिन्टन सङ्घका अध्यक्ष डम्बरसिंह गुरुङका अनुसार खेलाडीको लागि चाहिने पूर्वाधार समेत सबै निर्माण भएको छ ।

ब्याडमिन्टन हलमा अफिस, सूचना कक्ष, प्राविधिक कक्ष, स्टोर रुम, वार्मअप साथै ४ ओटा कोर्ट रहेको छ । तर प्रतियोगिताको लागि भने ३ ओटा कोर्ट मात्र प्रयोग गरिने छ । ब्याडमिन्टन हल निर्माणको लागि करीब साढे चार करोड रुपैयाँ खर्च लागेको उनले जानकारी दिए ।

ब्याडमिन्टनको लागि आयोजक राष्ट्र नेपालको तर्फबाट २५ जना खेलाडी तथा प्रशिक्षक सहभागी हुने भएका छन् । जसमा पुरुष १०, महिला १० खेलाडी रहेका छन् भने विदेशीसहित ५ जना प्रशिक्षक रहेका छन् । भारतको तर्फबाट भने ब्याडमिन्टनमा खेलाडीको मात्र सहभागिता रहने बताइएको छ । ब्याडमिन्टनको लागि भारतबाट १० पुरुष तथा १० महिला खेलाडीले सहभागिता जनाउने भएका छन् ।

त्यस्तै, पाकिस्तानबाट भने खेलाडी तथा प्रशिक्षक गरी १३ जना सहभागी हुने भएका छन् । जसमा ५ पुरुष, ५ महिला खेलाडी र ३ प्रशिक्षक रहेका छन । बङ्गलादेशबाट भने १६ सदस्यीय टोली पोखरा आउने भएको हो । जसमा ६ पुरुष, ६ महिला खेलाडी र ४ प्रशिक्षक सहभागी हुन भएका छन् ।

श्रीलङ्काबाट १७ सदस्यीय ब्याडमिन्टन टोली आउने भएको छ । जसमा ७ पुरुष, ७ महिला खेलाडी तथा ३ जना प्रशिक्षक रहेका छन् । भुटानको तर्फबाट भने ७ सदस्यीय ब्याडमिन्टन टोली आउने भएको छ । माल्दिभ्सबाट भने १७ सदस्यीय ब्याडमिन्टन टोलीले खेलमा सहभागिता जनाउने भएको छ ।

पोखरामा हुने ब्याडमिन्टन मंसीर १५ गतेदेखि २० गते सम्म सञ्चालन हुने छ । टिम इभेन्टतर्फ मंसीर १५ गते महिला तथा पुरुष क्वाटरफाइनलका खेल हुनेछन् भने मंसीर १६ गते सेमीफाइनल तथा फाइनल खेल हुनेछन् ।

त्यस्तै व्यक्तिगत इभेन्टतर्फ मंसीर १७ गते महिला एकल तथा डबल्स, पुरुष एकल, डबल र मिक्स डबल तर्फको प्रारम्भिक खेल हुनेछन् । १८ गते महिला तथा पुरुष सिङ्गल र डबल्सको क्वाटरफाइनल खेल हुनेछ भने १९ गते सबै इभेन्टका सेमीफाइनल खेल हुनेछन् । २० गते सबै इभेन्टका फाइनल खेल हुने प्राविधिक समितिका संयोजक विद्याप्रसाद मरासिनीले बताए ।

Continue Reading

Facebook Comment

1 Comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कम्ब्याक गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश

Published

on

साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ । बिहीबार बिहान अमेरिकामा भएको सेमिफाइनलमा इङ्ग्ल्यान्डलाई २-१ गोल अन्तरले पराजति गरेर अर्जेन्टिना फाइनलमा प्रवेश गरेको हो ।

खेलको पहिलो हाफमा कुनै पनि गोल हुन सकेको थिएन ।

त्यसपछि दोस्रो हाफ सुरु भएपछि ५५औँ मिनेटमा गोल गर्दै इङ्ग्ल्यान्डले अग्रता कायम गरेको थियो । इङ्ग्ल्यान्डका लागि एन्थोनी गोर्डनले गोल गरेका थिए ।

तर, अर्जेन्टिनाले ८५औँ र इन्जुरी समयमा गोल गरेर नतिजा आफ्नो पक्षमा ल्यायो । अर्जेन्टिनाका लागि एन्जो फर्नान्डेज र लाउटारो मार्टिनेजले गोल गरे ।

अब अर्जेन्टिनाले उपाधिका लागि स्पेनसँग प्रतिस्पर्धा गर्नेछ ।

Continue Reading

Banner

नर्वे २-१ गोलले पराजित, इङ्ग्ल्यान्ड सेमिफाइनलमा

Published

on

इङ्ग्ल्यान्ड फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार बिहान भएको खेलमा नर्वेलाई २-१ गोल अन्तरले पराजित गरेर इङ्ग्ल्यान्ड सेमिफाइनलमा प्रवेश गरेको हो ।

खेलको ३६औँ मिनेटमा एन्ड्रियास स्जेल्डरपको गोलमार्फत नर्वेले सुरुवाती अग्रता लिएको थियो । तर, नर्वेको उक्त अग्रतालाई इङ्ग्ल्यान्डले पहिलो हाफमा नै बराबरी गर्‍यो । पहिल हाफको इन्जुरी समयमा इङ्ग्ल्यान्डका जुड बेलिङ्घम गोल गरे ।

त्यसछि दोस्रो हाफमा कुनै पनि गोल हुन नसकेपछि गोल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयको सुरुवातमै जुड बेलिङ्घमले गोल गरेर इङ्ग्ल्यान्डलाई २-१ अग्रता दिलाएका थिए ।

त्यसपछि दुवै टोलीबाट गोल हुन सकेन । र, नतिजा इङ्ग्ल्यान्डको पक्षमा पर्‍यो ।

इङ्ग्ल्यान्डले अब अर्जेन्टिना र स्विट्जरल्यान्डबीचको खेलको विजेता टोलीसँग फाइनल प्रवेशका लागि खेल्नेछ ।

Continue Reading

Banner

एमबाप्पे र डेम्बेलेको गोलमा मोरोक्कोलाई हराउँदै फ्रान्स सेमिफाइनलमा

Published

on

किलिएन एमबाप्पे र ओसमान डेम्बेलेको गोलमद्दतमा मोरोक्कोलाई २-० ले पराजित गर्दै साविक विजेता फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बोस्टनस्थित जिलेट स्टेडियममा बिहीबार राति भएको खेलको ६० औँ मिनेटमा एमबाप्पेले उत्कृष्ट गोल गर्दै फ्रान्सलाई सुरुआती अग्रता दिलाएका थिए । जारी प्रतियोगितामा यो उनको आठौँ गोल हो । त्यसको छ मिनेट बित्न नपाउँदै डेम्बेलेले अर्को गोल थपेपछि फ्रान्सको जित सुनिश्चित भएको थियो ।

यो जितसँगै सन् २०१८ को विश्वकप विजेता फ्रान्सले अब मंगलबार टेक्सासको आर्लिंगटनमा हुने सेमिफाइनलमा स्पेन वा बेल्जियममध्ये एकको सामना गर्नेछ ।अफ्रिकी च्याम्पियन मोरोक्कोले फ्रान्सलाई कडा चुनौती दिने अपेक्षा गरिए पनि त्यो सम्भव रहेन। ८३ औँ मिनेटमा एजेटिन ओनाहीको फ्रिकिकलाई फ्रान्सेली गोलरक्षक माइक माइन्नानले बचाउनुअघिसम्म मोरोक्कोले फ्रान्सको पोस्टमा एउटा पनि निसाना बनाउन सकेको थिएन खेलको २८ औँ मिनेटमा एमबाप्पे पेनाल्टीमा चुकेका थिए । नोसैर मज्राउईले डी-बक्सभित्र एमबाप्पेलाई लडाएपछि फ्रान्सले पेनाल्टी पाएको थियो । तर, लामो भिएआर समीक्षापछि प्रहार गरिएको उक्त पेनाल्टीलाई मोरोक्कोका गोलरक्षक यासिन बोनोले उत्कृष्ट बचाउ गरे ।

पहिलो हाफ बराबरीमा रोकिए पनि दोस्रो हाफमा फ्रान्सको लगातारको दबाब सफल भयो । ६० औँ मिनेटमा डी-बक्सको सिमानाबाट एमबाप्पेले दायाँ खुट्टाले हानेको उत्कृष्ट कर्ल सट बोनोलाई छक्याउँदै जाली चुमेको थियो ।

त्यसपछि ६६ औँ मिनेटमा पेरिस सेन्ट-जर्मेनका स्टार डेम्बेलेले मध्यभागबाट बल एक्लै अघि बढाउँदै गोल गरेपछि फ्रान्सले २-० को सहज जित दर्ता गर्‍यो ।

फ्रान्सले अब सेमिफाइनलमा शुक्रबार लस एन्जलसमा हुने युरोपेली च्याम्पियन स्पेन र बेल्जियमबीचको क्वार्टरफाइनल विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक