शिक्षा / स्वास्थ्य
इटहरीमा थप २० जनामा कोरोना संक्रमण पुष्टि
इटहरीः इटहरीमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । असोज १६ गते लिइएको स्वाब परीक्षणको रिपोर्ट आउँदा २० जनामा संक्रमण पुष्टि भएको इटहरी अस्पतालका रामकुमार धमलाले बताए ।
संक्रमित हुनेहरूमा इटहरी–१ का २२ वर्षीय पुरुष, इटहरी–४ का ३० वर्षीय पुरुष र ३८ वर्षीया महिला , इटहरी–५ का ३० र ४४ वर्षीय पुरुष तथा इटहरी–९ की २५ वर्षीया महिला छन् । त्यस्तै इटहरी–६ का ९, २१, २४, २८ र ५२ वर्षीय पुरुष तथा २२, ३० र ५० वर्षीया महिला संक्रमित भएका छन् । इटहरी–८ का ५ वर्षीय पुरुष तथा २४, ५६ र ८० वर्षीया महिला संक्रमित भएका छन् । इटहरी–११ का २८ वर्षीय पुरुष र इटहरी–१३ की २४ वर्षीया महिलामा पनि संक्रमण पुष्टि भएको छ ।
Facebook Comment
Banner
पत्रकार महासंघ मोरङले गर्यो ‘भिआईए’ स्क्रिनिङ
विश्व क्यान्सर दिवसको अवसरमा नेपाल पत्रकार महासंघ मोरङले आज महिला पत्रकारहरूलाई लक्षित गर्दै स्वास्थ्य शिविर तथा क्यान्सर सचेतना कार्यक्रम आयोजना गरेको छ। कार्यक्रम विराट मेडिकल कलेज टिचिङ अस्पताल, बुढीगंगा मोरङको सहकार्यमा सम्पन्न भएको हो।
स्वास्थ्य शिविरमा १८ जना महिला पत्रकारले ‘भिआईए’ स्क्रिनिङ र स्तन परीक्षण सेवा लिएका छन्। परीक्षणका क्रममा समस्या देखिएका पत्रकारहरूको विराट मेडिकल कलेजमा थप उपचारको व्यवस्था गरिने महासंघ मोरङकी अध्यक्ष सुशीला पाठकले जानकारी दिनुभयो। उहाँले आगामी दिनमा पनि पत्रकारहरूको नियमित स्वास्थ्य परीक्षण हुनेगरी महासंघले पहल गर्ने बताउनुभयो।
शिविरमा विराट मेडिकल कलेज टिचिङ अस्पतालका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. अस्मिता रायमाझी, डा. बबिता साहलगायतको चिकित्सक टोलीले सेवा प्रदान गरेको थियो। शिविरसँगै आयोजित क्यान्सर सचेतना कार्यक्रमको सहजीकरण डा. रायमाझीले गर्नुभएको थियो।
सचेतना कार्यक्रममा डा. रायमाझीले हाल महिलामा पाठेघरभन्दा स्तन क्यान्सरका बिरामीको संख्या बढ्दै गएको उल्लेख गर्नुभयो। उहाँका अनुसार महिला र पुरुष दुवैमा मुख, नाक र घाँटीको क्यान्सर, बालबालिकामा ब्लड क्यान्सर तथा १८–२० वर्ष उमेर समूहमा हड्डीको क्यान्सर बढी देखिने गरेको छ। पछिल्ला दिनमा पुरुषमा समेत स्तन क्यान्सरका बिरामी देखिन थालेको जानकारी पनि उहाँले दिनुभयो।
डा. रायमाझीले नियमित स्वास्थ्य परीक्षण र रोगको प्रारम्भिक पहिचान भए क्यान्सरको उपचार सम्भव हुनेमा जोड दिनुभयो। कार्यक्रममा नेपाल पत्रकार महासंघ कोशी प्रदेशका उपाध्यक्ष कुमोद अधिकारी, महासचिव हिमा चेम्जुङ, विराट मेडिकल कलेजका अपिल राई, लिना थापालगायतले स्वास्थ्यप्रति सचेत रहन र नियमित परीक्षण गराउन आग्रह गर्नुभएको थियो।
महिला पत्रकारहरूको स्वास्थ्य र क्यान्सरजस्तो गम्भीर रोगप्रति सचेतना बढाउने उद्देश्यले आयोजित यो कार्यक्रमलाई सहभागीहरूले समय सान्दर्भिक र उपयोगी भएको प्रतिक्रिया दिएका छन्।
Banner
सेयरबजारमा दोहोरो अंकको गिरावट, ८ अर्ब ६३ करोडको कारोबार
शेयरबजार परिसूचक नेप्सेमा आज दोहोरो अंकको गिरावट भएको छ । अघिल्लो दिन सामान्य अंकले बढेको नेप्से सूचकमा आज १२.५८ अंकले घट्दै २ हजार ६८३.१५ बिन्दुमा झरेको हो ।
तथापि, कारोबार भने आज पनि ८ अर्ब ६३ करोड १५ लाख रुपैयाँ बराबरको १ करोड ८७ लाख ३ हजार कित्ता शेयर दोस्रो बजारमा किनबेच भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । अघिल्लो दिन १.५३ अंकले सूचक बढेको बजारमा ८ अर्ब २२ करोड ३९ लाख ६५ हजार रुपैयाँ बराबरको १ करोड ७५ लाख ७ हजार कित्ता शेयर किनबेच भएको थियो ।
आज होटल तथा पर्यटन समूह, म्यानु एण्ड प्रो र म्युचुअल फन्ड गरी तीनवटा उपसूचक धनात्मक भएका छन् भने बाँकी १० वटा उपसूचक ऋणात्मक हुन पुगेको नेप्सेले जनाएको छ । १९० कम्पनीको शेयर मूल्य घट्दा आज जम्मा ६६ वटाको मात्र बढेको छ ।
यसदिन सबैभन्दा बढी एसवाई प्यानलको ५९ करोड २९ लाख ८ हजार रुपैयाँ बराबरको शेयर दोस्रो बजारमा किनबेच भएको छ ।
Banner
साफ यु–१९ महिला च्याम्पियनसिप : पहिलो जितको लक्ष्यसहित मैदानमा नेपाल
साफ यु–१९ महिला च्याम्पियनसिपमा नेपाल आज पहिलो जितको लक्ष्यसहित मैदानमा उत्रिँदैछ। प्रतियोगितामा राम्रो सुरुवात गर्ने लक्ष्यसहित नेपाली टोलीले तयारी पूरा गरेको छ।
प्रशिक्षकका अनुसार टोलीले आक्रमण र रक्षात्मक दुवै पक्षमा सुधार गरेको छ। पछिल्ला अभ्यास खेलहरूमा खेलाडीहरूको तालमेल र फिटनेस सन्तोषजनक देखिएको जनाइएको छ। टोली कप्तानले पनि जितका लागि सबै खेलाडी केन्द्रित र आत्मविश्वासी रहेको बताएकी छन्।
प्रतियोगितामा नेपालसँगै दक्षिण एसियाली क्षेत्रका बलिया टोलीहरू सहभागी रहेकाले प्रत्येक खेल चुनौतीपूर्ण हुने अपेक्षा गरिएको छ। तर घरेलु तयारी र टोलीको उत्साहलाई आधार मान्दै नेपाली समर्थकहरू पहिलो जितको आशामा छन्।
नेपालको आजको खेलले प्रतियोगितामा टोलीको यात्रा र सम्भावनाको दिशा तय गर्ने भएकाले खेलप्रेमीहरूको चासो उच्च छ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login