विश्व
इण्डोनेसियामा ३ लाख तथा ओमन र पोल्याण्डमा १\१ लाख पुगे कोरोना संक्रमित

विराटचोकः एशियाली देश इण्डोनेसियामा कोरोना संक्रमितको संख्या ३ लाख नाघेको छ । बढी कोरोना संक्रमित हुने देशको आधारमा इण्डोनेसिया २२ आँै, ओमन ३९ औँ र पोल्याण्ड ४० औँ स्थानमा रहेका छन् ।
वर्ल्ड ओ मिटर्स डट इन्फोका अनुसार गत २४ घण्टामा ३ हजार ९ सय ९२ जना कोरोना संक्रमित थपिएसँगै इण्डोनेसियामा संक्रमितको संख्या ३ लाख ३ हजार ४ सय ९८ जना पुगेको छ । ११ हजार १ सय ५१ जनाको संक्रमणका कारण ज्यान गएको छ । २ लाख २८ हजार ४ सय ५३ जना निको भएका छन् भने ६३ हजार ८ सय ९४ जना आइसोलेसनमा रहेका छन् ।
त्यस्तै, ओमनमा २ हजार ६ सय ८५ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या १ लाख १ हजार २ सय ७० जना पुगेको छ । थप ४२ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ९ सय ७७ जना पुगेको छ । ९० हजार २ सय ९६ जना निको भएका छन् भने ९ हजार ९ सय ९७ जना आइसोलेसनमा रहेका छन् ।
पोल्याण्डमा संक्रमितको संख्या १ लाख ७४ जना पुगेको छ । त्यहाँ १ हजार ९ सय ३४ जना संक्रमित थपिएका छन् । थप २६ जनाको मृत्यु भएसँगै संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २ हजार ६ सय ३० जना पुगेको छ । ७३ हजार ३ जना निको भएका छन् भने २४ हजार ४ सय ४१ जना आइसोलेसनमा रहेका छन् ।
Banner
नवनियुक्त शिक्षामन्त्री पन्तले शिक्षकहरूलाई वार्तामा बोलाए

काठमाडौँ । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा बोलाएका छन् । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित गत चैत २० गतेदेखि आन्दोलन गर्दै आएका शिक्षकहरूलाई वार्ताका लागि बोलाएका हुन् ।
विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने मागसहित आन्दोलन गर्दै आएका शिक्षकहरूको आन्दोलनप्रति ध्यानाकषर्ण भएको जनाउँदै वार्ताका लागि बोलाएका हुन् ।
शिक्षकहरुसँग विगतमा झैँ निरन्तर संवाद तथा छलफल गरी सामूहिक रूपमा समाधानका उपाय खोज्न यथाशीघ्र वार्ता आउन आह्वान गरेका हुन् । मन्त्री पन्तसँगै शिक्षा मन्त्रालयले समेत शिक्षकहरूलाई वार्तामा आउन आग्रह गरेको छ ।
Banner
संसदमा प्रधानमन्त्रीको सम्बोधन स्थगित

११ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्ने कार्यक्रम स्थगित भएको छ ।
आज दिउँसो १ बजे बस्ने बजेट अधिवेशनको पहिलो बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने सुरु भएको थियो ।
तर, सम्बोधन स्थगित भएको एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।
सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसका दलका नेता शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्ड संसदमा उपस्थित नहुने भएकोले प्रधानमन्त्रीको सम्बोधन स्थगित भएको हो ।
देउवा थाइल्याण्डमा छन् भने प्रचण्ड गोरखा पुगेका छन् ।
आज प्रमुख दलका शीर्ष नेता बैठकमा सहभागी नहुने भएकोले बजेट अधिवेशनको पहिलो बैठकमा दोस्रो तहका नेताहरूले सम्बोधन गर्नेछन् ।
Banner
भूकम्पको १० वर्षमा यस्तो बन्यो वसन्तपुर क्षेत्र (फोटो फिचर)

२०७२ वैशाख १२ को भूकम्पमा निजी आवास, सरकारी कार्यालय, विद्यालय भवनका साथै थुप्रै पूरातात्विक सम्पदा क्षतिग्रस्त हुन पुगे ।
भूकम्पमा परी काठमाडौंको वसन्तपुर र हनुमानढोका दरबार क्षेत्र पनि भत्किए । भूकम्पले हनुमानढोका संरक्षित क्षेत्रमा रहेका ७३ सम्पदा, एउटा मूल चोक र चार वटा चोक गरी ९५ वटा सानाठूला सम्पदामा क्षति पुगेको थियो ।
भूकम्पको १० वर्षमा काष्ठमण्डप, गद्दी बैठक, नौतले दरबार, विष्णु मन्दिर, त्रैलोक्य मन्दिर आदि पुनर्निर्माण सकिएको छ ।
वसन्तपुर क्षेत्रको पुनर्निर्माणका लागि धेरै संघसंस्थाले सहयोग गरेका छन् । पूरातत्त्व विभाग, काठमाडौं महानगरपालिका, प्रदेश सरकार, विदेशी दातृ निकाय, गुठी र उपभोक्ता समितिमार्फत पुनर्निर्माणको काम भएको हो ।
कस्तो थियो ?
-
अर्थ5 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद5 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य5 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
Pingback: युएईमा कोरोना संक्रमितको संख्या १ लाख, ४१ देशमा लाखभन्दा बढी कोरोना संक्रमित - निष्पक्षखबर
Pingback: पोल्याण्डमा कोरोना संक्रमितको संख्या २ लाख - निष्पक्षखबर
Pingback: फ्रान्समा १५ लाख र पोल्याण्डमा ४ लाख पुगे कोरोना संक्रमित - निष्पक्षखबर
Pingback: इण्डोनेसियामा ५ लाख र स्वीट्जरल्याण्डमा ३ लाख पुगे कोरोना संक्रमित - निष्पक्षखबर