शिक्षा / स्वास्थ्य
सुन्दरहरैंचाको वडा नम्बर ४ मा कोरोना संक्रमणबाट १ जनाको मृत्यु, बलिया क्षेत्र सिल गरिने
विराटचोकः मोरङको सुन्दरहरैंचामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वडा नम्बर ४ बलियाखापका ४५ वर्षीय अटो चालक रहेका छन् ।
वडा नम्बर ४ का अध्यक्ष शैलेन्द्र श्रेष्ठका अनुसार उनलाई असोज १० गतेदेखि ज्वरो आएको थियो । नोबेल अस्पतालमा गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । नोबेल अस्पतालमा उपचाररत् उनको आज बिहान २ बजे मृत्यु भएको हो । उनको आजै विराटनगरस्थित सिँगिया खोलामा नेपाली सेनाले अन्त्येष्टी गरेकाे छ । उनी मधुमेहसम्बन्धी दीर्घ राेगी थिए ।
अध्यक्ष श्रेष्ठका अनुसार वडा नम्बर ४ मा १ जनाको मृत्यु भएपछि तथा आज थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएपछि बलिया क्षेत्रमा आज राति १२ बजेदेखि सिल गरिने भएको छ ।
वडा नम्बर ४ का लालीगुराँस, वृद्धगंगा, बलिया, सिर्जनशील र अनुकूल टोल विकास क्षेत्रमा सिल गरिने भएको हो । बुढी खोला र भलुवा खोलाबीचका ५ वटा टोल विकास क्षेत्रमा आवतजावतमा पूर्ण रुपमा निषेध गरी सिल गरिने अध्यक्ष श्रेष्ठले बताए ।
सुन्दरहरैंचाको वडा नम्बर ४ मा ७ जनासहित आज एकै दिन नगरमा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सुन्दरहरैंचामा थपिए १८ जना कोरोना संक्रमित, वडा नम्बर ४ मा मात्रै ७ जना

Facebook Comment
Banner
आज २०८३ साल वैशाख २३ गते बुधबारको राशिफल
आज २०८३ साल वैशाख २३ गते बुधबार । जेठ कृष्ण पक्षको चतुर्थी तिथि। तदनुसार सन् २०२६ मे ६ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।
मेष : दिन राम्रो छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। गुम्न लागेको धन प्राप्त हुनेछ। राजनीतिक क्षेत्रमा ठग सक्रिय भएकाले जोगिएर काम गर्नुपर्नेछ।
वृष : धन प्राप्ति हुने दिन छ। नयाँ लुगा लगाउने मौका मिल्नेछ। आफन्त र साथीको साथ र सहयोग मिल्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
मिथुन : आम्दानीका दृष्टिकोणले दिन राम्रो छ। राजनीतिक क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। स्वास्थ्यमा सुधारका संकेत देखिनाले मन शान्त बन्नेछ। गोप्य कुरा आफूभित्र मात्र राख्नु उचित हुनेछ।
कर्कट : आफ्ना बोलीका कारण बन्न लागेको काम बिग्रिन सक्छ। सोचेर बोल्नु पर्नेछ। अध्ययनमा जोस र जाँगर बढ्नेछ। निजी शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ।
सिंह : मन खुशी हुनेछ। सोचेका काम बन्नेछन्। शत्रु बढ्ने जोखिम छ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा हरेक काममा सफलता मिल्नेछ।
कन्या : राजनीतिक क्षेत्रमा महत्त्वपूर्ण नियुक्तको मौका मिल्नेछ। कृषि सम्बन्धी कारोबारबाट फाइदा हुनेछ। परिवारलाई समय दिन नसक्दा खटपटी बढ्नेछ।
तुला : बौद्धिक क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। महत्त्वपूर्ण काम गर्नु अगाडि सामूहिक निर्णय गर्दा राम्रो हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
विश्चिक : धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नेपर्ने दिन छ। नयाँ खबरले मनमा उत्साह थपिनेछ। आफन्त र परिवारको साथ र सहयोग प्राप्त हुनेछ।
धनु : दिन सामान्य छ। उत्तरको लामो यात्रा नगर्नु उचित हुनेछ। शिक्षामा मन जानेछ। परीक्षा लेखेको भए सफलता मिल्नेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा सम:या आइपर्न सक्छ।
मकर : दिन सामान्य छ। मन अशान्त र खटपटी बढ्ने जोखिम छ। विपक्षी साथीको आवाज चर्को बन्दै जानेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ।
कुम्भ : मनमा खुशी मिल्ने दिन छ। साथीभाइको साथ र सहयोग प्राप्त हुनेछ। धार्मिक कार्यमा सहभागी भएर कामको सुरुवात गरेमा दिन सहज बन्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।
मीन : दिन राम्रो छ। विकासमा गरेको लगानीबाट फाइदा हुनेछ। विपक्षी साथीले तपाईंलाई सहयोग गर्नेछन्। खानपानमा सम:या हुँदा स्वास्थ्यमा सम:या हुनेछ।
Banner
चैत १२ गते अगाडि सार्वजनिक निकायमा नियुक्त पदाधिकारी स्वतः पदमुक्त
गएको चैत १२ गते अगाडि सार्वजनिक निकायमा नियुक्त पदाधिकारीहरु स्वतः पदमुक्त भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अस्ति जारी गर्नुभएको ‘सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था अध्यादेश, २०८३’ को दफा २ को (१) मा यो व्यवस्था छ ।
दफामा सार्वजनिक पदाधिकारीहरुको नियुक्तिमा जुनसुकै शर्त, सुविधा र पदावधि तोकिएको भए पनि यो अध्यादेश प्रारम्भ भएपछि त्यस्ता पदाधिकारीहरु कार्यरत रहेको पदबाट स्वतः पदमुक्त हुने उल्लेख छ । यो अध्यादेश कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले हिजो सार्वजनिक गरेको हो ।
अध्यादेशको दफा २ को उपदफा (२) मा पदमुक्त भएको पदाधिकारीलाई सम्बन्धित मन्त्रालयको सचिव वा निजले अख्तियारी दिएको अधिकारीले पदमुक्त भएको सूचना दिने उल्लेख छ । दफा १ को (२) बमोजिम यो अध्यादेश कार्यान्वयनमा आइसकेको छ ।
प्रचलित कानुनबमोजिम नियुक्त तथा मनोनयन भएका वा तोकिएको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा तत्काल कानुनी व्यवस्था गर्न वाञ्छनीय भएको र हाल सङ्घीय संसद्को अधिवेशन नभएकाले यो अध्यादेश जारी भएको प्रस्तावनामा भनिएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले प्रशासनिक सुदृढीकरण र राज्यका निकायलाई नयाँ गति दिने उद्देश्यले यो कदम चालेको हो । अध्यादेश जारी भएसँगै विभिन्न ऐन र संरचनाअन्तर्गत राजनीतिक नियुक्ति पाएका कुल १ हजार ५९४ पदाधिकारी एकमुष्ट पदमुक्त भएका छन् ।
Banner
विश्व प्रेस स्वतन्त्रता दिवसमा इन्द्रपुर जेसीजद्वारा सञ्चारकर्मी सम्मान
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा इन्द्रपुर जेसीजले सुन्दरहरैंचामा सक्रिय सञ्चारकर्मीहरूलाई सम्मान गर्दै कार्यक्रम आयोजना गरेको छ।
जेसीज सचिवालयमा सम्पन्न कार्यक्रममा वर्ष २०२६ का अध्यक्ष समीर बस्नेत तथा प्रमुख अतिथि, संस्थाका पूर्व अध्यक्ष एवं रेडियो सुसेलीका अध्यक्ष रमेश खड्काले ९ जना सञ्चारकर्मीलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्नुभयो।
सम्मानित हुनेहरूमा कृष्णचन्द्र सुवेदी (पूर्वी अनलाइन), खेमचन्द्र अधिकारी (शिखरबास खबर), गणेश मिश्र (रेडियो सुसेली), निरज खवास (फटाफट न्यूज), मणिराम दाहाल (नेपाल गौरव), राज पोख्रेल (इष्ट खबर), लीलानाथ गच्छदार (जनचर्चा टाइम्स), शिव भट्टराई (भोजपुरे सुन्दरहरैँचा अपडेट) र ज्ञाननाथ ढकाल (निष्पक्ष खबर) रहेका छन्।
पत्रकारितामार्फत सूचना प्रवाह, जनचेतना विस्तार तथा लोकतान्त्रिक मूल्य स्थापनामा योगदान पुर्याएको कदर गर्दै संस्थाले आफ्नो २५औँ वर्षगाँठको सन्दर्भमा सञ्चारकर्मीलाई सम्मान गरेको अध्यक्ष बस्नेतले जानकारी दिनुभयो।
प्रमुख अतिथि खड्काले सत्य, निष्पक्ष र विश्वसनीय समाचार प्रवाहमा सञ्चारकर्मीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै यस्तो पहलको प्रशंसा गर्नुभयो।
कार्यक्रममा सम्मानित सञ्चारकर्मीका तर्फबाट मन्तव्य राख्दै शिखरबास खबरका सम्पादक खेमचन्द्र अधिकारीले वर्तमान सरकार प्रेसमैत्री नभएको आरोप लगाउनुभयो। निजी सञ्चार माध्यमप्रति सरकारी विज्ञापन वितरणमा गरिएको कटौतीले सरकार निरङ्कुशतातर्फ उन्मुख भएको संकेत मिलेको उहाँको भनाइ थियो।
उक्त कार्यक्रममा इन्द्रपुर जेसीज र इन्द्रपुर जुनियर जेसीजका पदाधिकारी तथा सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने














You must be logged in to post a comment Login