Connect with us
Advertisement

मदन भण्डारी स्मृति प्रतिष्ठानले मृतकका परिवारलाई झुटो विवरण दिएको आफन्तको भनाइ

Published

on

उर्लाबारीः मोरङको उर्लावारी–३ मा रहेको मदन भण्डारी स्मृति प्रतिष्ठानले सो प्रतिष्ठानका लेखा तथा प्रशासकीय अधिकृत मुक्तिनाथ दाहालको परिवारलाई झुटो विवरण दिएको आफन्तको भनाइ छ । दाहालले आत्महत्या गरेपछि उत्पन्न भएको विवाद मिलाउने क्रममा झुटो विवरण दिएको पाइएको हो ।

सो प्रतिष्ठान अन्तर्गतको बहुप्राविधिक शिक्षालय दमक–४ ताराबारीमा कार्यरत दाहालले कक्षाकोठामा आत्महत्या गरेपछि उनको परिवारले आत्महत्या रहस्यमय भएको भन्दै शव बुझ्न मानेका थिएनन् । प्रतिष्ठानका प्रबन्धक निर्देशक विनोद अर्यालले दिएको मानसिक तनावका कारण दाहालले आत्महत्या गरेको आरोप परिवारको थियो । अर्याललाई आत्महत्या दुरुत्साहन अभियोगमा कार्वाही गर्नुपर्ने दाहाल परिवारको माग थियो ।

विवाद बढ्दै गएपछि र घटनाको सम्बन्धमा धेरैतिर चासो हुन थालेपछि प्रतिष्ठानले आर्याल पक्राउ परिसकेको र कानुनी कार्वाहीको प्रक्रिया अघि बढाएको भनेर झुटो विवरण दिएर परिवारलाई विवाद नगर्न अनुरोध गरेको थियो । प्रतिष्ठानका सदस्य गंगा बास्तोलाले मंगलबार अर्याललाई मोरङ प्रहरीले विराटनरमा पक्राउ गरेको र दमक ल्याउने तयारी भइरहेको बताएका थिए । नेकपाका मोरङ जिल्ला सचिवालय सदस्य मानबहादुुर श्रेष्ठले पनि अर्याल जिल्ला प्रहरी कार्यालय मोरङको नियन्त्रणमा रहेको बताएका थिए ।

मृतक दाहालको परिवारसँग प्रतिष्ठानले गरेको ९ बुँदे सहमतिमा प्रतिष्ठानका निर्देशक अर्याललाई पक्राउ गरी आवश्य कानुनी कार्वाही गर्ने, मृतकका छोराको शिक्षाको जिम्मा प्रतिष्ठानले लिने, हाल प्रतिष्ठानमै जागिरेको रुपमा रहेकी मृतककी श्रीमतीलाई बढुवा गर्नेलगायतका बुँदा समेटिएका छन् । सो सहमति अक्षरशः पालना गर्ने लिखित सम्झौता भएपछि परिवारले शव बुझेको थियो ।

मृतकको परिवारसँंग गरिएको पहिलो बुँदा नै झुटो प्रमाणित भएको छ । प्रतिष्ठानले परिवारका सदस्यलाई आर्याल मोरङको विराटनरमा पक्राउ परिसकेको जानकारी दिए पनि हालसम्म अर्याल पक्राउ परेका छैनन् । अर्यालले केही दिन अघि मृतक लेखा अधिकृत दाहाललाई खालि चेकमा हस्ताक्षर गर्न लगाएर सो चेक अर्याल आफैँले बोकेपछि दाहाल थप चिन्तित बनेको परिवारको भनाइ छ ।

दाहालप्रति श्रद्धाञ्जली दिन दाहालकै घरमा पुगेका प्रतिष्ठानका अध्यक्ष गुरु बराललाई स्थानीयको आक्रोशित समुहले हातपात प्रयास गरेको थियो । परिवारले शव नउठाउने अडान लिएपछि प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे, नेकपाका केन्द्र, प्रदेश, जिल्ला स्तरका नेताहरुको उपस्थितिमा समस्याको समाधान गर्ने गरी सहमति भएको थियो ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए

Published

on

नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।

निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।

यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।

पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।

१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह

Continue Reading

Banner

चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल

Published

on

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।

खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।

उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।

Continue Reading

Banner

आज सोनाम ल्होसार

Published

on

तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।

मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।

झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।

नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक