Connect with us
Advertisement

पटाकासहित २ जना पक्राउ

Published

on

इटहरीः सुनसरीको इटहरी–५ स्थित राजमार्ग क्षेत्रबाट पटाकासहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको श्रीपुरका १९ वर्षीय आलम मिया र सोही स्थानका २७ वर्षीय समीर मिया रहेका छन् ।

विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई बिहीबार बिहान ९ बजे पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । राजमार्ग किनारमा बोरा तथा कार्टुनमा लुकाइछिपाई राखेर ओसारपसारका लागि सो पटाका तयारी अवस्थामा राखेको बेला उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई नियन्त्रणमा लिएसँगै बोरा तथा कार्टुन खोलेर हेर्दा ६७ बण्डल पटाका फेला पारी बरामद गरिएको प्रहरीको भनाइ छ । यसरी पटाकासहित पक्राउ परेका माथि थप अनुसन्धान तथा कानुनी कारवाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

 

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिल बिरटनगरको प्राबिधिक सहयोग र सुनसरी जिल्लाको बराहाक्षेत्र नगरपालिकाको आयोजनामा महेन्द्र मा. बि., भरौल, वार्ड –३ मा एक दिवसिय निःशुल्क स्वास्थ्य सिविरको आयोजना गरियो ।

Published

on

नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिल बिरटनगरको प्राबिधिक सहयोग र सुनसरी जिल्लाको बराहाक्षेत्र नगरपालिकाको आयोजनामा महेन्द्र मा. बि., भरौल, वार्ड –३ मा एक दिवसिय निःशुल्क स्वास्थ्य सिविरको आयोजना गरियो । सिविरबाट ९०० जना विरामीहरु स्वास्थ्य परीक्षण र उपचार सेवाबाट लाभान्वित भएका थिए ।
वडा नंं ३ का वडा अध्यक्षको सभापतित्व र नगरपालिका प्रमुखको प्रमुख आथित्यता उद्घाटन भएको नि.शुल्क स्वास्थ शिविरमा जेनेरल मेडिसिनमा ८९ जना, छाला रोगमा ३८ जना, स्त्री तथा प्रसुती रोग ८० जना, जनरल सर्जरीमा ६० जना, हाड जोर्नी ५३ जना, नाक कान घाँटीमा ५२ जना, बाल रोगमा १५० जना, दन्त रोगमा ४५ जना, आँखा परीक्षणमा २२७ जनाको परीक्षण गरिएको थियो । सिविरमा ४० जनाको इ .सि. जि., ८० जनाको भिडियो एक्स–रे र ७० जनाको प्रयोगशाला परीक्षण गरिएको थियो ।
Continue Reading

Banner

नोबेलको निःशुल्क आँखा शिविरमा आँखा पाकेका बिरामीको भीड

Published

on

आँखा पाक्ने समस्या बढिरहेका बेला विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले बुधबार मोरङको पथरीशनिश्चरे–४ सिरिसेडाँडामा निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ ।

पथरीशनिश्चरे ४ नं. वडा कार्यालयसँग सहकार्य गरेर एक दिने शिविर आयोजना गरिएको हो ।   शिविरमा २ सय ६० जना बिरामीको निःशुल्क आँखा जाँच गरी औषधि प्रदान गरिएको नोबेल शिक्षण अस्पतालका मार्केटिङ अफिसर नविन दाहालले जानकारी दिए ।

शिविरमा आएका बिरामीहरूलाई नोबेल अस्पतालको आँखा विभागका डाक्टरहरूको टोलीले परीक्षण गरेको थियो ।

सिरिसेडाँडास्थित आधारभूत स्वास्थ्य केन्द्रमा आयोजना गरिएको शिविरमा आँखा पाकेका बिरामीहरू गाउँ–गाउँबाट आएका थिए ।

गाउँमा आँखा पाक्ने रोग फैलिँदै गएकाले रोकथामका लागि शिविर सञ्चालन गरिएको नोबेल शिक्षण अस्पतालले जनाएको छ ।

Continue Reading

Banner

नोबेल र डेजियन युरी अस्पतालबीच मेरुदण्डको उपचारका लागि सम्झौता

Published

on

विराटनगरस्थित नोबेल शिक्षण अस्पताल र दक्षिण कोरियास्थित डेजियन युरी अस्पतालबीच स्वास्थ्योपचारसम्बन्धी सम्झौता भएको छ।

अस्पताल प्रशासन शाखाका अनुसार मेरुदण्डको नसा च्यापिएको, हड्डी खिइएको, नसा जाने भाग साँघुरिएको जस्ता समस्याको उपचार दुर्बिन प्रविधिमार्फत आवश्यक समन्वय र सहकार्य गर्न समन्वय र सम्झौता भएको हो।

यससँगै नोबेलमा बिरामीलाई अत्याधुनिक र सहज उपचार सेवा उपलब्ध गराउन युनिलेट्रल वाइप्रोटल इण्डोस्कोपी स्पाइन सर्जरी हुने शाखाले जनाएको छ। शाखाले मेरुदण्डसम्बन्धी शल्यक्रिया अस्पतालमा दुर्बिनबाट गरिने भएको हो।

अस्पतालका उपनिर्देशक तथा न्युरो विभाग प्रमुख वरिष्ठ न्युरो सर्जन डा. प्रकाश काफ्लेले कोरियास्थित युरी अस्पतालका वरिष्ठ चिकित्सकहरूको साथमा नोबेल अस्पतालका चिकित्सकलाई ‘इण्डोस्कोपी स्पाइन सर्जरी’सम्बन्धी नयाँ प्रविधिको प्रयोगका विषयमा सहजीकरण गर्ने जानकारी दिए।

उपनिर्देशक डा. काफ्लेले यस सम्झौतासँगै नेपालमा रहेका मेरुदण्डबाट समस्यामा रहेका बिरामीका लागि सहजीकरण हुने बताए।

त्यसैगरी, अस्पतालका महानिर्देशक दीपेश राईले सम्झौताअनुसार दुवै अस्पतालका चिकित्सकबीच अनुभव आदानप्रदान गर्ने गरी सम्झौता भएको जानकारी दिए।

कोरियामा रहेका डा. काफ्ले र युरी अस्पतालका अध्यक्ष चिओल वुङ पार्कले सम्झौता गरेको महानिर्देशक राईले जानकारी दिए।

दुर्बिनको माध्यमबाट गरिने मेरुदण्डको शल्यक्रियाका लागि कोरियाको युरी अस्पताल चर्चित छ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक