शिक्षा / स्वास्थ्य
सुन्दरहरैंचामा कोरोनाबाट मृत्यु हुनेको संख्या ४, अस्पताल लाँदालाँदै मृत्यु
विराटचोकः सुन्दरहरैंचाको वडा नम्बर ४ की ६२ वर्षीया कोरोना संक्रमित महिलाको अस्पताल लाँदालाँदै बाटोमै मृत्यु भएको छ ।
उनी होम आइसोलेसनमा रहेकी संक्रमित भएको बताइएको छ । थप विवरण आउन बाँकी छ ।
उनीसहित सुन्दरहरैंचामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ पुगेको छ । हिजो एकै दिन वडा नम्बर ३ का ४३ वर्षीय पुरुष र वडा नम्बर ५ की ५२ वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो । यसअघि वडा नम्बर ४ का पुरुष संक्रमितको अघिल्लो साता मृत्यु भएको थियो ।
Banner
भ्रष्टाचार र आगोले सकियो देश नत जनता भ्रष्टाचारका विरुद्ध एक हुन्छ्न नत सरकार प्रशासन गृहमन्त्री जंगलमा लागेको आगो निभाउने प्रयास गर्छ ।
भ्रष्टाचार र आगोले सकियो देश नत जनता भ्रष्टाचारका विरुद्ध एक हुन्छ्न नत सरकार प्रशासन गृहमन्त्री जंगलमा लागेको आगो निभाउने प्रयास गर्छ ।
Banner
सुन्दरहरैचा ४ बासबारी पानिट्याङ्की टोलले आफ्नो टोललाई नमुना टोल बनाउनका लागि विभिन्न कार्यक्रमको आयोजना गर्दै
मोरङ
सुन्दरहरैचा ४ बासबारी पानिट्याङ्की टोलले आफ्नो टोललाई नमुना टोल बनाउनका लागि विभिन्न कार्यक्रमको आयोजना गर्दै आईरहेको सोहि कार्यक्रम अनुसार आज टोलमा सरसफाइ कार्यक्रमको आयोजना गरिएको थियोे उक्त कार्यक्रममा वडा नं ४ का वडा अध्यक्ष कैलाश बस्नेत को उपस्थिति रहेको थियो । साथै स्थानिय बुद्धिजीवी समाजसेवी र स्थानीय बासिन्दाहरुको उपस्थितिमा टोल सरसफाइ कार्यक्रम गरिएको छ। टोललाई नमुना टोल बनाएर अगाडि बढाउनका लागि नवनिर्वाचित टोल विकास संस्थाकि अध्यक्ष भिमा राई कार्की ज्यूले महत्त्वपूर्ण भुमिका खेल्नुभएको छ। उहाँ भन्नुहुन्छ “स्वास्थ्य रहनु हामी सबैको कर्तव्य हो टोललाई समृद्ध बनाई यस टोलका बालबालिका देखि वृद्ध सम्म कुनै पनि फोहोरजन्य वस्तुको प्रदुषणबाट गुज्रिएर बस्न नपरोस् भनेर हामीले प्रत्येक महिना टोलका हरेक बाटो नहरहरुमा सरसफाइ कार्यक्रम सुरु गर्न थालेको कुरा जानकारी दिनुभएको छ।”
साथै अन्य धेरै कार्यक्रमहरुलाई अगाडि बढाउदै आईरहेको कुरा पनि उहाँले बताउनुभयो ।
Banner
टी–२० विश्वकप क्रिकेट खेल्ने नेपाली टोलीको बिदाइ
टी–२० विश्वकप खेल्ने नेपाली टोलीको बिदाइ गरिएको छ । अमेरिका र वेस्ट इन्डिजमा आउँदो जुनमा हुने टी–२० विश्वकपका लागि नेपाली राष्ट्रिय टोली दुई चरणमा भोलि फ्लोरिडा जाने तालिका छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले हिजो एक कार्यक्रमकाबीच टोलीको बिदाइ गरेको हो ।
बिदाइ कार्यक्रममा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ, क्यानका अध्यक्ष चतुरबहादुर चन्दलगायतको उपस्थिति रहेको थियो । नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेलसहित आसिफ शेख, अनिलकुमार साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुल्सन झा, सोमपाल कामी, प्रतिश जीसी, सन्दीप जोरा, अविनाश बोहरा, सागर ढकाल र कमलसिंह ऐरी रहेका छन् ।
टी–२० विश्वकपमा नेपाल समूह ‘डी’ मा छ । यो समूहमा दक्षिण अफ्रिका, श्रीलङ्का, बङ्गलादेश र नेदरल्यान्ड्स रहेका छन् । वेस्ट इन्डिज भने विश्वकपको समूह ‘सी’ मा छ । नेपाल र वेस्ट इन्डिज ‘ए’ टोलीबीचको पाचौँ तथा अन्तिम टी–२० क्रिकेट आज हुँदैछ ।
वेस्ट इन्डिज ‘ए’ ले यसअघि नै श्रृङ्खला ३–१ ले जितिसकेको छ । आजको अन्तिम खेलपछि नेपाली टोली भोलि फ्लोरिडा जानेछ । नेपालले आईसीसी टी–२० विश्वकपको तयारी स्वरूप वेस्ट इन्डिज ‘ए’ सँग पाँच खेलको श्रृङ्खला खेलेको हो ।
-
अर्थ4 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner2 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद4 years ago
रंगशालाको अवलोकन
-
मुख्य4 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ4 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य4 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य4 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner4 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
Pingback: मृत्युपछि कोरोना संक्रमण पुष्टि, आफन्त भन्छन्, ‘कोभिड अस्पतालअगाडि अलपत्र अवस्थामा छौँ’ - निष्प
Pingback: सुन्दरहरैंचाको तीनपैनीकी कोरोना संक्रमित महिलाको मृत्यु, सुन्दरहरैंचामा मृत्यु हुनेको संख्य