विश्व
दक्षिण अफ्रिकामा कोरोना संक्रमितको संख्या ७ लाख
विराटचोकः दक्षिण अफ्रिकामा कोरोना संक्रमितको संख्या ७ लाख नाघेको छ । गत २४ घण्टामा त्यहाँ २ हजार १९ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या ७ लाखभन्दा माथि पुगेको हो ।
वर्ल्ड ओ मिटर्स डट इन्फोका अनुसार थप ६१ जनाको ज्यान गएसँगै संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १८ हजार ३ सय ७० जना पुगेको छ । ६ लाख २९ हजार २ सय ६० जना निको भएका छन् भने ५२ हजार ५ सय ७३ जना आइसोलेसनमा रहेका छन् ।
विश्वमा ७ लाखभन्दा बढी कोरोना संक्रमित हुने देशको संख्या ११ वटा पुगेको छ ।
Facebook Comment
Banner
भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५० भन्दा बढी घाइते
उत्तरी भारतको एक्सप्रेसवेमा मंगलबार बाक्लो कुहिरोको बीचमा सातवटा बसहरू एकअर्कासँग ठोक्किएर आगलागी हुँदा कम्तिमा चार जनाको मृत्यु हुनुका साथै ५० जना भन्दा बढी घाइते भएको स्थानीय प्रहरीलाई उदृत गर्दै सिन्ह्वाले जनाएको छ । प्रहरीले मथुरा जिल्लाको दिल्ली–आगरा एक्सप्रेसवेमा बसहरूको ठक्करको कारणले उनीहरूको ज्यान गएको जनाउदै घटनाको पुष्टि गरेको छ । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।सामाजिक सञ्जालमा राखिएको भिडियो फुटेजमो गाडीबाट ठुलो आगो निस्किएको देखाइएको छ । घाइतेहरू मध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्ने सम्भावना रहेको बताइएको छ ।
Banner
गोवास्थित नाइटक्लब आगलागीमा चारजना नेपालीको मृत्यु
भारत, गोवामा रहेको ‘बिर्च बाई रोमियो लेन’ नामक नाइटक्लबमा आइतबार राति भएको आगलागीमा चार नेपाली नागरिकको मृत्यु भएको छ। घटनामा ज्यान गुमाउनेहरूमा चन्द्रबहादुर पुन, विवेक कटवाल, सबिन र सुदीप रहेको गोवाका अधिकारीहरूले भारतीय सञ्चारमाध्यम हिन्दूस्तान टाइम्सलाई बताएका छन्।
प्रारम्भिक जानकारीअनुसार, आगलागी ग्यास सिलिन्डर विस्फोटका कारण भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ। उक्त क्लवमा कर्मचारी र पर्यटक गरी कुल २५ जनाको ज्यान गएको छ।
पक्राउमा क्लबका प्रमुख महाप्रबन्धक राजीव मोडक, महाप्रबन्धक विवेक सिंह, बार म्यानेजर राजीव सिंघानिया र गेट म्यानेजर रियांशु ठाकुर परेका छन्। साथै क्लबका मालिक र कार्यक्रम आयोजकहरूकै विरुद्ध एफआईआर पनि दर्ता गरिएको छ।
Banner
गोवास्थित नाइटक्लबमा भीषण आगलागी, २३ जनाको मृत्यु
भारतको गोवामा रहेको एक नाइटक्लबमा गएराति भएको भीषण आगलागीमा कम्तीमा २३ जनाको ज्यान गएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार ग्यास सिलिन्डर विस्फोटका कारण आगलागी भएको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ।
मृतकमध्ये धेरैजसो नाइटक्लबका कर्मचारी रहेका छन् भने केही पर्यटक पनि परेका छन्। आगलागी उत्तरी गोवाको अर्पोरा क्षेत्रमा रहेको क्लबमा भएको बताइएको छ।
गोवाका मुख्यमन्त्री प्रमोद सावन्तका अनुसार मृतकमध्ये धेरैजना क्लबको भान्छामा काम गर्ने कर्मचारी रहेका छन्। घटनापछि स्थानीय प्रहरीले विस्तृत अनुसन्धान सुरु गरेको छ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login