खेलकुद
अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो महोत्सवमा एनटीएलाई ४ स्वर्ण र ३ रजत
काठमाडौंः नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) का खेलाडीले २०२० वल्र्ड भर्चुअल तेक्वान्दो महोत्सवमा ४ स्वर्ण र ३ रजत गरी ७ पदक जितेका छन् ।
भिजन तामाङले पुरुष १२ वर्ष समूहमा स्वर्ण जिते । एनले ६ दशमलव ७६ अंक जोडे । यो स्पर्धामा एनटीएबाट २ खेलाडीले सहभागिता जनाएका थिए । भिजनसँगै समान ६ दशमलव ७६ अंक जोडे पनि महेश आङथुप्पोले दोस्रो स्थानमा चित्त बुझाए । प्रस्तुतिका आधारमा महेश पछि परेका हुन् । प्रस्तुतिमा भिजनले ३ दशमलव ८३ तथा महेशले ३ दशमलव ८० अंक जोडेमा थिए ।
युएस वर्ल्ड क्लास तेक्वान्दो एसोसिएसनद्वारा आयोजित प्रतियोगिताको पुरुष १५ वर्ष मुनिको समूहमा विवेक श्रेष्ठले पहिलो स्थान हात पारे । एनले ६ दशमलव ३० अंक ल्याए । सोही स्पर्धाको महिला प्रतियोगितामा ६ दशमलव ६३ अंकका साथ मेलिना राईले शीर्ष स्थान हात पारिन् । ६ दशमलव ३६ अंकका साथ प्रगति कुइँकेल दोस्रो भइन् ।
पुरुष १४ वर्ष समूहमा ६ दशमलव ०६ अंक जोड्दै प्रजुन कुइँकेल पहिलो भए । पुरुष १२–१४ वर्षमा आयुस ढुंगेल दोस्रो भए । उनले ५ दशमलव ९३ अंक ल्याए ।
एनटीएबाट ९ खेलाडी सहभागी भएकोमा ७ जनाले पदक जिते भने बाँकी २ पदकविहीन रहे । सबै खेलाडीले पुम्सेको जुनियरतर्फ प्रतिष्पर्धा गरेका थिए । आयुष बोहरा र प्रसन्न पुडासैनी दुवैले यु–१७ उमेरसमूहमा प्रतिष्पर्धा गरेका थिए । ६ दशमलव २६ अंकमा प्रसन्न पाँचौं तथा ५ दशमलव ९० अंकमा आयुष छैटौं भए ।
प्रतियोगितामा एनटीएका अध्यक्षसमेत रहेका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले निर्णायकको भूमिका निर्वाह गरेका थिए । अक्टोबर १७ र १८ तारिखमा भएको प्रतियोगितामा एशियाली महादेशबाटै निर्णायकको भूमिका निर्वाह गर्ने खड्का एक्लो निर्णायक भएको बताइएको छ ।
प्रतियोगितामा सहभागी एनटीएका सबै खेलाडीको दर्ता शुल्क पान अमेरिकन तेक्वान्दो युनियनका महासचिव रिक्की सिनले प्रायोजन गरेका थिए । प्रतियोगितामा सहभागी हुन एक खेलाडीको दर्ता शुल्क १ सय अमेरिकन डलर राखिएको थियो ।
Facebook Comment
Banner
बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध
अविरल बर्षापछि आएको पहिरो र लेदोले काभ्रेपलाञ्चोक खण्डको विभिन्न स्थानमा बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ ।
इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक निकिता कुमारी मिश्राका अनुसार बीपी राजमार्गको नमोबुद्ध–६ को चौकीडाँडा, रोशी–७ को चारसयवेशी, रोशी–८ को गिम्दीवेशी र रोशी ११ माम्तीमा पहिरो खसेकाले बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको हो ।
उनका अनुसार वर्षा भइरहेकाले पहिरो हटाउन समय लाग्ने छ । त्यसैले यात्रुहरूलाई सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ ।
त्यस्तै काभ्रेपलाञ्चोकको पनौती हुँदै बग्ने रोशी खोलामा पनौती जलमापन केन्द्रको जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले तल्लो तटीय तथा डुबान भइरहने क्षेत्रहरुमा सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको छ ।प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार बाढी पूर्वानुमान महाशाखाबाट प्राप्त सूचना अनुसार पनौतीमा रोशी खोलाले सतर्कता तह पार गरेको हो ।
Banner
नेप्से उकालो लाग्दा उत्पादन समूहमा लगानीकर्ताको आकर्षण
बिहीबार अर्थात साताको अन्तिम कारोबार दिन बजार बढेर बन्द भएको छ। यसदिन बजार ११.७७ अंकले बढेर बन्द भएको हो।
बिहीबार नेप्से परिसूचक ११.७७ अंक बढेर २६२९.८१ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.५५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.७९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५५ अंक बढेको छ।
यस दिन सूचक बढेतापनि कारोबार रकम भने घटेको छ। आजको बजारमा २७८ कम्पनीको एक करोड ७२ लाख ७० हजार ४४९ कित्ता शेयर पाँच अर्ब ४४ करोड ७३ लाख रुपैयाँ बराबरमा खरिदबिक्री भएको हो। अघिल्लो कारोबार दिन अर्थात बुधबार ६ अर्ब ३५ करोड ६६ लाख ११ हजार रुपैयाँबराबरको शेयर खरिद बिक्री भएको थियो।
बिहीबारको बजारमा नेपाल ल्यूब आयलको शेयर मूल्य सर्वाधिक बढेर कारोबार भएको छ। यसदिन नेपाल ल्यूब आयलको शेयर मूल्य १२.४७ प्रतिशतले बढेर कारोबार भएको छ। त्यसैगरी सोनापुर मिनरल्स, कुमारी सवल योजना र घोराही सिमेन्ट्को शेयर मूल्य ७ प्रतिशत भन्दा बढीले बढेर कारोबार भएको हो। त्यस्तै, आजको बजारमा मिड सोलु हाईड्रोपावर कम्पनीको शेयर मूल्य सर्वाधिक घटेर कारोबार भएको हो। यस कम्पनीको शेयर ११.५८ प्र्रतिशतले घटेरका शेयर खरिदबिक्री भएको छ।
कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३५ करोड ८१ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन हिमालयन डिष्टिलरीको ३५ कारोड १६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।
यस दिन १३ वटा उपसमूह कारोबारमा आएका छन् । जसमध्येमा १२ उप परिसूचक बढेको छ भने निर्जीवन बीमा उपमूहको सूचक घटेको हो । बिहीबारको बजारमा उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.८३ प्रतिशतले बढेर कारोबार भएको हो। जीवन बीमा, बैकिङ, विकास बैंक, फाइनान्स, जलविद्युत, लगानी, लघुवित्त, अन्य र व्यापार उपसमूहको परिसूचक बढेर बन्द भएको छ।
Banner
अमेरिकाले तीन करोड १० लाख डलर प्रदान गर्ने
अमेरिकाले नेपाललाई तीन करोड १० लाख डलर प्रदान गर्ने भएको छ ।
संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालसँग राजनीतिक मामिलासम्बन्धी अमेरिकी उपविदेशमन्त्री एलिसन हुकरतले बुधबार भएको भेटमा उक्त जानकारी दिएका हुन् ।
उपविदेशमन्त्री हुकरतले बाढीपछिको पुनर्निर्माणका निम्ति एक करोड डलर प्रदान गर्ने योजना रहेको बताए । उनले बाढीबाट प्रभावित समुदायका लागि खानेपानी र सरसफाइका साथै आवास र जीविकोपार्जनका लागि ८० लाख डलर प्रदान गर्ने घोषणा गरे ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र















You must be logged in to post a comment Login