विचार
चाडपर्वले मानसिक स्वास्थ्य सबल बनाउँछ
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको असर शारीरिक तथा मानसिक स्वास्थ्यमा मात्र होइन आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिक, चाडपर्व, रहनसहनलगायतका प्राय सबै क्षेत्रमा परेको छ ।
कोरोना संक्रमणका कारण यस वर्ष दशैंलाई खुलेर हर्षोल्लासका साथ मनाउने अवस्था छैन ।
तर जस्तोसुकै विषम अवस्थामा पनि हामीले हाम्रो धर्म, संस्कृति र परम्परा भुल्नु हुँदैन । यसको संरक्षणमा जोड दिनुपर्छ । यस वर्ष भने कोरोनाको संक्रमणलाई ध्यान दिँदै भौतिक दूरी कायम गरेर सुरक्षाका उपायहरु अपनाउँदै जोजो जहाँ छन् त्यहीँबाट दशैं मनाउनु नै उत्तम हुन्छ ।
दशंैको सबैभन्दा महत्त्वपूर्ण पक्ष आशीर्वाद लिने दिने र शुभकामनाको आदानप्रदान गर्ने कार्य भएकाले भौतिक रुपमा भेटघाट हुन नसके पनि वैकल्पिक रुपमा फोन वा सामाजिक सञ्जालको प्रयोग गर्न सकिन्छ ।
चाडपर्वको धार्मिक मात्र होइन, सामाजिक, सांस्कृतिक र मनोवैज्ञानिक रूपमा समेत ठूलो महत्व हुन्छ । दशैं, तिहारजस्ता महत्वका चाडपर्वहरुलाई कुनै जात, जाति र धर्म सम्प्रदायसँग मात्र सीमित नबनाई परम्परा र संस्कृतिका रूपमा विकसित गर्नुपर्दछ । यस्ता राष्ट्रिय चाडपर्वहरूले नेपालीहरुमा राष्ट्रिय एकता, शान्ति र सद्भाव कायम राख्न मद्दत गरिरहेको हुन्छ । साथै नेपाली हुनुको गौरव र पहिचान गराउँछ ।
किंवदन्तीअनुसार पनि दशैं असत्यमाथि सत्यको जीतको उत्सवका रुपमा मनाइन्छ । विजयको उत्सवले आत्मबल, आत्मविश्वास, जोश, जाँगर, हौसला बढाउने तथा नैराश्यतालाई हटाउने गर्छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार स्वास्थ्य भनेको शारीरिक, मानसिक, सामाजिक र आध्यात्मिक चारै तबरबाट स्वस्थ हुनु हो । दशैंजस्ता चाडपर्वहरुले मानिसलाई यी चारै किसिमबाट स्वस्थ रहनका लागि मद्दत पुर्याइरहेका हुन्छन् ।
दशैं यस्तो मौसममा पर्छ जुनबेला खेती किसानी गर्ने व्यक्तिलाई कामको कुनै बोझ हुँदैन । कामको चपेटाबाट मुक्त भएर आराम गर्ने अवसर पनि हो दशैं । चाडपर्वमा प्रायः सबैले सधंैको भन्दा फरक मीठो, मसिनो र पोसिलो खानेकुरा खाने गर्दछन् । दशैंमा विशेष रूपमा खाइने दही, चिउरा, घिउ, फलफूल, मिठाई, माछामासुजस्ता खानेकुराले शरीरमा शक्ति प्रदान गर्छ जसले शारीरिक रूपमा स्वस्थ रहन मद्दत पुर्याउँछ । दशैंमा पिङ खेल्दा शारीरिक व्यायाम हुनुका साथै खाएको गरिष्ठ भोजन पचाउन मद्दत गर्छ । पिङ खेल्दा मनोरञ्जन पनि भइरहेको हुन्छ ।
दशैंको बेला ठूलाले सानालाई टीका लगाएर दिइने आशीर्वाद र एकअर्कामा गरिने शुभकामनाको आदानप्रदानले व्यक्तिमा जोश, जाँगर र हौसला बढाउँछ । निराश मनमा पनि आत्मबलको सञ्चार हुन थाल्छ । आफन्त र साथीभाइसँगको भेटघाटले निराशा र एक्लोपन हटाउँछ । व्यक्तिलाई सही मार्गमा हिँड्ने प्रेरणा मिल्छ र सकरात्मक सोचको विकास हुन्छ । यसले व्यक्तिको मानसिक स्वास्थ्य प्रबद्र्धनमा मद्दत गर्दछ ।
कोरोनाले धेरैलाई निराश बनाएको अहिलेको अवस्थामा आत्मबल, प्रेरणा र सकारात्मक सोचको सञ्चार हुनु अति आवश्यक छ ।
दशैंको रमझमले खुशीयाली र उमङ्ग लिएर आउँछ । अझ केटाकेटीहरू त दशैं कहिले आउला भनेर दुई चार महिना अगाडिदेखि नै औँला भाँच्न थाल्छन् । दशैंको अवसरमा आफन्त तथा साथीभाइहरूसँग गरिने भेटघाट र शुभकामनाको आदन–प्रदानबाट आत्मीयता, माया, प्रेम, सद्भाव, भाइचारा, मेलमिलाप र निकटता कायम राख्न मद्दत गर्दछ । यसले मानिसलाई सामाजिक रूपमा स्वस्थ बनाउँछ । घर छोडेर विदेशिएका वा टाढा परदेश गएका परिवारका सदस्यहरूलाई एकै ठाउँमा ल्याउने चाड हो दशैं । विदेशिएका धेरै नेपालीहरू दशैंको अवसरमा स्वदेश फर्किने समय कुरेर बसेका हुन्छन् । तर भलै यो पटक भने धेरै नेपालीहरु दशैंमा पनि घर फर्कन पाएनन् ।
नातिनातिनादेखि हजुरबुबा, हजुरआमा एकै ठाउँमा भेला भएर हर्षोल्लासका साथ मनाइने दशैंले बढ्दै गएको पुस्तान्तरलाई कम गर्न र सम्बन्धलाई अझ प्रगाढ बनाउन मद्दत गर्दछ ।
दशैंको बेला विभिन्न शक्तिपीठहरूमा गएर गरिने पूजापाठले व्यक्तिलाई आध्यात्मिक बनाउन मद्दत गर्दछ । आत्मिक शक्ति प्रदान गर्दछ । आत्मिक शक्तिले व्यक्तिलाई मानसिक रूपमा पनि सबल बनाउँछ । आध्यात्मिक स्वास्थ्यले व्यक्तिलाई अनुशासित, नैतिकवान र कर्तव्यनिष्ठ बनाउँछ ।
मानसिक स्वास्थ्यका लागि चाडपर्वले थेरापीकै काम गरिरहेको हुन्छ । चाडपपर्वको मनोवैज्ञानिक पक्षलाई बुझी यसलाई धर्मको रुपमा नहेरी चाडपर्वको रूपमा स्वीकार गर्ने र मनाउने हो भने धेरै राम्रो हुन्छ ।
दशैं नेपालीहरूको मौलिक पर्व पनि हो । नेपालमा मगर, गुरुङ, राई, लिम्बू, थारु, नेवार, क्षेत्री, बाहुन आदि जातिमा जस्तो चामलको टीका र जमरा लगाउने चलन संसारमा अन्यत्र पाइँदैन । दशंैमा चामलको टीका लगाएर अन्नको नाश भयो भन्ने गरेको पनि सुनिन्छ । तर चामलको टीका लगाउनु अन्नको सम्मान गर्नु हो । यसको महत्वलाई बुुझ्नु हो । यसले नेपाल कृषिप्रधान देश हो भन्ने कुरा पनि झल्किन्छ ।
दशैंमा लगाइने रातो रङमिश्रित चामलको टीकाले मानिसमा ऊर्जा, जोश, जाँगर, उत्साह, साहस बढाउँछ । रातो रङ शक्ति, उत्साह, सौभाग्य र विजयको प्रतीक हो ।
दशैंमा टीकासँगै जमरा लगाउनुको पनि अर्थ छ । जमराको जुसलाई अमृतरस भनिन्छ । जमराको जुस दैनिक सेवनले धेरै किसिमका रोगहरू लाग्नबाट हामीलाई बचाउँछ र दीर्घ जीवन दिन्छ । दशैंमा जमरा लगाउनुको अर्थ जमराको औषधीय गुण र महत्वलाई झल्काउने प्रतीकको रूपमा लिनु पर्छ । दशैंमा टीका लगाएर दक्षिणा दिनु पनि आफैँमा नराम्रो होइन । चाडपर्वको बेला किनमेल गर्दा पैसा खर्च हुने, ऋणसमेत लाग्न सक्ने हुँदा सक्नेले गच्छेअनुसार टीका लगाएर पैसा दिँदा यसले थोरबहुत ऋणबाट मुक्त हुन र आर्थिक अवस्था सुधार गर्न मद्दत गर्दछ ।
यस वर्ष त कोरोनाको कारण अर्थतन्त्र नै तहसनहस भएको छ । धेरैको आर्थिक अवस्था कमजोर भएको छ ।
‘घाँटी हेरी हाड निल्नुपर्दछ’ भन्ने मान्यताअनुरुप आफ्नो गच्छेअनुसार बिना तडकभडक चाडपर्व मनाउनुपर्छ ।
‘दशैँ आयो, खाउँलापिउँला, के खाउँला, चोरी ल्याउँला’ अर्थात् जसरी पनि मिठोमसिना खानैपर्छ, जसरी पनि राम्रो लगाउनैपर्छ भन्ने सोचले दशैंलाई बोझिलो र तनावपूर्ण बनाउनु हँुदैन । चाडपर्वलाई फजुल खर्च गर्ने बाहनाको रूपमा होइन, आफूलाई उत्साहित गर्ने, आपसी सम्बन्ध प्रगाढ बनाउने, माया प्रेम र सद्भाव बढाउने अवसरको रूपमा लिनुपर्दछ । साथै चाडपर्वको बेला जुवातास खेल्ने, होहल्ला गर्ने, रक्सी खाने, झैझगडा गर्नेजस्ता नकारात्मक पाटोलाई हटाउनु पर्छ ।
दशैँको बेला देवीदेवताको नाममा चढाइने बली भने एक किसिमको अन्धविश्वास नै हो । प्राणी हत्या महापाप हो । तर पेटको लागि मानिसहरु जस्तोसुकै पाप गर्न र बाहना बनाउन पछि पर्दैनन् । मान्छेले आफ्नो पापलाई छल्न देवीदेवतालाई बली चढाएको प्रसाद भन्दै खाने निहुँ र बाहनाबाहेक अरु केही होइन बली प्रथा । यदि सबै प्राणी देवीदेवताको सृष्टि हुन् भने आफैँले सृष्टि गरेको आफ्नै सन्तानलाई आफ्नै आमाले भोग कहिल्यै माग्दिनन् । बली प्रथाले स्वयम् व्यक्तिलाई हिंस्रक, मानसिक रूपमा कमजोर, चिडचिडाहट, अस्थिर र रिसाहा बनाउने गर्दछ ।
शाकाहारी व्यक्तिहरूलाई दशैंको बेला हुने मारकाटले अत्यन्तै धेरै तनाव पुर्याउँछ । खसीबोकाको क्रन्दन, रगत र काटमारको दृश्यले उनीहरूलाई दुःखी र मानसिक रूपमा अस्थिर बनाउने गर्दछ । वास्तवमा बली चढाउनु भनेको आफ्ना कमीकमजोरी, खराब आचरण, आसुरी र दुर्बल पक्षहरू, पाशविक मनोवृत्ति, काम, क्रोध, लोभ र मोहजस्ता कुरा छोड्ने संकल्प देवीदेवताका सामु राख्नु हो । आफ्नो गलत कार्यको प्रायश्चित गर्नु हो ।
दशंैमा विशेष गरी शक्तिपीठहरूमा दुर्गा भवानीको पूजा गरिन्छ । दुर्गा माता अर्थात् महिला वा स्त्रीलाई शक्तिको रूपमा पूजा गर्नु, शक्तिको प्रतीकको रूपमा लिनु हाम्रोजस्तो पुरुषप्रधान समाजका लागि अर्थपूर्ण र महत्वपूर्ण रहेको छ ।
(लेखकः ढकाल मार्क नेपाल मनोसेवा केन्द्रमा कार्यरत छन् ।)
Facebook Comment
Banner
जापानविरुद्ध सन्दीप जोराको अर्धशतक, नेपाल बलियो स्थितिमा
एसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानविरुद्ध नेपालका सन्दीप जोराले अर्धशतक बनाएका छन् । वर्षाका कारण १५ ओभरमा छोट्याएको खेलमा तेस्रोक्रममा ब्याटिङ गरेका सन्दीपले २८ बलमा अर्धतक बनाएका हुन् ।
सन्दीपले २५ बलमा पाँच चौका र तीन छक्काको मद्तमा ५३ रन जोड्दै अर्धशतक पूरा गरेका हुन् । जापानले टस जितेर फिल्ड रोजेपछि नेपालले सुरुमा ब्याटिङ गरेको हो । १२ ओभरको समाप्तिमा नेपालले चार विकेटको क्षतिमा १०५ रन बनाएको छ ।
जापानविरुद्ध नेपालका लागि ओपनर आशिफ शेखले १५ बलमा २१ रन बनाउँदा कुशल भुर्तेल १२ बल खेलेर चार रन बनाउँदै आउट भए । कुशल मल्ल र गुल्सन झा दुईदुई रनमा आउट हुँदा पाँचौक्रममा आएका लोकेश बलमा आक्रामक ब्याटिङ गरे ।
Banner
बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध
अविरल बर्षापछि आएको पहिरो र लेदोले काभ्रेपलाञ्चोक खण्डको विभिन्न स्थानमा बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ ।
इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक निकिता कुमारी मिश्राका अनुसार बीपी राजमार्गको नमोबुद्ध–६ को चौकीडाँडा, रोशी–७ को चारसयवेशी, रोशी–८ को गिम्दीवेशी र रोशी ११ माम्तीमा पहिरो खसेकाले बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको हो ।
उनका अनुसार वर्षा भइरहेकाले पहिरो हटाउन समय लाग्ने छ । त्यसैले यात्रुहरूलाई सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ ।
त्यस्तै काभ्रेपलाञ्चोकको पनौती हुँदै बग्ने रोशी खोलामा पनौती जलमापन केन्द्रको जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले तल्लो तटीय तथा डुबान भइरहने क्षेत्रहरुमा सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको छ ।प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार बाढी पूर्वानुमान महाशाखाबाट प्राप्त सूचना अनुसार पनौतीमा रोशी खोलाले सतर्कता तह पार गरेको हो ।
Banner
नेप्से उकालो लाग्दा उत्पादन समूहमा लगानीकर्ताको आकर्षण
बिहीबार अर्थात साताको अन्तिम कारोबार दिन बजार बढेर बन्द भएको छ। यसदिन बजार ११.७७ अंकले बढेर बन्द भएको हो।
बिहीबार नेप्से परिसूचक ११.७७ अंक बढेर २६२९.८१ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.५५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.७९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५५ अंक बढेको छ।
यस दिन सूचक बढेतापनि कारोबार रकम भने घटेको छ। आजको बजारमा २७८ कम्पनीको एक करोड ७२ लाख ७० हजार ४४९ कित्ता शेयर पाँच अर्ब ४४ करोड ७३ लाख रुपैयाँ बराबरमा खरिदबिक्री भएको हो। अघिल्लो कारोबार दिन अर्थात बुधबार ६ अर्ब ३५ करोड ६६ लाख ११ हजार रुपैयाँबराबरको शेयर खरिद बिक्री भएको थियो।
बिहीबारको बजारमा नेपाल ल्यूब आयलको शेयर मूल्य सर्वाधिक बढेर कारोबार भएको छ। यसदिन नेपाल ल्यूब आयलको शेयर मूल्य १२.४७ प्रतिशतले बढेर कारोबार भएको छ। त्यसैगरी सोनापुर मिनरल्स, कुमारी सवल योजना र घोराही सिमेन्ट्को शेयर मूल्य ७ प्रतिशत भन्दा बढीले बढेर कारोबार भएको हो। त्यस्तै, आजको बजारमा मिड सोलु हाईड्रोपावर कम्पनीको शेयर मूल्य सर्वाधिक घटेर कारोबार भएको हो। यस कम्पनीको शेयर ११.५८ प्र्रतिशतले घटेरका शेयर खरिदबिक्री भएको छ।
कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३५ करोड ८१ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन हिमालयन डिष्टिलरीको ३५ कारोड १६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।
यस दिन १३ वटा उपसमूह कारोबारमा आएका छन् । जसमध्येमा १२ उप परिसूचक बढेको छ भने निर्जीवन बीमा उपमूहको सूचक घटेको हो । बिहीबारको बजारमा उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.८३ प्रतिशतले बढेर कारोबार भएको हो। जीवन बीमा, बैकिङ, विकास बैंक, फाइनान्स, जलविद्युत, लगानी, लघुवित्त, अन्य र व्यापार उपसमूहको परिसूचक बढेर बन्द भएको छ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र















You must be logged in to post a comment Login