विश्व
एकै दिन थपिए ५ लाख ४५ हजार कोरोना संक्रमित, सबैभन्दा धेरै अमेरिकामा ९१ हजार
विराटचोकः पछिल्लो २४ घण्टामा ५ लाख ४५ हजार ४ सय ९९ जना कोरोना संक्रमित थपिएका छन् । यो विश्वमा एकै दिन थपिएको कोरोना संक्रमितको हालसम्मको धेरै संख्या हो । सबैभन्दा धेरै अमेरिकामा ९१ हजार ५ सय ३० जना संक्रमित थपिएका छन् । अमेरिकामा संक्रमितको संख्या ९२ लाख १२ हजारभन्दा बढी पुगेको छ ।
वर्ल्ड ओ मिटर्स डट इन्फोका अनुसार भारतमा ४९ हजार २ सय ८१, फ्रान्समा ४७ हजार ६ सय ३७, इटलीमा २६ हजार ८ सय ३१, ब्राजिलमा २६ हजार ६ सय ४७, स्पेनमा २३ हजार ५ सय ८०, बेलायतमा २३ हजार ६५, बेल्जियममा २१ हजार ४८ र पोल्याण्डमा २० हजार १ सय ५६ जना संक्रमित थपिएका छन् । अन्य देशमा २० हजारभन्दा कम संक्रमित थपिएका छन् ।
विश्वमा कोरोना संक्रमण निको हुनेको संख्या ३ करोड २९ लाख ८५ हजार पुगेको छ । गत २४ घण्टामा २ लाख ६५ हजार ५ सय जना कोरोना संक्रमित निको हुँदा सबैभन्दा धेरै भारतमा ५६ हजार ९ सय ४७ जना र अमेरिकामा ५० हजार १ सय ३३ जना निको भएका छन् ।
एकै दिन ५ लाखभन्दा बढीमा कोरोना संक्रमण, भारतमा संक्रमितको संख्या ८० लाख
विश्वमा एकै दिन हालसम्मकै धेरै ४ लाख मानिसमा कोरोना संक्रमण पुष्टि
कोरोना संक्रमणको दर बढ्दै, विश्वमा एकै दिन थपिए साढे ३ लाखभन्दा बढी संक्रमित
विश्वमा कोरोना संक्रमणको दर बढ्दै, एकै दिन थपिए ३ लाखभन्दा बढी संक्रमित
इटलीमा ६ लाख तथा पोल्याण्ड र चेकमा ३ लाखभन्दा बढी कोरोना संक्रमित
Banner
७२ सालको भूकम्पको स्मृतिमा बारपाकमा आज सार्वजनिक बिदा
गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ‘गोरखा भूकम्प’ स्मृति दिवसका अवसरमा आज बारपाक सुलिकोट गाउँपालिकामा सार्वजनिक बिदा दिइएको छ ।
२०७२ वैशाख १२ गते गएको ७.८ रेक्टरस्केलको विनाशकारी भूकम्पमा परी ज्यान गुमाएकाहरूको स्मृतिमा सार्वजनिक बिदा दिइएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए । मंगलबार बसेको गाउँकार्यपालिको बैठकको निर्णयअनुसार पालिकाभित्र सार्वजनिक बिदा दिइएको उनले बताए ।
त्यसमध्ये बारपाकमा मात्रै ७२ जनाले ज्यान गुमाएका थिए । भूकम्पमा २२ हजार ३०९ जना घाइते भएका थिए । भूकम्पले गोरखासहित १४ जिल्ला अतिप्रभावित र ३१ जिल्लामा क्षति पुर्याएको थियो ।
Banner
कतारका राजाले गरे नेपाली श्रमिकको प्रशंसा
नेपाल भ्रमणमा रहेका कतारका राजा शेख तमिम बिन हमाद अल थानीले कतारको विकासमा नेपाली श्रमिकको भूमिका उच्च रहेको भन्दै प्रशंसा गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बुधबार भएको द्विपक्षीय भेटवार्तामा कतारका अमिर थानीले नेपालको प्रशंसा गर्दै आगामी दिनमा थप रोजगारी उपलब्ध गराउने प्रतिबद्धता समेत जनाएका थिए । साथै उनले नेपालका श्रमिकको सिप अभिवृद्धि गर्न पनि सहयोग गर्ने प्रतिवद्धता जनाएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।
‘नेपालको तर्फबाट नेपालमा लगानीका लागि अनुकुल परिस्थिति बन्दै गएको छ र त्यो सामर्थ्य कतारसँग भएकाले आमन्त्रण गर्न चाहन्छौं,’ उनले भने ।
Banner
नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको निःशुल्क मुटु परीक्षण अभियान
-
अर्थ4 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner2 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद4 years ago
रंगशालाको अवलोकन
-
मुख्य4 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ4 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य4 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य4 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner4 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
Pingback: अमेरिकामा एकै दिन १ लाख १ हजारभन्दा धेरैमा कोरोना संक्रमण - निष्पक्षखबर