Connect with us
Advertisement

एकै दिन थपिए ५ लाख ४५ हजार कोरोना संक्रमित, सबैभन्दा धेरै अमेरिकामा ९१ हजार

Published

on

विराटचोकः पछिल्लो २४ घण्टामा ५ लाख ४५ हजार ४ सय ९९ जना कोरोना संक्रमित थपिएका छन् । यो विश्वमा एकै दिन थपिएको कोरोना संक्रमितको हालसम्मको धेरै संख्या हो । सबैभन्दा धेरै अमेरिकामा ९१ हजार ५ सय ३० जना संक्रमित थपिएका छन् । अमेरिकामा संक्रमितको संख्या ९२ लाख १२ हजारभन्दा बढी पुगेको छ ।

वर्ल्ड ओ मिटर्स डट इन्फोका अनुसार भारतमा ४९ हजार २ सय ८१, फ्रान्समा ४७ हजार ६ सय ३७, इटलीमा २६ हजार ८ सय ३१, ब्राजिलमा २६ हजार ६ सय ४७, स्पेनमा २३ हजार ५ सय ८०, बेलायतमा २३ हजार ६५, बेल्जियममा २१ हजार ४८ र पोल्याण्डमा २० हजार १ सय ५६ जना संक्रमित थपिएका छन् । अन्य देशमा २० हजारभन्दा कम संक्रमित थपिएका छन् ।

विश्वमा कोरोना संक्रमण निको हुनेको संख्या ३ करोड २९ लाख ८५ हजार पुगेको छ । गत २४ घण्टामा २ लाख ६५ हजार ५ सय जना कोरोना संक्रमित निको हुँदा सबैभन्दा धेरै भारतमा ५६ हजार ९ सय ४७ जना र अमेरिकामा ५० हजार १ सय ३३ जना निको भएका छन् ।

एकै दिन ५ लाखभन्दा बढीमा कोरोना संक्रमण, भारतमा संक्रमितको संख्या ८० लाख

विश्वमा एकै दिन हालसम्मकै धेरै ४ लाख मानिसमा कोरोना संक्रमण पुष्टि

कोरोना संक्रमणको दर बढ्दै, विश्वमा एकै दिन थपिए साढे ३ लाखभन्दा बढी संक्रमित

विश्वमा कोरोना संक्रमणको दर बढ्दै, एकै दिन थपिए ३ लाखभन्दा बढी संक्रमित

इटलीमा ६ लाख तथा पोल्याण्ड र चेकमा ३ लाखभन्दा बढी कोरोना संक्रमित

 

Continue Reading

Facebook Comment

1 Comment

Banner

राष्ट्रपति कार्यालय पुग्यो अर्को अध्यादेश

Published

on

सरकारले सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन संशोधन गर्नका लागि अध्यादेश जारी गर्न राष्ट्रपति कार्यालय पठाएको छ ।

राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश राष्ट्रपति कार्यालयमा दर्ता भएको अनलाइनखबरलाई जानकारी दिए ।

‘सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश पनि यसअघि नै आइसकेको हो, अध्ययनको क्रममै छ,’ उनले भने ।

सरकारले विभिन्न ८ वटा अध्यादेश राष्ट्रपति कार्यालय पठाएको हो ।

जसमध्ये सहकारी र सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी भइसकेका छन् ।

अन्य ६ वटा अध्यादेश भने अध्ययनकै क्रममा रहेको शाक्यले बताए ।

संवैधानिक परिषद् लगायतका केही अध्यादेशमा राष्ट्रपति पौडेलले बिहीबार कानुनविद्हरूसँग पनि छलफल गरेका थिए ।

Continue Reading

Banner

वैशाख शुक्ल पूर्णिमा : आज उभौली पर्व मनाइँदै

Published

on

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई समुदायले मनाउने उभौली पर्व आज देशभरका भूमेस्थानमा पूजा आराधना गरी मनाइँदैछ ।

बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको छ । गर्मी बढ्ने भएकाले यो समुदायका मानिस बेँसीबाट लेकतिर उँभो लाग्ने भएकाले पनि यसको नाम उभौली रहेको हो ।

वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङ्गीलगायत जङ्गली जनावर पनि उँभो लाग्ने किरात समुदायको विश्वास छ । नदीमा माछा पनि गर्मीबाट बच्न बेँसीको नदीबाट लेकतिर लाग्छन् भन्ने भनाइ छ ।

मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन बाली भित्र्याएर जाडो छल्न बेँसी झरेका मानिस आजदेखि उँभो लाग्छन् । उँभोको अर्थ खेतीपाती राम्रो होस्, धेरै होस्, उन्नति होस् भन्ने भनाइ पनि रहेको छ । यस पर्वका अवसरमा चण्डी नाचसमेत नाचिन्छ । यसैकारण वैशाख शुक्ल पूर्णिमाको दिनलाई चण्डी पूर्णिमा पनि भनिन्छ ।

किरात समुदायका विभिन्न सम्प्रदायका बीच साकेला नाच पनि नाचिन्छ । राजधानीमा ललितपुरको हात्तीवनमा रहेको साकेलास्थानमा केही मानिस जम्मा भएर पूजा आराधनाको विधि पूरा गर्ने तयारी किरात राई यायोक्खाले गरेको छ । खोटाङको ऐँसेलुखर्क गाउँपालिकाका मानिसले भने यो पर्व जेठ २२ गतेपछि मनाउने तयारी गरेका छन् । ऐँसेलुखर्कका मानिसले प्रत्येक वर्ष जेठ २२ पछि यो पर्व मनाउने परम्परा छ ।

किरात समुदायमा पनि एकथरिले उभौली पर्व उत्तरायण सुरु हुने दिन माघ १ गते नै मनाउने गर्छन् । उधौली भने दक्षिणायन सुरु हुने दिन पारेर साउन १ गते मनाउँछन् । यस समुदायका धेरै मानिसले उभौली वैशाख शुक्ल पूर्णिमा र उधौली पर्व मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन मनाउँछन् । यो पर्व किरात राई समुदायको महत्त्वपूर्ण पर्वका रूपमा रहेको छ ।

Continue Reading

Banner

आज २०८३ साल वैशाख १६ गते बुधबारको राशिफल

Published

on

२०८३ साल वैशाख १६ गते बुधबार। वैशाख शुक्ल पक्षको त्रयोदशी तिथि । अन्तर्राष्ट्रिय नृत्य दिवस । तदनुसार सन् २०२६ अप्रिल २९ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। 

मेष : दिन सामान्य छ । सञ्चित धन खर्च हुनेछ । खर्च कटौती गर्नुपर्ने समय छ । शिक्षामा गरेको लगानीबाट भविष्य बन्नेछ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ । विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ ।

वृष : दिन राम्रो छ । सोचेको काम बन्नेछ । मन शान्त र खुशी रहनेछ । स्वास्थ्यमा सुधार हुनेछ । राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

मिथुन : स्वास्थ्यमा विशेष ख्याल गर्नु उचित हुनेछ । आफ्नै बोलीका कारण अप्ठेरो परिस्थिति बन्ने भएकाले बोल्दा सचेत बन्नुपर्नेछ । स्वास्थ्यमा ख्याल नगर्ने बानीले समस्या हुनेछ । दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुनेछ ।

कर्कट :दिन सामान्य छ । सानो कुराले मनमा तनाव बढ्नेछ । शिक्षाको क्षेत्रमा समय बिताउनु उचित हुनेछ । उपचारको क्रममा भए स्वास्थ्यमा सुधार हुनेछ । दान गरेर दिनको सुरुवात गर्नु उचित हुनेछ। आज व्यापारमा फाइदा हुनेछ ।

सिंह : दिन सहज छ । आज धन आर्जन हुनेछ । शिक्षाको क्षेत्रमा अवसर प्राप्त हुनेछन् । लगानी गरेको भए फाइदा हुनेछ । परिवारको सल्लाह नलिइ अगाडि बढेमा व्यवहारमा समस्या हुनसक्नेछ । धार्मिक अभियन्तासँगको भेटले नयाँ योजना बन्नेछन् ।

कन्या : दिन राम्रो छ । नयाँ कामको थालनी हुनेछ । परिवारको साथमा बसेर रमाइलो गर्ने अवसर मिल्नेछ । शिक्षामा थोरै लगानी गरे पनि फाइदा हुनेछ । विपक्षी साथीले तपाईंको प्रशंसा गर्नेछन् । परिवारको विवाद मिलाउन भने समस्या पर्नेछ ।

तुला :अनावश्यक विषयमा साथीले चासो राख्नेछन्। व्यापारमा शत्रु बढ्नेछन् । शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । परिवारको तर्फबाट भने साथ र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

वृश्चिक : दिन सहज छ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । शिक्षामा गरेको लगानी सफल बन्नेछ । विपक्षी साथीले तपाईंलाई साथ र सहयोग गर्ने भएकाले कामका लागि हिम्मत गर्नु उचित हुनेछ ।

धनु : दिन राम्रो छ । आज शुभकार्यमा सरिक हुँदा मनमा उत्साह बढ्नेछ । आफू पछाडि हटेर अरुलाई लगाएको काममा सफलता मिल्नेछ । उपचारको क्रममा भए स्वास्थ्यमा सुधार हुनेछ । उत्तरको लामो यात्रा नगर्नु उचित हुनेछ ।

मकर : दिन सहज छ । धन लाभ हुनेछ । दाजुभाइसँग सहकार्य गरेर अगाडि बढ्नुपर्ने समय छ । राजनीतिक क्षेत्रमा ठग सक्रिय भएकाले सचेत बन्नुपर्नेछ । व्यापारमा साथीकाे साथ मिल्नेछ ।

कुम्भ : साथीसँग जोगिएर काम गर्नुपर्ने समय छ । थोरै बोलेर अगाडि बढ्नु उचित हुनेछ । अनुत्पादक क्षेत्रको खर्च कटौती गर्नुपर्ने समय छ । परिवारको साथ र सहयोगले दिन सहज बन्नेछ ।

मीन : महत्त्वपूर्ण काम बन्नेछन् । काम गर्दा सामूहिक रुपमा गर्नु उचित हुनेछ । शुभचिन्तकसँग गरेको निर्णय सफल बन्नेछ । सानो कुराले मनमा तनाव आए पनि धार्मिक कार्यमा सहभागी भएमा दिन सहज बन्नेछ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक