रोचक
संक्रमितको शव उत्खनन गरेर दिइयो दागबत्ती, बुबाको आत्माले शान्ति पाओस् भनेर उत्खनन गरिएको छोराको भनाइ

बुटवलः जेठ २८ गते कोरोना संक्रमणबाट मृत्यु भएका अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर ४ का ५८ वर्षीय यमलाल खनालको साढे चार महिनापछि शव उत्खनन् गरी अन्त्येष्टि गरिएको छ । ३० वर्षीय बाबुराम खनालले बाबुको शव उत्खनन गरेर निकाली २४ जना मलामीको साथमा कात्तिक १५ गते गुल्मीको रिडीमा अन्त्येष्टी गरेका हुन् ।
कोरोना संक्रमण फैलने डरले शव व्यवस्थापनमा स्थानीयले अवरोध गरेपछि रातुकास्थित खुला चौरमा बुबाको शव कुरेर तीन दिनसम्म बस्नुपरेको र कतै पनि शव व्यवस्थापन गर्न नदिएपछि घरनजिकै रहेको वनमा यमलालको शव व्यवस्थापन गरिएको थियो । हिन्दू परम्परा अनुसार बुबाको अन्त्येष्टी गर्न अनुरोध गरे पनि त्यसरी अन्त्येष्टी गर्न नपाएको र सपनामा बुबा भौँतारिएर डुलिरहेको मात्रै देखेपछि चिता बनाएर दाहसंस्कार गरिएको बाबुरामले बताएका छन् ।
बाबुरामका अनुसार भदौ ५ गते तीजको दिन अन्त्येष्टी गर्न भनेर गाउँपालिकाबाट अनुमति लिए पनि शव गाडेको स्थलमा गएको बाढी र पहिरोका कारण सम्भव हुन सकेको थिएन । काजक्रिया पहिले नै गरिसकिएको हुनाले शव जलाएपछि काजक्रिया भने नगरिएको बाबुरामले बताए ।
Banner
ट्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु

धनकुटाः धनकुटाको शहीदभूमि गाउँपालिका– ७ चाम्चा बस्ने ५० वर्षीया मनकुमारी राईको ट्याक्टरको ठक्करबाट मृत्यु भएको छ ।
आज बिहान ११ बजे सोही स्थानमा ना ५ त १९७१ नम्बरको ट्रयाक्टरले पैदलयात्री राईलाई ठक्कर दिँदा उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
ठक्कर दिने ट्याक्टर प्रहरीको नियन्त्रणमा रहेको छ । ट्याक्टर चालक सोही स्थानका हरिबहादुर राई फरार रहेकाले उनको खोजतलास भइरहेको सो कार्यालयले जनाएको छ ।
Banner
जाग, उठ हे महिला

जाग,उठ हे महिला क्रान्तिको राँको बोकेर
अघि बढ पुरुषको काँधमा काँध मिलाउँदै
शिखर छुने अठोट गर
छेक्न सक्दैनन् तिम्रा साहसी पाइलाहरु
केवल ती चुरी र पाउजूहरुले
रोक्न सक्दैनन् तिम्रा मुक्तिका आवाजहरु
केवल ती बन्दुक र बारुदहरुले ।
निष्पट्ट अन्धकारभित्र जलाइएकी दीप हौ
तिमी प्रत्येक अँध्याराहरुलाई चिर्न सक्छ्यौ
दासताको सामन्ती जालमा जकडिएकी थियौ
तिमी प्रत्येक कुुरीतिहरुलाई चिर्न सक्छ्यौ
सयौँ वर्ष अघिदेखि खोसिएको छ तिम्रो स्वतन्त्रता,
त्यसैको निम्ति अघि बढ
निर्ममतापूर्वक दबाइएका छन् तिम्रा भावनाहरु
विद्रोहको विगुल फुक्दै अघि बढ ।
हो, निरंकुश सामन्तीहरुले तिमीलाई
अत्याधुनिक मोडलकी गुडिया मात्रै ठानेका छन्
नारीको मूल्य तोक्ने कायरहरुले
तिमीलाई तास र जूवामा समेत प्रयोग गरेका छन्
त्यसैले धिक्कार छ तिनीहरुलाई
जसले नारीको जिन्दगीलाई ‘हारेको कर्म’ भन्ने पाठ रटाए
तिरस्कार छ ती बुुर्जुवाहरुलाई
जसले पतिसँगै सती जान समेत बाध्य गराए ।
समानताको नारा दिँदै कानुनका बडाबडा ठेली एक हातले च्यापेर
अर्काे हातले तिम्रा अधिकार पनि खोस्न नहिच्किचाउने
ए विश्वका कानुनविद् भनाउँदाहरु हो,
भन तिमीहरुको अत्याचारको सीमा कति हो
तर, अब त देशमा गणतन्त्र आइसकेको छ
महिलाहरुमा पनि चेतनाको लहर छाइसकेको छ ।
त्यसैले हे आमा दिदीबहिनी हो,
प्रकृतिले दिएका तिम्रा दुई नयनहरु
केवल दुःखमा आँशु बगाउन मात्र होइन
संसारलाई हेर्ने गर
तिम्रा दुई पौरखी हातहरु केवल
पुरुषहरुको पाउ मोल्न मात्रै होइन
उनीहरुको हातसँगै अघि बढाउने गर
प्रकृतिले जिब्रो दिएको छ तिमीलाई
केवल आदर्शको निम्ति मौन रहनलाई होइन
अत्याचारको विरुद्धमा आवाज उठाउने गर
प्रकृतिले मस्तिष्क दिएको छ तिमीलाई
केवल दायित्व पन्छाउनको निम्ति होइन
जिम्मेवारीको निम्ति आफैँ अग्रसर हुने गर ।
Banner
इन्द्रपुर जुनियर जेसीजको आयोजनामा बैंकिङ सेमिनार

विराटचोकः इन्द्रपुर जुनियर जेसीजको आयोजनामा बैंकिङ सेमिनार कार्यक्रम सम्पन्न भएको छ । सोमबार विराटचोकस्थित इन्द्रपुर जेसीज मंगल स्मृति प्रतिष्ठानको हलमा सेमिनार भएको हो ।
नविल बैक विराटचोकको सहकार्यमा भएको कार्यक्रममा सुन्दरहरैचा उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद रिजाल प्रमुख अतिथि रहेका थिए । प्रमुख अतिथि रिजालले विद्यार्थीहरु बैकमा शेयर भर्न लाइन लाग्ने देखेको र यो सेमिनारपछि शेयरबजारमा प्रवेश गर्न सहयोग मिल्ने बताए । आफू निर्वाचित भएपछि पहिलो कार्यक्रममा सहभागी भएको बताउँदै रिजालले उद्योग वाणिज्य संघ यस क्षेत्रमा रहेका संस्थासँगै हातेमालो गरेर हिँड्ने समेत बताए ।
कक्षा ११ र १२ मा अध्ययनरत सिद्धार्थ बोर्डिङ स्कुल, सुकुना माध्यमिक विद्यालय, ब्राइट प्युचर उच्च मावि र सुविजीमुर उच्च माध्यमिक विद्यालयका करीब २ सय विद्यार्थीको सहभागिता रहेको थियो ।
कार्यक्रममा नबिल बैंक लिमिटेड विराटचोकका शाखा प्रमुख भवेस बस्नेतले यो कार्यक्रमले विद्यार्थीलाई बैंकिङ क्षेत्रका बारेमा जानकारी गराउन सहयोग पुगेका थिए ।
यस्तै, बैंकका अपरेसन इन्चार्ज अनिष ओझाले बैंकसँग सम्बन्धित भिडियो प्रस्तुतिसंगै विद्यार्थीलाई सहजीकरण गरेका थिए । उनले नेपालमा मोबाइल बैंक, एटिएम, लगायत बैंकिङ विषयसँग सम्बन्धित भएर सहजीकरण गरेका थिए ।
सेमिनारमा नयाँ पुस्तालाई बैंकिङ प्रक्रियाको बारेमा जानकारी गराइएको थियो । बैकको शुरुवात, नेपालमा बैंकको स्थापनादेखि यसको उपयोगिताका विषयमा उनीहरुमा बैंकिङ कारोबार गर्दा देखिने अन्योल कम गर्न सेमिनारले मद्दत गर्ने इन्द्रपुर जुनियर जेसिजका अध्यक्ष प्राञ्जल ढकालले बताए । कार्यक्रमको संयोजन समीप ढकालले गरेका थिए । कार्यक्रममा इन्द्रपुर जेसीजका अध्यक्ष कृष्णप्रसाद ओझा, जुनियर जेसीजका संस्थापक अध्यक्ष उत्सव थापालगायत उपस्थित थिए ।
-
अर्थ1 year ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
खेलकुद1 year ago
रंगशालाको अवलोकन
-
अर्थ10 months ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य1 year ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य1 year ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
प्रदेश नं. १1 year ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
-
कला / साहित्य1 year ago
खोटाङ सेवा समाजद्वारा ‘नागरिक सम्मान’ र ‘खोटाङ प्रतिभा पुरस्कार’ प्रदान
-
मुख्य1 year ago
जित्ने स्वास्थ्य मन्त्री, हार्ने मेडिकल कलेज सञ्चालक
You must be logged in to post a comment Login