शिक्षा / स्वास्थ्य
वराहक्षेत्रकी कोरोना संक्रमित किशोरीको कोभिड अस्पताल धरानमा मृत्यु

विराटचोकः कोरोना भाइरसबाट संक्रमित वराहक्षेत्र– ५ की १९ वर्षीया किशोरीको उपचारको क्रममा कोभिड अस्पताल धरानमा मृत्यु भएको छ । उनलाई कात्तिक २८ गते कोरोना संक्रमण पुष्टि भएको छ ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका सह प्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार कात्तिक २८ गते नै कोभिड अस्पताल धरानमा भर्ना भएकी उनको कात्तिक २९ गते बिहान साढे ४ बजे मृत्यु भएको हो ।
Facebook Comment
Banner
आगमी वर्षलाई प्रदेश सरकारले कोशी पर्यटन वर्षका रूपमा मनाउने, आज घोषणा हुँदै

कोशी प्रदेश सरकारले आउँदो वर्ष २०८२ लाई कोशी पर्यटन वर्षको रूपमा मनाउने घोषणा गर्न लागेको छ । आउँदो वर्ष कोशी प्रदेशमा १० लाख पर्यटक भित्र्याउने र २ हजार नयाँ रोजगारी सिर्जना गर्ने लक्ष्यसहित पर्यटन वर्ष घोषणा गर्न लागिएको हो ।
तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगमस्थल तीनजुरे मिल्के जलजले क्षेत्रमा आज कोशी पर्यटन २०८२ उद्घाटन हुन लागेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पर्यटन वर्षको उद्घाटन गर्ने कार्यक्रम थियो । तर, अन्तिम समयमा प्रधानमन्त्री ओलीको समय नमिल्ने भन्दै उद्घाटनमा सहभागी नहुने बताइएको छ । उनको सट्टामा उपप्रधानमन्त्री प्रकाशमान सिंह उद्घाटनमा सहभागी हुनेछन् ।
कोशी प्रदेशको प्रमुख आयस्रोत पर्यटन भएकोले पर्यटन वर्ष मनाउन लागिएको मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताए । प्रदेशको आर्थिक समृद्धिको बलियो आधार पर्यटन भएको र त्यसमा पनि धार्मिक पर्यटन प्रमुख रहेको मुख्यमन्त्री कार्कीको भनाइ छ ।
शिलापत्रसँग कुरा गर्दै कार्कीले धार्मिक पर्यटनलाई जोड दिएर भारत, भुटानका पर्यटकलाई कोशी प्रदेशका भित्र्याउने बताए ।
पर्यटन वर्षका लागि ५ सयभन्दा बढी व्यक्तिहरूको प्रतिनिधित्वमा मुख्यमन्त्री कार्कीको नेतृत्वमा मूल आयोजक समिति गठन गरिएको छ । वन, पर्यटन तथा वातावरणमन्त्री सदानन्द मण्डलको नेतृत्वमा निर्देशक समिति बनेको छ ।
कोशी प्रदेशमा खुम्बु क्षेत्र, कञ्चनसंगा, मकालु, कोशी टप्पु, हलेसी, पाथिभरा, बराहक्षेत्रजस्ता चर्चित पर्यटकीय क्षेत्र रहेका छन् ।
Banner
लगातार बढ्दै अमेरिकी डलर र युरोको भाउ

अमेरिकी डलर र युरोपियन युरोको भाउ लगातार बढेको छ ।
नेपाल राष्ट्र बैंकले आजका निर्धारण गरेको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ७३ पैसा र बिक्रीदर १३८ रुपैयाँ ३३ पैसा कायम भएको छ । यो मंगलबारको भन्दा धेरै हो । मंगलबार एकको खरिदर १३७ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३७ रुपैयाँ ६४ पैसा कायम भएको छ । सोमबारको तुलनामा मंगलबार पनि भाउ बढेको थियो ।
आज युरोपियन युरोको भाउ पनि बढेको छ । आज एकको खरिददर १५० रुपैयाँ ६२ पैसा र बिक्रीदर १५१ रुपैयाँ २८ पैसा कायम भएको छ । मंगलबार युरोपियन युरो एकको खरिदर १४९ रुपैयाँ ९८ पैसा र बिक्रीदर १५० रुपैयाँ ६४ पैसा कायम भएको थियो । यो पनि सोमबारको तुलनामा मंगलबार पनि बढेको थियो ।
यस्तै, आज युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७५ रुपैयाँ ८७ पैसा र बिक्रीदर १७६ रुपैयाँ ६३ पैसा, स्वीस फ्रयांक एकको खरिददर १६१ रुपैयाँ ०३ पैसा र बिक्रीदर १६१ रुपैयाँ ७३ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८३ रुपैयाँ २० पैसा र बिक्रीदर ८३ रुपैयाँ ५६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ०६ पैसा र बिक्रीदर ९७ रुपैयाँ ४९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०१ रुपैयाँ ९९ पैसा र बिक्रीदर १०२ रुपैयाँ ४३ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ ३८ पैसा र बिक्रीदर नौ रुपैयाँ ४२ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ७७ पैसा र बिक्रीदर १८ रुपैयाँ ८५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९५ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ९६ पैसा र बिक्रीदर तीन रुपैयाँ ९८ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ५० पैसा र बिक्रीदर ३७ रुपैयाँ ६६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ६७ पैसा र बिक्रीदर ३० रुपैयाँ ८० पैसा निर्धारण गरिएको छ ।
साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ३० पैसा र बिक्रीदर नौ रुपैयाँ ३४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ७२ पैसा र बिक्रीदर १३ रुपैयाँ ७८ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ १८ पैसा र बिक्रीदर २० रुपैयाँ २७ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ७३ पैसा र बिक्रीदर १७ रुपैयाँ ८० पैसा, कुवेती दिनार एकको खरिददर ४४७ रुपैयाँ १९ पैसा र बिक्रीदर ४४९ रुपैयाँ १४ पैसा, बहराइन दिनार एकको खरिददर ३६५ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३६६ रुपैयाँ ९७ पैसा, ओमनी रियाल एकको खरिददर ३५७ रुयैयाँ ७६ पैसा र बिक्रीदर ३५९ रुपैयाँ ३२ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।
Banner
नाइट क्लबको बिहान छत खस्दा कम्तीमा ६६ जनाको मृत्यु

डोमिनिकन रिपब्लिकको राजधानी सान्तो डोमिंगोस्थित जेट सेट नाइट क्लबको बिहान छत खस्दा कम्तीमा ६६ जनाको मृत्यु भएका छन्। १५० भन्दा बढी घाइते भएका छन्।
प्रसिद्ध डोमिनिकन मेरेंग गायक रुबी पेरेज स्टेजमा प्रदर्शन गरिरहेका वेला अचानक अँध्यारो भएको र क्लबको छत खस्न थालेको सञ्चारमाध्यमले जनाएको छ। घटना हुँदा क्लबमा करिब एक हजार मानिस रहेको बताइएको छ।
आपतकालीन अपरेसन केन्द्र (सीओई) का निर्देशक जोआन मैनुअल मन्डेजले घटनामा ६६ जनाको मृत्यु भएको पुष्टि गरे। धेरै मानिस भग्नावशेषमा पुरिएकाले मृतकको संख्या बढ्ने अनुमान गरिएको छ। मेन्डेजले भत्केको छतमुनि पुरिएका धेरैजसो अझै जीवित रहेकोमा आशावादी रहेको बताए।
घटनामा प्रान्तीय गभर्नर र पूर्व मेजर ५१ वर्षीय लिग बेसबल पिचर अक्टाभियो डोटेल पनि थिए। भग्नावशेषबाट निकालिएपछि अस्पताल लैजाँदै गर्दा बाटोमा उनको मृत्यु भयो।
स्थानीय मिडियाले घटनास्थलमा निर्माण क्रेन प्रयोग गरिरहेको र उद्धारकर्मी जीवित व्यक्तिहरूलाई खोज्ने कार्यमा केन्द्रित भएको उल्लेख गरेका छन्।
राष्ट्रपति लुइस अबिनाडेरले उद्धार कार्यलाई प्राथमिकता दिन घटनास्थलको अनुगमन गरेका छन्। उनले सरकार उद्धार कार्यको निरन्तर अनुगमन गरिरहेको र सबै राहत एजेन्सीले घाइतेको मद्दतमा जुटेको बताए।
-
अर्थ5 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद5 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य5 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login