Connect with us
Advertisement
Advertisement

सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु

Published

on

विराटनगरः मोरङ र उदयपुरमा भएका सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार मोरङको विराटनगर र उदयपुरको उदयपुरगढीमा भएका दुर्घटनामा उनीहरुको मृत्यु भएको हो ।

विराटनगर–१२ शुक्रबारे हाटमा हिजो राती पौने १० बजे को १८ प ४८३१ नम्बरको मोटरसाइकल भित्री सडकखण्डमा बिजुलीको पोलामा ठोक्किएर दुर्घटना भएको थियो । सो दुर्घटनामा घाइते भएका स्थानीय २६ वर्षीय घनश्याम कामतको विराटनगरको न्युरो अस्पतालमा उपचारको क्रममा राती साढे १० बजे मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सोही मोटरसाइकल पछाडि सवार रहेका २० वर्षीय राजेश कामत र ४ वर्षीया सोनु कामतको उपचार भइरहेको छ ।

त्यस्तै, उदयपुरको उदयपुरगढी–७ नेपालटारमा मोटरसाइकलको ठक्करबाट सोही स्थान बस्ने १८ वर्षीया निर्मला बि.क.को मृत्यु भएको छ । आज बिहान ८ बजे स ९ प ४७२ नम्बरको मोटरसाइकलले पैदलयात्री निर्मलालाई ठक्कर दिएको थियो । घाइते निर्मलाको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा पौने ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । मोटरसाइकल र मोटरसाइकल चालक उदयपुरगढी–८ बस्ने १९ वर्षीय मेसक राई प्रहरी नियन्त्रणमा रहेको सो कार्यालयले जनाएको छ ।

Continue Reading

Facebook Comment

Advertisement
Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

सुन्दरहरैंचाका विद्यालय आइतबारदेखि सञ्चालन हुने

Published

on

विराटचोकः मोरङको सुन्दरहरैंचा नगरपालिका क्षेत्रका सामुदायिक र संस्थागत विद्यालय मङ्सिर १४ गते आइतबारदेखि खुल्ने भएका छन् । सरकारले कोभिड–१९ संक्रमणको जोखिम नभएका अथवा कम भएका स्थानीय तहमा विद्यालय सञ्चालन गर्न पाउने गरी कात्तिक २० गते ‘विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा–२०७७’ जारी गरेपछि सुन्दरहरैंचाका विद्यालय आइतबारदेखि सञ्चालन हुने भएका हुन् ।

नगरपालिकाको शिक्षा शाखाले गत सोमबार सार्वजनिक र संस्थागत विद्यालयहरुका प्रधानाध्यापकहरुको भेला गराई विद्यालय सञ्चालनसम्बन्धमा छलफल गरको थियो । विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा–२०७७ अन्तर्गत रहेका विकल्पहरुमध्ये विद्यार्थीको संख्या र उपलब्ध भौतिक पूर्वाधार व्यवस्थापनमा सहज हुने गरी विकल्प रोजेर सञ्चालन गर्न शिक्षा शाखाले निर्देशन गरेको हो ।

एउटा बेन्चमा बढीमा २ जना विद्यार्थी राखेर पहिलो चरणमा कक्षा ६ देखि माथि र दोस्रो चरणमा सबै कक्षा सञ्चालन हुन लागेका हुन् ।

Continue Reading

Banner

१९४८ थपिए कोरोना संक्रमित, ३१४० जना निको, २८ जनाको मृत्यु

Published

on

विराटचोकः गत २४ घण्टामा नेपालमा १ हजार ९ सय ४८ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या २ लाख २६ हजार २६ जना पुगेको छ ।

थप ३ हजार १ सय ४० जना निको भएसँगै निको हुनेको संख्या २ लाख ७ हजार ९ सय ९८ जना पुगेको छ । थप २८ जनाको मृत्युसँगै संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ हजार ३ सय ८९ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्ममा १६ लाख ९० हजार ५ सय ९ स्वाबको पीसीआर परीक्षण गरिएको छ । ६ सय ६९ जना क्वारेन्टिनमा र १६ हजार ६ सय ३९ जना आइसोलेसनमा रहेका छन् ।

Continue Reading

Banner

पोल्याण्डमा ९ लाख र चेक रिपब्लिकमा ५ लाख पुगे कोरोना संक्रमित

Published

on

विराटचोकः युरोपियन देश पोल्याण्डमा ९ लाख ९ हजार तथा चेक रिपब्लिकमा ५ लाख २ हजार कोरोना संक्रमित पुगेका छन् । युरोपियन देशमा कोरोना संक्रमितको संख्याको आधारमा पोल्याण्ड सातौँ तथा चेक रिपब्लिक दशौँ स्थानमा रहेका छन् ।

वर्ल्ड ओ मिटर्स डट इन्फोका अनुसार गत २४ घण्टामा पोल्याण्डमा १० हजार १ सय ३९ जना र चेक रिपब्लिकमा ५ हजार ८ सय ९६ जना संक्रमित थपिएका छन् ।

सम्बन्धित समाचारहरुः

जर्मनीमा ९ लाख, पोल्याण्डमा ८ लाख र रोमानियामा ४ लाख पुगे कोरोना संक्रमित

मेक्सिकोमा १० लाख, जर्मनीमा ८ लाख र पोल्याण्डमा ७ लाख पुगे कोरोना संक्रमित

इटलीमा ६ लाख तथा पोल्याण्ड र चेकमा ३ लाखभन्दा बढी कोरोना संक्रमित

चेक गणतन्त्रमा १ लाख कोरोना संक्रमित, ४२ देशमा लाखभन्दा बढी कोरोना संक्रमित

 

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५११३३२९९, ९८४२१९२४१२, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक खेमचन्द्र अधिकारी
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः नवराज पोख्रेल
व्यवस्थापकः कृष्णचन्द्र सुवेदी
हाम्रो फेसबुक