Connect with us
Advertisement

यी हुन् तिहारको कथावस्तु समेटिएका नेपाली चलचित्रका गीतहरु

Published

on

विराटचोकः नेपालीहरुको दोस्रो ठूलो चाड तिहार मनाउने क्रममा हामी छौँ । नेपालीको दोस्रो ठूलो चाड भएको हुनाले तिहारको विषयवस्तुले नेपाली समाजका हरेक क्षेत्रमा आफ्नो उपस्थिति जनाएको पाइन्छ । यसै क्रममा यहाँ भने तिहारको विषयवस्तु समेटिएका नेपाली चलचित्रको बारेमा उल्लेख गर्न लागिएको हो । नेपाली चलचित्र र नेपाली चलचित्रको गीतमा तिहारको विषयवस्तु समेटिएको प्रशस्तै पाइन्छ ।

धेरै नेपाली चलचित्रमा समावेश भएको तिहारको कथावस्तु सशक्त नै पाइन्छ । केही चलचित्रमा समावेश भएको दृश्य भने सामान्य पाइन्छ । नेपाली चलचित्रमा समावेश भएका गीतमध्ये चलचित्र ‘चिनो’मा रहेको ‘दियो बाली साँझको…’, चलचित्र ‘स्वर्ग’मा रहेको ‘तिहारै आयो लौ झिलिमिली…’ अनि चलचित्र ‘विजय पराजय’ को ‘निधारैमा लर्काएर सप्तरङ्गी टीका…’ बोलका गीत कालजयी गीत हुन् । हरेक वर्ष तिहारमा सबैभन्दा धेरै बज्ने गीतमा यी गीत पर्दछन् ।

चलचित्र ‘चिनो’ मा रहेको ‘दियो बाली साँझको…’ बोलको गीत सदावहार तिहार गीत हो । तिहार मनाइरहेकै बेला चलचित्रको खलपात्र राते काइँला (सुनिल थापा) ले नायकको परिवारमाथि हमला गर्छन् ।

चलचित्र ‘सम्झना’ मा भैले गीत रहेको छ । चलचित्रमा रोगले थला परेकी नायिकाको घरमा भैलिनी आउने मार्मिक दृश्य राखिएको छ ।

चलचित्र ‘स्वर्ग’ मा ‘तिहारै आयो लौ झिलिमिली, भैलेनी आए मागन…’ गीतको कालजयी गीत छ । हरेक वर्ष तिहारमा सबैभन्दा बढी बज्ने गीतमा यो गीत पनि पर्दछ ।

चलचित्र ‘लक्ष्मीपूजा’ तिहारको एउटा महत्वपूर्ण दिन लक्ष्मीपूजाको नाममा राखिए जस्तो लाग्छ । तर यो चलचित्र नायिका लक्ष्मी र पूजाको नाममा राखिएको चलचित्र हो । कृष्टि मैनालीको दोहोरो भूमिका भएको यो चलचित्रकी नायिका लक्ष्मीपूजाको दिन जन्मिएको प्रसंगले तिहारलाई सम्बोधन गरेको छ ।

चलचित्र ‘अन्याय’मा लक्ष्मीपूजाको दिन घरमा दियो बालेर नायिका नाचेको दृश्य राखिएको छ । ‘अधरमा आज उनकै छ गीत…’ बोलको गीतमा

चलचित्र ‘विजय पराजय’मा रहेको ‘निधारैमा लर्काएर सप्तरंगी टीका…’ बोलको गीत पनि चर्चित सदावहार गीत हो ।

चलचित्र ‘माइती’ मा समावेश भएको ‘हाँसेर बोल न बैनी तिहारको बेलैमा…’ भन्दै गाएको गीत राखिएको छ । गीतका शव्दहरु अत्यन्त मार्मिक छन् । यो गीतले दाजुभाई–दिदीबहिनीको माया, प्रेमलाई दर्शाएको छ ।

चलचित्र ‘कोहिनुर’ मा पनि तिहारको गीत समावेश गरिएको छ । ‘ढकमक्क फूल, झलमल्ल बत्ती, घुमा’को रोटी, देउसी र भैले …’ बोलको तिहार गीत पनि चर्चित बन्यो ।

चलचित्र ‘देशदेखि विदेश’मा ‘यसपाली पनि परदेशमै बित्ने भो दशैं तिहार…’ बोलको गीत समावेश गरिएको छ ।

चलचित्र ‘मेरो हजुर’मा पनि तिहारको रौनक दिने एक गीत समावेश छ । चलचित्र ‘पर्खिराख है’ मा पनि तिहारको गीत समावेश छ ।
उता तिहारकै प्रसंगबाट चलचित्र ‘पर्व’ शुरु हुन्छ । तिहारको गीत भने यसमा पाइँदैन ।

 

चलचित्र ‘परदेशी’मा पनि तिहारको प्रसंग समावेश गरिएको छ । परदेशमा जेलमा परेको भाइको सम्पूर्ण बाधा हटोस् भन्ने कामनासहित दिदीले ओखर फोरेको प्रसंग निकै मार्मिक छ । ‘मखमली फुल्दा, मार्सी धान झुल्दा….’ बोलको तिहारको गीत यस चलचित्रमा राखिएको छ ।

यो चलचित्रमा ‘ठूलो आँगन माझैमा खेली, नाच बहिनी बेली र चमेली…’ बोलको देउसी गीत पनि यस चलचित्रमा समावेश गरिएको छ ।

चलचित्र ‘काली’मा नायककी दिदीलाई भाइटीकाकै दिन खलनायकले बलात्कार गर्ने दृृश्य छ । तिहारको गीत भने यो चलचित्रमा छैन ।

चलचित्र ‘फिटकिरी’मा पनि तिहारको गीत समावेश गरिएको छ । ‘सेलरोटी परिकार खाएर, मनाऔँ तिहार देउसिरे गाएर…’ बोलको देउसी गीत यस चलचित्रमा समावेश गरिएको छ ।

चलचित्र ‘पाले दाइ’ मा ‘झेलुँला म बर्खे झरी…’ बोलको तिहारको गीत समावेश छ ।

चलचित्र ‘राहदानी’मा ‘साउनको ठूलो भेल पानी पर्यो झम्म झम्म…’ बोलको देउसी गीत रहेको छ ।

चलचित्र ‘बन्दी’मा पनि तिहारको गीत समावेश छ ।

त्यस्तै, ‘निखिल दाइ’ ‘प्यारी बहिनी’, ‘चट्टान’, ‘धर्म’ ‘भाइटीका’, ‘दिदी’ ‘मामाघर’, ‘स्वर्ग’, ‘पछ्यौरी’, ‘पिँजडा’ आदि चलचित्रमा तिहारको परिवेशलाई समेटिएको छ ।

 

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल

Published

on

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।

खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।

उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।

Continue Reading

Banner

आज सोनाम ल्होसार

Published

on

तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।

मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।

झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।

नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।

Continue Reading

Banner

कांग्रेस उम्मेदवार चयन आजै टुंग्याइने : सभापति थापा

Published

on

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधि सभाको प्रत्यक्ष तर्फका उम्मेदवारको नाम आजै टुंगो लाग्ने बताएका छन् । सोमबार बिहान फेसबुकमा भिडियो पोस्ट गर्दै भन्नुभएको छ, ‘हामी उम्मेदवार छनोटको अन्तिम चरणमा छौँ। समय र प्रक्रियागत बाध्यताबीच पनि समावेशी, सन्तुलित र न्यायपूर्ण निर्णय गर्ने भरपूर प्रयास भइरहेको छ।’ उनले पार्टीको पक्षमा एक ढिक्का भएर उम्मेदवारी दर्ताको पक्षमा रहेको बताएका छन् । उनले उम्मेदवार छान्ने भन्दा सहमति गर्ने र सबै पक्षलाई समेट्ने प्रयास भइरहेको उल्लेख गरेका छन् । उनले पार्टी एकताको अभियानमा जुट्न सबैलाई अनुरोधसमेत गरेका छन् । भोलि सबैजना आ–आफ्नो क्षेत्रमा गएर पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा एकढिक्का भएर लागौँ । यो व्यक्तिगत होइन, पार्टीको साझा अभियान हो।’समयको चापका बीच पार्टीभित्र सन्तुलन मिलाउने प्रयास भइरहेको थापाले बताएका छन् । थापाले आन्तरिक विवाद छाडेर एक जुट भएर निर्वाचनको अभियानमा जुट्न सबै पक्षलाई अनुरोध गरेका छन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक