Connect with us
Advertisement

लुमन्तीको सहयोगमा सम्पन्न योजनाको अनुगमन, भौतिक पूर्वाधारसँगै सीप विकासमा जोड दिन अनुगमनकर्ताको सुझाव

Published

on

विराटचोकः आवासका लागि सहयोग समूह लुमन्तीले सुन्दरहरैंचाका विपन्न र लक्षित समुदायका लागि निर्माण गरेका भौतिक पूर्वाधारको गत बुधबार अनुगमन गरिएको छ ।

वडा नम्बर ४, ५ र ६ मा निर्माण भएका योजनाको अनुगमन गर्ने क्रममा सहभागीले लुमन्तीको सहयोगको प्रशंसा गर्दै विपन्न र लक्षित वर्गको सीप विकासमा पनि सहयोग गर्नुपर्ने बताएका थिए । लुमन्तीकी सुन्दरहरैंचा प्रमुख लक्ष्मी राईले यसअघि सीप विकास तालीम पनि दिइएको र यसपटक हालै निर्माण सम्पन्न भएका भौतिक पूर्वाधारकोे अनुगमन गरिएको बताइन् ।

लुमन्तीले वडा नम्बर ४ को चरिगुवाको सुकुम्बासी बस्ती शिवालय टोलमा २० फुटको सडक एजिङसहित निर्माण गरेको छ । राईका अनुसार सो स्थानमा पहिले सानो गल्ली थियो, जुन गल्ली पानी पर्दा हिलो हुन्थ्यो । बटो बढाउने क्रममा सुकुम्बासी बस्ती र अन्य स्थानीयलाई मनाउन ठूलै कसरत गर्नुपरेको राईले बताइन् ।

शिवालय टोल विकास संस्थाकी अध्यक्ष चन्द्रकला चौधरीले यहाँका ४० घरमध्ये ३ घरको मात्रै लालपूर्जा भएको बताइन् । यो बाटो पिच बन्छ भनेर भन्नुभएकोले त्यसैको आशमा रहेको चौधरीले बताइन् ।

वडा नम्बर ५ को डिपू नमूना बस्तीका ४८ परिवारलाई घर मर्मतको लागि सहयोग गरेको राईले बताइन् । सो बस्तीमा सामुदायिक वनको जग्गामा ५३ परिवार रहेका छन् । मुसहर समुदायको बाहुल्यता रहेको सो बस्तीमा केही मुस्लिम परिवारको पनि बसोबास रहेको छ । लुमन्तीले घर मर्मतमा सहयोग गरेको र वडाले बाटो मर्मत गर्न सहयोग गरेको ऋषिदेव नमूना टोल विकास संस्थाका अध्यक्ष कलाचन ऋषिदेवले बताए । उनका अनुसार सो बस्तीका अधिकांश खोलामा बालुवा चालेर तथा जंगलमा गएर दाउरा खोजेर ल्याएर गुजारा गर्ने गर्छन् । कहिलेकाहीँ वन समितिका रुँगालुले दाउरा खोसिदिने गरेको उनले गुनासो गरे । आफ्नो समुदाय शिक्षा क्षेत्रमा पछि परेको उनले बताए ।

वडा नम्बर ६ को सिसौंघारीमा रहेका ३३ घरमध्ये २५ घरलाई घर मर्मतका लागि संस्थाले ३० हजार रुपैयाँका दरले सहयोग गरेको राईले बताइन् । खोलामा मजदुरी गर्नुका साथै सिटी सफारी र अटो रिक्सा चलाएर गुजारा गर्ने बस्तीबासीमा चेतनाको विकास रहेको उनको भनाइ थियो ।

बाटो निर्माण उपभोक्ता समितिका सचिव सुरेश विश्वकर्माका अनुसार दलितहरुको सो बस्तीमा पहिले सरसफाइसम्बन्धी चेतना थिएन । शौचालयविहीन सो बस्तीमा नगरपालिकाको पहलमा अहिले शौचालय बनेको छ । लुमन्तीले पहिलो पटक गरेको सहयोगमा बाटो चौडा बनाउनुका साथै इन्टरलक इँटा बिछ्याउने काम भयो । अहिले बस्ती सुन्दर देखिएको छ । बाटोको छेउमा फूल र फलफूलका बिरुवा रोप्ने योजना रहेको पनि उनले बताए ।

विश्वकर्माका अनुसार छोराछोरीले पढे हुन्थ्यो भन्ने चाहना राख्ने सो बस्तीका बालबालिका सामुदायिक र संस्थागत दुवै किसिमको विद्यालयमा पढिरहेका छन् । वडा कार्यालयबाट राम्रो सहयोग पाइरहेको र अब आफ्नो टोलमा पुस्तकालय र बाल विकास केन्द्रको खाँचो रहेको विश्वकर्माले बताए ।

राईका अनुसार २०१७ अगस्टदेखि सुन्दरहरैंचामा कार्यरत लुमन्तीको ३ वर्षे अवधि गत अगस्टमा सकिए पनि कोभिडका कारण अवधि थप भएको बताइन् । सुन्दरहरैंचामा समुदाय, स्थानीय सरकार र सरोकारवालाको राम्रो सहयोग पाएको हुनाले काम गर्न सहज भएको उनले बताइन् ।

अनुगमनमा सहभागी जिल्ला समन्वय समिति मोरङका अध्यक्ष नरेश पोखरेलले भौतिक पूर्वाधार निर्माणका साथै समुदायलाई दीर्घकालीन रुपमा आत्मनिर्भर बनाउने खालका योजना पनि सञ्चालन गर्नुपर्ने बताए । प्रशिक्षक हुने गरी लामो अवधिको सीप विकास गराउनुपर्नेमा उनले जोड दिए । ‘गरिबी निवारणका कार्यक्रमलाई जोड्नुभयो भने स्थानीय तहले पनि समन्वय गर्न सक्छन्,’ पोखरेलले भने, ‘नत्र संस्था रहेसम्म वाहवाह हुन्छ, त्यसपछि मानिसले सहयोग गरेको नै बिर्सिन्छन् ।’

सुन्दरहरैंचा नगरपालिकाकी उपमेयर धनमाया तामाङले लुमन्तीले आवास र सीप विकासका क्षेत्रमा स्थानीयलाई सहयोग गरिरहेको बताइन् । विपन्न र लक्षित वर्गका लागि भएका धेरै कार्यक्रम तथा उपमेयर आत्मनिर्भर कार्यक्रम सञ्चालन गरेर पिछडिएको बस्तीको विकासमा सहयोग गर्न सकिने बताइन् ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

मेस्सीको अन्तर्राष्ट्रिय करिअरको सुखद अन्त्य

Published

on

बेनिनलाई ३–० गोलले पराजित गर्दै अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले अन्तर्राष्ट्रिय करिअरको सुखद अन्त्य गरेका छन् ।

करिअरको अन्तिम खेलमा मेस्सीले अर्जेन्टिनाका तीनवटै गोलमा योगदान गरे । उनले एक गोल र दुई असिस्ट गर्दै टोलीलाई जित दिलाएका हुन् ।
३९ वर्षीय मेस्सीको अर्जेन्टिनाको राष्ट्रिय जर्सीमा यो अन्तिम तथा २०८औँ खेल थियो ।
खेलको ४८औँ मिनेटमा निकोलास ओटामेन्डीले मेस्सीको कर्नरमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए । त्यसपछि ५९औँ मिनेटमा मैदान प्रवेश गरेका निको पाजले ६१औँ मिनेटमा मेस्सीको पासमा गोल गर्दै अर्जेन्टिनाको अग्रता २–० बनाए ।
त्यसको १० मिनेटपछि अर्जेन्टिनाले पाएको पेनाल्टीमा मेस्सीले गोल गरे । उक्त गोल उनको अन्तर्राष्ट्रिय करिअरको अन्तिम गोल बन्यो । खेलअघि र खेलपछि मेस्सी निकै भावुक देखिएका थिए ।
आठपटकका बालोन डी’ओर विजेता मेस्सीको सम्मानमा अर्जेन्टिनाले बेनिनविरुद्ध यो खेल आयोजना गरेको हो । २१ वर्ष लामो अन्तर्राष्ट्रिय करिअरमा उनले २०८ खेल खेल्दै १२६ गोल गरेका छन् ।
अर्जेन्टिनाले सन् २००५ मा फिफा विश्व युवा च्याम्पियनसिप जित्दा मेस्सी टोलीका सदस्य थिए । त्यसको तीन वर्षपछि उनले ओलम्पिक स्वर्ण पदक जिते । सिनियर टोलीबाट उनले सन् २०२१ र २०२४ मा कोपा अमेरिका, २०२२ मा फाइनलिसिमा तथा कप्तानका रूपमा २०२२ मा विश्वकपको उपाधि जितेका छन् ।

मेस्सीले सन् २०१४ र २०२६ मा आफ्नै कप्तानीमा अर्जेन्टिनालाई विश्वकपको फाइनलसम्म पुर्‍याएका थिए ।

Continue Reading

Banner

कांग्रेस महाधिवेशन : आज उम्मेदवारको मनोनयन दर्ता दिउँसो १२:३० देखि अपराह्न ४ बजेसम्मको समय

Published

on

काठमाडौँको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज नयाँ कार्यसमितिका लागि उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम रहेको छ ।

केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विभिन्न पदका लागि उम्मेदवारको दरखास्त तथा मनोनयनपत्र दर्ता गर्ने समय निर्धारण गरिएको छ ।

यस्तै, आज अपराह्न साढे ४ बजे उम्मेदवारको नामावली प्रकाशन, अपराह्न साढे ४ देखि साँझ साढे ५ बजेसम्म उम्मेदवारी दरखास्तमा दाबीविरोध तथा बेलुका ७ बजे उम्मेदवारको दोस्रो नामावली प्रकाशन गरिनेछ । आज निर्वाचन प्रक्रियासँगै समानान्तर रूपमा दिनभरि बन्दसत्र पनि चल्ने।

यसैगरी, असोज २१ गते बिहान ९ बजेसम्म उम्मेदवारको नामावली फिर्ता लिने र बिहान १० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ ।

असोज २२ गते बिहान ७ देखि साँझ ५ बजेसम्म मतदानको कार्यक्रम तोकिएको सदस्यसचिव कटुवालले जानकारी दिए ।

मतदान कार्यक्रम राष्ट्रिय सभागृह, खुल्लामञ्च र प्रज्ञा भवन गरी तीन ठाउँमा हुनेछ । बागमती प्रदेशका लागि सभागृह र गण्डकी तथा लुम्बिनी प्रदेशका लागि प्रज्ञा भवनलाई मतदान स्थल तोकिएको छ । यस्तै, कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि खुलामञ्चलाई मतदान स्थल बनाउने तय भएको छ ।

Continue Reading

Banner

कांग्रेस महामन्त्रीमा डा. सुनील शर्माको उम्मेदवारी घोषणा

Published

on

नेपाली कांग्रेसका नेता एवं पूर्व सांसद डा सुनीलकुमार शर्माले पार्टीको महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् । पार्टीको १५ औँ महाधिवेशन आइतबारदेखि शुरू हुँदै गर्दा शनिबार पार्टी मुख्यालयम सानेपामा पत्रकार सम्मेलन गर्दै डा शर्माले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

उनले भने, ‘मैले महामन्त्री पदमा उम्मेदवारी दर्ता गर्ने विचार गरेको छु। मेरा अग्रजहरू, मेरा साथीहरू, मुलुकभित्रबाट विभिन्न ठाउँबाट पाल्नुभएका तमाम नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि ज्यूहरूलाई यो अभियानमा तपाईंहरूले साथ दिनु हुनेछ। हामीसँगै हातमा हात मिलाएर नेपाली कांग्रेसलाई जनतासँग जोड्ने अभियान र कांग्रेस बनाउने र कांग्रेस बनिसकेपछि देश बनाउने अभियानमा तपाईंहरूले साथ दिनुहुनेछ भन्ने हाम्रो अपेक्षा छ।’

शर्माले कांग्रेसलाई दूर दराजका नागरिकसँग जोड्दै सामान्य नागरिकका समस्या र आवश्यकतालाई राजनीतिको केन्द्रमा राखेर काम गर्ने आफ्नो अभियान रहेकोसमेत बताएका छन् ।

शर्माको राजनीतिक यात्रा भने लामो छ । २०५४ सालमा कांग्रेसको सदस्य बनेर राजनीतिक यात्रा शुरू गरेका उनी १३औँ महाधिवेशनदेखि महासमिति सदस्यका रूपमा पार्टीमा सक्रिय छन्। स्पष्ट रूपमा आफ्ना धारणा राख्ने, सार्वजनिक सरोकारका विषयमा बोल्ने र कार्यकर्तासँग प्रत्यक्ष सम्पर्कमा रहने नेताका रूपमा उनको परिचय बनेको छ।

स्वास्थ्य र शिक्षाको क्षेत्रमा उनको सक्रियता बढी चर्चित भए पनि शर्माको सार्वजनिक भूमिकाको दायरा त्यतिमै सीमित छैन। सामाजिक सेवा, विपन्न तथा असहाय नागरिकका पक्षमा काम, संगठनमा कार्यकर्तासँगको सम्बन्ध र सार्वजनिक विषयमा स्पष्ट धारणा राख्ने शैली उनका राजनीतिक पहिचानका अन्य पाटा हुन्।

पछिल्लो समय गिरिजाप्रसाद कोइराला फाउन्डेसनको सभापतिको जिम्मेवारी पाएपछि उनको सामाजिक सक्रियता थप फराकिलो बनाउने प्रयास अघि बढेको छ।

फाउन्डेसनको नेतृत्व सम्हालेसँगै शर्माले आर्थिक अभावका कारण उपचार गर्न नसक्ने एक हजार बिरामीको निःशुल्क शल्यक्रिया गर्ने घोषणा गरेका छन्। स्वास्थ्य सेवामार्फत सामाजिक क्षेत्रमा जोडिएको उनको यो पहललाई समर्थकहरूले राजनीतिलाई जनजीवनसँग जोड्ने अभ्यासका रूपमा व्याख्या गर्दै आएका छन्।

महामन्त्री कांग्रेसको संगठन सञ्चालन, नीति कार्यान्वयन र कार्यकर्तासँग प्रत्यक्ष समन्वय गर्ने महत्वपूर्ण पद हो। त्यसैले १५औँ महाधिवेशनमा यो पदका आकांक्षीबीचको बहस व्यक्ति केन्द्रित मात्र छैन। पार्टीलाई कुन दिशामा लैजाने, संगठनलाई कसरी चलाउने र जनतासँगको सम्बन्ध कसरी बलियो बनाउने भन्ने विषय पनि महामन्त्रीको प्रतिस्पर्धासँग जोडिएको छ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक