कोशी प्रदेश
लुमन्तीको सहयोगमा सम्पन्न योजनाको अनुगमन, भौतिक पूर्वाधारसँगै सीप विकासमा जोड दिन अनुगमनकर्ताको सुझाव
विराटचोकः आवासका लागि सहयोग समूह लुमन्तीले सुन्दरहरैंचाका विपन्न र लक्षित समुदायका लागि निर्माण गरेका भौतिक पूर्वाधारको गत बुधबार अनुगमन गरिएको छ ।
वडा नम्बर ४, ५ र ६ मा निर्माण भएका योजनाको अनुगमन गर्ने क्रममा सहभागीले लुमन्तीको सहयोगको प्रशंसा गर्दै विपन्न र लक्षित वर्गको सीप विकासमा पनि सहयोग गर्नुपर्ने बताएका थिए । लुमन्तीकी सुन्दरहरैंचा प्रमुख लक्ष्मी राईले यसअघि सीप विकास तालीम पनि दिइएको र यसपटक हालै निर्माण सम्पन्न भएका भौतिक पूर्वाधारकोे अनुगमन गरिएको बताइन् ।

लुमन्तीले वडा नम्बर ४ को चरिगुवाको सुकुम्बासी बस्ती शिवालय टोलमा २० फुटको सडक एजिङसहित निर्माण गरेको छ । राईका अनुसार सो स्थानमा पहिले सानो गल्ली थियो, जुन गल्ली पानी पर्दा हिलो हुन्थ्यो । बटो बढाउने क्रममा सुकुम्बासी बस्ती र अन्य स्थानीयलाई मनाउन ठूलै कसरत गर्नुपरेको राईले बताइन् ।
शिवालय टोल विकास संस्थाकी अध्यक्ष चन्द्रकला चौधरीले यहाँका ४० घरमध्ये ३ घरको मात्रै लालपूर्जा भएको बताइन् । यो बाटो पिच बन्छ भनेर भन्नुभएकोले त्यसैको आशमा रहेको चौधरीले बताइन् ।
वडा नम्बर ५ को डिपू नमूना बस्तीका ४८ परिवारलाई घर मर्मतको लागि सहयोग गरेको राईले बताइन् । सो बस्तीमा सामुदायिक वनको जग्गामा ५३ परिवार रहेका छन् । मुसहर समुदायको बाहुल्यता रहेको सो बस्तीमा केही मुस्लिम परिवारको पनि बसोबास रहेको छ । लुमन्तीले घर मर्मतमा सहयोग गरेको र वडाले बाटो मर्मत गर्न सहयोग गरेको ऋषिदेव नमूना टोल विकास संस्थाका अध्यक्ष कलाचन ऋषिदेवले बताए । उनका अनुसार सो बस्तीका अधिकांश खोलामा बालुवा चालेर तथा जंगलमा गएर दाउरा खोजेर ल्याएर गुजारा गर्ने गर्छन् । कहिलेकाहीँ वन समितिका रुँगालुले दाउरा खोसिदिने गरेको उनले गुनासो गरे । आफ्नो समुदाय शिक्षा क्षेत्रमा पछि परेको उनले बताए ।

वडा नम्बर ६ को सिसौंघारीमा रहेका ३३ घरमध्ये २५ घरलाई घर मर्मतका लागि संस्थाले ३० हजार रुपैयाँका दरले सहयोग गरेको राईले बताइन् । खोलामा मजदुरी गर्नुका साथै सिटी सफारी र अटो रिक्सा चलाएर गुजारा गर्ने बस्तीबासीमा चेतनाको विकास रहेको उनको भनाइ थियो ।
बाटो निर्माण उपभोक्ता समितिका सचिव सुरेश विश्वकर्माका अनुसार दलितहरुको सो बस्तीमा पहिले सरसफाइसम्बन्धी चेतना थिएन । शौचालयविहीन सो बस्तीमा नगरपालिकाको पहलमा अहिले शौचालय बनेको छ । लुमन्तीले पहिलो पटक गरेको सहयोगमा बाटो चौडा बनाउनुका साथै इन्टरलक इँटा बिछ्याउने काम भयो । अहिले बस्ती सुन्दर देखिएको छ । बाटोको छेउमा फूल र फलफूलका बिरुवा रोप्ने योजना रहेको पनि उनले बताए ।
विश्वकर्माका अनुसार छोराछोरीले पढे हुन्थ्यो भन्ने चाहना राख्ने सो बस्तीका बालबालिका सामुदायिक र संस्थागत दुवै किसिमको विद्यालयमा पढिरहेका छन् । वडा कार्यालयबाट राम्रो सहयोग पाइरहेको र अब आफ्नो टोलमा पुस्तकालय र बाल विकास केन्द्रको खाँचो रहेको विश्वकर्माले बताए ।

राईका अनुसार २०१७ अगस्टदेखि सुन्दरहरैंचामा कार्यरत लुमन्तीको ३ वर्षे अवधि गत अगस्टमा सकिए पनि कोभिडका कारण अवधि थप भएको बताइन् । सुन्दरहरैंचामा समुदाय, स्थानीय सरकार र सरोकारवालाको राम्रो सहयोग पाएको हुनाले काम गर्न सहज भएको उनले बताइन् ।
अनुगमनमा सहभागी जिल्ला समन्वय समिति मोरङका अध्यक्ष नरेश पोखरेलले भौतिक पूर्वाधार निर्माणका साथै समुदायलाई दीर्घकालीन रुपमा आत्मनिर्भर बनाउने खालका योजना पनि सञ्चालन गर्नुपर्ने बताए । प्रशिक्षक हुने गरी लामो अवधिको सीप विकास गराउनुपर्नेमा उनले जोड दिए । ‘गरिबी निवारणका कार्यक्रमलाई जोड्नुभयो भने स्थानीय तहले पनि समन्वय गर्न सक्छन्,’ पोखरेलले भने, ‘नत्र संस्था रहेसम्म वाहवाह हुन्छ, त्यसपछि मानिसले सहयोग गरेको नै बिर्सिन्छन् ।’
सुन्दरहरैंचा नगरपालिकाकी उपमेयर धनमाया तामाङले लुमन्तीले आवास र सीप विकासका क्षेत्रमा स्थानीयलाई सहयोग गरिरहेको बताइन् । विपन्न र लक्षित वर्गका लागि भएका धेरै कार्यक्रम तथा उपमेयर आत्मनिर्भर कार्यक्रम सञ्चालन गरेर पिछडिएको बस्तीको विकासमा सहयोग गर्न सकिने बताइन् ।

Facebook Comment
Banner
कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए
नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।
निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।
यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।
पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।
१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह
Banner
चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।
खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।
Banner
आज सोनाम ल्होसार
तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।
नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login