Connect with us
Advertisement

अत्याधुनिक शौचालयभित्र पुस्तकालय, युरोपमा देखेको सपना सुन्दरहरैंचामा पूरा (शौचालय दिवस विशेष) 

Published

on

विराटचोकः पीएलओ ग्रुप प्रालिका निर्देशक भोलेश्वर दुलाल ७ वर्ष अघि पारिवारिक भ्रमणको सिलसिलामा युरोपमा थिए । त्यहाँ उनले यस्तो सार्वजनिक शौचालय देखे जसले उनलाई सोचमग्न बनाइदियो ।

एउटा शौचालयमै धेरै सुविधा उनले पहिलो पटक देखे । अब आफ्नो देशमा र आफ्नो नगरमा नै यस्ता शौचालय बनाउने भनेर उनले सपना देखिहाले । र, युरोपबाटै फर्किनासाथ उनी योजना बनाउन थाले । आफ्नै गृहनगर सुन्दरहरैँचामा एउटामात्रै होइन ८ वटा शौचालय बनाउने अठोटका साथ उनी छलफलमा जुटे ।

सुन्दरहरैंचाको विराटचोक, सलकपुर, हरैँचा, खोर्साने, मृगौलिया, बलिया, गोठगाउँ र गछियामा सुविधासम्पन्न शौचालयका बनाउने निर्णय भयो । शौचालयसँगै अत्याधुनिक इ–लाइब्रेरी, स्मोकिङ जोन, ब्युटी पार्लर, सैलुन पनि सञ्चालन गर्ने र शौचालय सफाइ गर्ने घरवारविहीन श्रमिकलाई शौचालयको तेस्रो तलामा आवास सुविधा दिने निर्णय भयो । जसका लागि जग्गा खोजी गर्दा केही ठाउँमा निःशुल्क र केही ठाउँमा कम मूल्यमा जग्गा पाइयो ।

त्यसपछि विराटचोक, सलकपुर र खोर्सानेमा भवन बनाउन शुरु भयो । यीमध्ये खोर्सानेको भवन निर्माणाधीन अवस्थामा छ । विराटचोक र सलकपुरका भवन भने निर्माण सम्पन्न भएर सञ्चालनमा आइसकेका छन् । शौचालय निर्माण महाअभियानका संयोजक दुलालले शौचालय निर्माणका लागि हालसम्म १ करोड २ लाख रुपैयाँ नगरपालिकाबाट प्राप्त भएको र १ करोड २७ लाख १६ हजार ४ सय ५२ रुपैयाँ संकलन गरिएको जानकारी दिए ।

गत असोज २७ गते प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले सलकपुरमा आयोजित कार्यक्रममा सलकपुर र विराटचोकमा बनेका सार्वजनिक शौचालयको उद्घाटन गरे । उनले सबै एकजुट भएर काम गरे सबै कुरा सम्भव हुने बताउँदै यस्तो सिर्जनशील सोच अन्य पालिकाले पनि आत्मसात गरी ती सोचलाई कार्यान्वयन गराउनुपर्नेमा जोड दिए । शौचालय निर्माणका लागि हालसम्म १ करोड २ लाख रुपैयाँ नगरपालिकाबाट प्राप्त भएको र १ करोड २७ लाख १६ हजार ४ सय ५२ रुपैयाँ संकलन गरिएको बताए । सार्वजनिक शौचालय नहुँदा सवारी साधन जंगलमा सवारी रोकी शौच गर्ने क्रम रहेकाले त्यसलाई रोक्न यो अभियानले साथ दिने उनको भनाइ थियो ।

यस्ता छन् शौचालयका विशेषता
यी शौचालयमा पुस्तकालय र एसीजडित सैलुन रहेका छन् । यस्तै धूमपान गर्नेका लागि अलग्गै कोठा (स्मोकिङ जोन) बनाइएको छ । मोबाइल चार्ज गर्ने ठाउँ हुनुका साथै महिला, पुरुष र अशक्तका लागि बेग्लाबेग्लै शौचालय र स्नानघर छन् भने रजस्वला भएका महिलाका लागि प्याडको पनि व्यवस्था छ ।  अपाङ्गमैत्री सो शौचालयको सुरक्षाका लागि गार्ड रुम पनि बनाइएको छ । बीचको तलामा इ लाइब्रेरीको व्यवस्था गरिएको छ ।

सैलुन, कफी सप, स्मोकिङ जोनको साथै तौल नाप्ने मेसिन, मोबाइल चार्ज गर्ने ठाउँ र शौचालय तल्लो तलामा रहेका छन् । भवनको दोस्रो तलामा रहने पुस्तकालयका लागि पुस्तक सङ्कलन कार्य भइरहेको छ । यसका लागि इन्द्रपुर जेसीजले समन्वय गरिरहेको छ ।

इन्द्रपुर जेसीजका अध्यक्ष गणेशप्रसाद भट्टराईका अनुसार दुवै ठाउँका पुस्तकालयका लागि १ हजार थानभन्दा बढी पुस्तक सङ्कलन भइसकेका छन् । पुस्तक सङ्कलनको लागि जेसीजका १ सय ५६ शाखालाई अनुरोध गरिएको छ । दुवै ठाउँको पुस्तकालय व्यवस्थापनका लागि तत्काललाई २ जना कर्मचारीको व्यवस्था गरिएको छ ।

हरेक दिन बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म पुस्तकालय खुला हुने गरेको भट्टराईले बताए । पाठकले पुस्तकालयमा गएर निःशुल्क अध्ययन गर्न सक्छन् । अवस्था सहज भएपछि वार्षिक शुल्क लिने योजना रहेको पनि उनले जानकारी दिए । अहिले शनिबार १ दिन पुस्तकालय बन्द भए पनि आइतबार बिदा दिएर अन्य दिन पुस्तकालय खोल्ने तयारी भइरहेको पनि उनले बताए । इच्छुक व्यक्तिले पुस्तकालयलाई पुस्तक दिएर सहयोग गर्न सक्ने र त्यसको अभिलेख राखिने पनि भट्टराईले जानकारी दिए ।

शौचालय प्रवेश गर्नका लागि शुरुमै मेसिनमा सिक्का खसाउनुपर्नेछ, अनिमात्रै ढोका खुल्छ । तर केही समयका लागि शौचालय प्रवेश पनि निःशुल्क गरिएको बताइएको छ ।

सुन्दरहरैंचा नगरपालिकाले वर्षभरि सञ्चालन हुने सबै योजनाबाट २ प्रतिशत रकम काटेर शौचालयलाई सहयोग गरेको जनाएको छ । शौचालयको फोहोरबाट ४५ घनमिटरको बायोग्यास जडान गरिएको छ । यसबाट उत्पादन हुने विद्युतले शौचालय र लाइब्रेरीका साथै अन्य ६ घरलाई बिजुली उपलब्ध हुने बताइएको छ ।

शौचालय सञ्चालनको जिम्मेवारी उद्योग वाणिज्य संघले लिएको छ ।

Banner

उच्च पहाड र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

Published

on

अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेश प्रदेशका केही ठाउँमा हुस्सु लागेको छ भने कोशी प्रदेशलगायत देशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लागेको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ भने तराई भेगमा हुस्सु लाग्ने छ । काठमाण्डौ पनि हल्का कुहिरो लागे पनि हिजोजस्तो बाक्लो छैन ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्नेछ भने बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहने छ ।

हिमपात र वर्षाका कारण दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा हवाई तथा सडक यातायातमा प्रभाव पर्ने भएकाले सम्बन्धित सबैलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

Continue Reading

Banner

आज शहीद दिवस

Published

on

विभिन्न कार्यक्रमको आयोजना गरी आज देशभर शहीद दिवस मनाइँदैछ। देश र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदको स्मरण गर्दै यो दिवस मनाउने गरिएको छ।

नेपालमा प्रजातन्त्र स्थापनार्थ आफ्नो जीवन त्याग गर्ने चार सहिद धर्मभक्त माथेमा, दशरथचन्द्र ठाकुर, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्री तथा अन्य सहिदको सम्झनामा यो दिवस मनाउने गरिन्छ।

राणा शासनविरुद्ध आवाज उठाएको भन्दै उहाँहरुलाई तत्कालीन सरकारले मृत्युदण्ड दिएको थियो। तिनै सहिदहरुको बलिदान र त्यसबाट प्राप्त प्रेरणाले जहानियाँ राणा शासनको अन्त्य भएको थियो भने नेपालमा प्रजातन्त्रको स्थापना भएको थियो।

प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा विविध कार्यक्रमको आयोजना गरिँदैछ।

यही माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ सहिद सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएको छ। विसं २०१२ देखि नै तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते सहिदको सम्झनामा दिवस मनाउन थालिएको थियो।

स्वतन्त्रताको माग गर्दा १९९७ सालमा सहिद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिइएको थियो।

Continue Reading

Banner

तनाव चर्किँदै जाँदा मध्यपूर्वमा थप अमेरिकी युद्धपोत तैनाथ

Published

on

अमेरिकाले इरानमाथि नयाँ आक्रमण गर्न सक्ने अनुमान बढ्दै जाँदा अर्को अमेरिकी युद्धपोत मध्यपूर्व आइपुगेको छ ।

मिसाइल विनाशक यूएसएस डेलबर्ट डी ब्ल्याक युद्धपोत मध्यपूर्व आइपुगेको जहाज ट्र्याकिङ साइट ’मरीनट्राफिक’ लाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । अहिले कम्तीमा १० वटा अमेरिकी युद्धपोत मध्यपूर्वमा रहेको विश्वास गरिन्छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई परमाणु कार्यक्रमबारे तत्काल सम्झौता गर्न चेतावनी दिइरहनुभएको छ । इरानभरि सरकार विरोधी प्रदर्शनमा धेरैको ज्यान गएपछि अमेरिकासँगको तनाव बढेको छ । ट्रम्पले ठूलो नौसेना समूह इरानतिर जाँदैछ भनेपछि आक्रमणको सम्भावना अझ बढेको छ ।

जवाफमा इरानका विदेशमन्त्री अब्बास अराघचीले जमिन वा समुद्रबाट हुने कुनै पनि आक्रमणको तत्काल जवाफ दिन सेना तयार रहेको बताउनुभएको छ ।

यसैबीच साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (यूएई) ले इरानमाथि आक्रमण गर्नका लागि आफ्नो भूमि वा आकाश प्रयोग गर्न नदिने बताएका छन् । यसले अमेरिकाको सम्भावित सैन्य योजनामा अवरोध सिर्जना गरेको छ ।

साउदी अरेबियामा अमेरिकाका २ हजार ३ सयभन्दा धेरै सैनिक छन् । त्यस्तै यूएईमा रहेको अल दाफ्रा एअर बेसमा ५ हजार सैनिक बस्छन् ।

साउदीका राजकुमार मोहम्मद बिन सलमानले इरानी राष्ट्रपति मसूद पेजेश्कियनलाई फोन गरेर आफ्नो भूममा रहेका पूर्वाधार आक्रमणका लागि प्रयोग गर्न नदिने बताउनुभएको हो । यस्तै यूएई सरकारले पनि इरानविरुद्ध आफ्नो भूमि र आकाश प्रयोग गर्न नदिने बताइसकेको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक