Connect with us
Advertisement

अमेरिकी संस्थाले गर्याे सुन्दरहरैचाको सार्वजनिक शौचालयको जुममार्फत् अवलोकन

Published

on

विराटचोकः विश्व शौचालय दिवसको अवसर पारी बिहीबार अमेरिकाको गैर सरकारी संस्था बिल एण्ड मेलिन्डा गेट्स फाउण्डेसनले सुन्दरहरैचा नगरपालिकामा निर्माण भएको नमुना सार्वजनिक शौचालयको जुम एपमार्फत् अवलोकन गरेको छ ।

अवलोकन कार्यक्रममा सुन्दरहरैचा नगरपालिकाका नगरप्रमुख शिवप्रसाद ढकाल र नमुना सार्वजनिक शौचालयका संयोजक भोलेश्वर दुलालले सो शौचालय बारे सस्थालाई जानकारी गराएका थिए । सो कार्यक्रम पूर्व मन्त्री गणेश शाह र विकास अनुसन्धान परिषदका निर्देशक नवराज खतिवडाको पहलमा भएको बताइएको छ ।

अत्याधुनिक शौचालयभित्र पुस्तकालय, युरोपमा देखेको सपना सुन्दरहरैंचामा पूरा (शौचालय दिवस विशेष) 

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

लगातार बढ्दै अमेरिकी डलर र युरोको भाउ

Published

on

अमेरिकी डलर र युरोपियन युरोको भाउ लगातार बढेको छ ।

नेपाल राष्ट्र बैंकले आजका निर्धारण गरेको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ७३ पैसा र बिक्रीदर १३८ रुपैयाँ ३३ पैसा कायम भएको छ ।   यो मंगलबारको भन्दा धेरै हो । मंगलबार एकको खरिदर १३७ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३७ रुपैयाँ ६४ पैसा कायम भएको छ । सोमबारको तुलनामा मंगलबार पनि भाउ बढेको थियो ।

आज  युरोपियन युरोको भाउ पनि बढेको छ । आज एकको खरिददर १५० रुपैयाँ ६२ पैसा र बिक्रीदर १५१ रुपैयाँ २८ पैसा कायम भएको छ । मंगलबार युरोपियन युरो एकको खरिदर १४९ रुपैयाँ ९८ पैसा र बिक्रीदर १५० रुपैयाँ ६४ पैसा कायम भएको थियो । यो पनि सोमबारको तुलनामा मंगलबार पनि बढेको थियो ।

यस्तै, आज युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७५ रुपैयाँ ८७ पैसा र बिक्रीदर १७६ रुपैयाँ ६३ पैसा, स्वीस फ्रयांक एकको खरिददर १६१ रुपैयाँ ०३ पैसा र बिक्रीदर १६१ रुपैयाँ ७३ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८३ रुपैयाँ २० पैसा र बिक्रीदर ८३ रुपैयाँ ५६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ०६ पैसा र बिक्रीदर ९७ रुपैयाँ ४९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०१ रुपैयाँ ९९ पैसा र बिक्रीदर १०२ रुपैयाँ ४३ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ३८ पैसा र बिक्रीदर नौ रुपैयाँ ४२ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ७७ पैसा र बिक्रीदर १८ रुपैयाँ ८५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९५ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ९६ पैसा र बिक्रीदर तीन रुपैयाँ ९८ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ५० पैसा र बिक्रीदर ३७ रुपैयाँ ६६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ६७ पैसा र बिक्रीदर ३० रुपैयाँ ८० पैसा निर्धारण गरिएको छ ।

साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ३० पैसा र बिक्रीदर नौ रुपैयाँ ३४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ७२ पैसा र बिक्रीदर १३ रुपैयाँ ७८ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ १८ पैसा र बिक्रीदर २० रुपैयाँ २७ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ७३ पैसा र बिक्रीदर १७ रुपैयाँ ८० पैसा, कुवेती दिनार एकको खरिददर ४४७ रुपैयाँ १९ पैसा र बिक्रीदर ४४९ रुपैयाँ १४ पैसा, बहराइन दिनार एकको खरिददर ३६५ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३६६ रुपैयाँ ९७ पैसा, ओमनी रियाल एकको खरिददर ३५७ रुयैयाँ ७६ पैसा र बिक्रीदर ३५९ रुपैयाँ ३२ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Continue Reading

Banner

नाइट क्लबको बिहान छत खस्दा कम्तीमा ६६ जनाको मृत्यु

Published

on

डोमिनिकन रिपब्लिकको राजधानी सान्तो डोमिंगोस्थित जेट सेट नाइट क्लबको बिहान छत खस्दा कम्तीमा ६६ जनाको मृत्यु भएका छन्। १५० भन्दा बढी घाइते भएका छन्।

प्रसिद्ध डोमिनिकन मेरेंग गायक रुबी पेरेज स्टेजमा प्रदर्शन गरिरहेका वेला अचानक अँध्यारो भएको र क्लबको छत खस्न थालेको सञ्चारमाध्यमले जनाएको छ। घटना हुँदा क्लबमा करिब एक हजार मानिस रहेको बताइएको छ।

आपतकालीन अपरेसन केन्द्र (सीओई) का निर्देशक जोआन मैनुअल मन्डेजले घटनामा ६६ जनाको मृत्यु भएको पुष्टि गरे। धेरै मानिस भग्नावशेषमा पुरिएकाले  मृतकको संख्या बढ्ने अनुमान गरिएको छ। मेन्डेजले भत्केको छतमुनि पुरिएका धेरैजसो अझै जीवित रहेकोमा आशावादी रहेको बताए।

घटनामा प्रान्तीय गभर्नर र पूर्व मेजर ५१ वर्षीय लिग बेसबल पिचर अक्टाभियो डोटेल पनि थिए। भग्नावशेषबाट निकालिएपछि अस्पताल लैजाँदै गर्दा बाटोमा उनको मृत्यु भयो।

स्थानीय मिडियाले घटनास्थलमा निर्माण क्रेन प्रयोग गरिरहेको र उद्धारकर्मी जीवित व्यक्तिहरूलाई खोज्ने कार्यमा केन्द्रित भएको उल्लेख गरेका छन्।

राष्ट्रपति लुइस अबिनाडेरले उद्धार कार्यलाई प्राथमिकता दिन घटनास्थलको अनुगमन गरेका छन्। उनले सरकार उद्धार कार्यको निरन्तर अनुगमन गरिरहेको र सबै राहत एजेन्सीले घाइतेको मद्दतमा जुटेको बताए।

Continue Reading

Banner

रियल मड्रिडको पोस्टमा आर्सनलको ३ गोल

Published

on

यूईएफए च्याम्पियन्स लिगमा आर्सनलले रियल मड्रिडलाई पराजित गरेको छ । गए राति भएको क्याटारफाइनलको पहिलो लेगमा आर्सनल ३-० ले विजयी भयो ।

यो जितसँगै आर्सनलले सेमिफाइनलमा पुग्ने सम्भावनालाई बलियो बनाएको छ ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा आर्सनलले ३ गोल गरेको हो । खेलको ५८औँ र मिनेटमा गोल गर्दै आर्सनलका डेक्लान रइसले टिमलाई अग्रता दिलाएका थिए ।

उनले नै ७०औँ मिनेटमा गोल गर्दै टिमलाई २-० को अग्रता दिलाए । ७५औँ मिनेटमा मिकेल मेरिनोले गोल गरेसँगै आर्सनल ३-० ले विजयी भयो ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

nispakshyakhabar@gmail.com
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक