Connect with us
Advertisement

नेप्सेले ब्रेक गर्याे ‘अल टाइम हाइ अलर्ट’, बजार बुलिस ट्रेण्डमा गएकै हो त

Published

on

विराटचोकः नेपाली शेयर बजार परिसूचक नेप्से छोटो समयमा नै बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । योसँगै नेपाली शेयर बजारमा नयाँ कीर्तिमान कायम भएको छ ।

आज नेप्से सूचक र कारोबार रकम दुवैले ‘अल टाइम हाइ रेकर्ड’ बनाएका हुन् । यसअघि ०७३ साल साउन १२ गते नेप्से सर्वाधिक १ हजार ८ सय ८१ दशमलव ४५ बिन्दुमा पुगेको थियो । आज नेप्से सूचक १ हजार ९ सय २६ विन्दुसम्म पुगेको थियो ।

लगानीकर्ता नेपाली शेयर बजारप्रति विश्वस्त हुँदै शेयर किनबेचमा लागेपछि नेप्सेले नयाँ रेकर्डहरु बनाउँदै गइरहेको छ ।
अझै पनि सेयर बजारमा सबैभन्दा धेरै हिस्सा ओगट्ने समूहको भाउ नबढेकाले बजार अझै धेरै माथि जान सक्ने कतिपय विश्लेषकहरुको भनाइ छ । बुलिस प्रवृत्तिमा रहेको बजारले लगानीकर्तालाई आशावादी बनाएको छ ।

बिहीबार नेप्से सूचक १८ दशमलव ४३ अंकले बढेर १ हजार ८ सय ९३ दशमलव २४ बिन्दुमा अडिएको छ । २ सय १ कम्पनीको ७० हजार ३ पटकको कारोबारबाट ७ अर्ब ६१ करोड ३० लाख ३० हजार ९१ रुपैयाँको शेयर किनबेच भएको छ । १ करोड ७१ लाख ८८ हजार ९९ कित्ता सेयर कारोबार भएको बजारमा १२ समूहमध्ये ५ वटा समूह बढेका छन् । एनएमबि माइक्रोफाइनान्स, पाँचथर पावर कम्पनी, हिमालयन ऊर्जा र आँखुखोला जलविद्युत कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।

बजारले यसअघिको रेकर्ड ब्रेक गरेको दिन बिहीबार यसअघि निरन्तर १० प्रतिशतका दरले शेयरमूल्य बढेको साल्ट ट्रेडिङको भाउ सबैभन्दा धेरै ६ दशमलव १८ प्रतिशतले घटेको छ । ङादी गु्रप, बोटलर्स नेपाल तराई र सांग्रिला डेभलपमेन्ट बैंकको ५ प्रतिशतभन्दा बढी शेयरमूल्य झरेको छ ।

नेपाल पुनर्बिमा कम्पनीको सबैभन्दा धेरै ५८ करोड १३ लाख १७ हजार, नबिल बैंकको ३८ करोड ३४ लाख ४१ हजार र शिवम् सिमेन्ट्सको २८ करोड ९१ लाख ९५ हजार रुपैयाँको शेयर किनबेच भएको छ ।

बजार मापक नेप्से सूचक उच्च बिन्दुमा पुगेसँगै समग्र बजार पूँजीकरण २५ खर्ब ३७ अर्ब कायम भएको छ ।

सम्बन्धित समाचारहरुः

नेप्से १९०० भन्दा माथि, ‘अल टाइम हाइ रेकर्ड’ पनि ब्रेक

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

झापामा तीन राउण्ड गोली हानेर हात्ती मारेको पुष्टि

Published

on

गत मंगलबार झापाकाे चारकाेसे क्षेत्रमा मृत भेटिएकाे हात्तीलाई तिन राउन्ड गाेली हानेर मारेकाे पुस्टी भएकाे छ ।   मेचीनगर नगरपालिका वडा नं. ११ स्थित कालिका सामुदायिक वनभित्र मङ्गलवार दिउँसो करिब ४० वर्ष उमेरको वयस्क हात्ती मृत अवस्थामा फेला परेको थियो ।

डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईका अनुसार कानको छेउमा गोली हानेको भेटिएको छ । हात्तीको अन्य भागमा गोली नछिर्ने भएकाले कान छेउको भागमा गोली हानेर हात्ती मारिएको हुनसक्छ । कहाँ गोली लाग्छ भनेर थाहा पाउने सिकारीको समूहले गोली हानेको देखिन्छ, उहाँले भन्नुभयो । तीन राउन्ड गोली हानेर हात्ती मारेको पाइएको उहाँले जनाउनु भएको छ ।

हात्तीको शरीरबाट गोली निकाल्न नसकिएको पनि उहाँले जानकारी दिनुभयो । धेरै भित्र गोली पसेकाले झिक्न सकिएन, राईले भन्नभयो । कुन बन्दुकबाट गोली हानिएको थियो भन्ने पत्ता लगाउनका लागि गोली झिक्न सक्नुपर्छ तर सकिएन, उहाँले जानकारी दिनुभयो । हात्तीको हड्डी दरो हुने भएकाले हतपत गोली झिक्न सकिँदैन ।

Continue Reading

Banner

लिभरपुल युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरियो

Published

on

 युरोपा लिग फुटबलमा लिभरपुल क्वाटरफाइनलबाटै बाहिरिएको छ।

गएराति दोस्रो लेगमा एटलान्टालाई १–० ले हराए पनि लिभरपुलले सेमिफाइनलमा प्रवेश गर्न सकेन। लिभरपुलका लागि मोहमद सलाहले सातौं मिनेटमा पेनाल्टीबाट गोल गरे।

जितका बाबजुद लिभरपुल समग्रमा ३–१ ले पछाडि पर्‍यो र एटलान्टा सेमिफाइनल पुग्यो। गएराति नै भएका अन्य खेलमा मार्से, रोमा र लेभरकुजनले पनि अन्तिम चारमा स्थान बनाए। मार्सेले बेनफिकालाई १–० ले हराएपछि २–२ को बराबरीमा रह्यो र टाइब्रेरमा ४–२ ले विजयी रह्यो।

रोमाले एसी मिलानलाई २–१ ले हराएर समग्रमा ३–१ को जित निकालयो। यस्तै लेभरकुजनले वेस्ट ह्यामलाई १–१ को बराबरीमा रोक्दै समग्रमा ३–१ को जित दर्ता गर्‍यो।

Continue Reading

Banner

पोर्चुगलमा समुद्रमा बेपत्ता भएका नेपाली युवाको शव भेटियो

Published

on

सामुद्रिक खाना शङ्खजन्य जीव (सेलफिस) खोज्ने क्रममा करिब दुई साताअघिदेखि पोर्चुगलमा समुद्रमा बेपत्ता भएका नेपाली युवाको शव भेटिएको छ ।

धादिङको नेत्रावती डबजोङ गाउँपालिका–५, कटुञ्जेका ३८ वर्षीय टेकबहादुर तामाङको शव समुद्री किनारमा भेटिएको हो । तामाङको शव केही दिनअघि राजधानी लिस्बनको तेरेइरो डो पासोस्थित फेरि टर्मिनल नजिकैको समुद्री किनारमा भेटिएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै मोन्तिजो नेपाली समाज पोर्चुगलका अध्यक्ष एवं नेपाली पत्रकार प्रबल भट्टराईले जानकारी दिए। शव भेटिए पनि उनको पहिचान बुधबार मात्र खुलेको थियो । बेपत्ता उनको खोजी भइरहेको थियो ।

गत अप्रिल ६ मा मोन्तिजोस्थित समुद्रमा सामुद्रिक खाना (सि फुड) खोज्ने क्रममा टेकबहादुर बेपत्ता भएका थिए भने उनीसँगै समुद्रमा गएका धादिङ नेत्रावती डबजोङ गाउँपालिका– ५, कटुञ्जेका ३० वर्षीय धनबहादुर तामाङको समुद्रमा डुबेर मृत्यु भएको थियो ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक