Connect with us
Advertisement

निकटतम प्रतिद्वन्द्वीको भन्दा दोब्बर मत ल्याएर सुन्दरबजार-२ मा नेकपाको जीत

Published

on

लमजुङः लमजुङको सुन्दरबजार नगरपालिका २ को वडाध्यक्षमा नेकपाका उम्मेद्वार नवीनकुमार श्रेष्ठ विजयी भएका छन् ।

उनले ९ सय ९३ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रकाश सेढाईले ४ सय ८२ मत पाएका थिए ।

Continue Reading

Facebook Comment

19 Comments

You must be logged in to post a comment Login

Leave a Reply

Banner

टाइब्रेकरमा जलथललाई हराउँदै गाईघाट युनाइटेड सेमिफाइनलमा, गछिया गोल्डकपमा रोमाञ्चक जीत

Published

on

एनी प्रथम गछिया गोल्डकप–२०८२को तेस्रो खेल बुधबार साँझ निकै रोमाञ्चक बन्यो। टुंगो टाइब्रेकरमै पुग्ने खेलमा उदयपुरको गाईघाट युनाइटेड फुटबल क्लबले झापाको जलथल फुटबल क्लबलाई ४–१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्यो।

 सुन्दरहरैंचा–३ का वडा अध्यक्ष विदुर प्रसाद ढुंगाना प्रमुख अतिथिको रूपमा उपस्थित रहेको खेलमा २८औँ मिनेटमा जलथलका जर्सी नम्बर २१ निश कुमार श्रेष्ठले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए। तर त्यो खुशी एक मिनेटभन्दा लामो टिकेन। गाईघाटका जर्सी नम्बर १३ विनोद राईले तुरुन्तै बराबरी गोल फर्काउँदै खेललाई पुनः तनाव–उत्साहले भरिदिए।

निर्धारित ९० मिनेटभर दुवै टोलीले थप गोल निकाल्न नसकेपछि खेलको निर्णय टाइब्रेकरमार्फत गर्नुपर्‍यो। त्यही निर्णायक चरणमा गाईघाट युनाइटेडले उत्कृष्ट प्रदर्शन गर्दै जलथल विरुद्ध ४–१ को जित दर्ता गर्यो।

आजको ‘म्यान अफ द म्याच’ गाईघाटका गोलकिपर रेम्बो चौधरी घोषित भए। निर्णायक सेभ र स्थिर प्रदर्शनका आधारमा उनले ५,१०० रुपैयाँ पुरस्कार पाए।
यसअघि पहिलो खेलमा सहलेश युवा क्लब सिराहा, दोस्रो खेलमा आयोजक गछिया युवा समाज सेमिफाइनलमा प्रवेश गरिसकेका छन्।

प्रतियोगिताको चौथो खेल भोलि दिउँसो ३ बजे हुने  छ, जसमा राष्ट्रिय जागृती फुटबल क्लब इटहरीदमक फुटबल क्लब आमनेसामने हुनेछन्। खेल संयोजक प्रलाद थोप्रा लिम्बूका अनुसार मैदानमा भोलिको भिडन्त पनि निकै प्रतिस्पर्धी हुने अपेक्षा छ।

। विजेता टोलीलाई २ लाख १ हजार, उपविजेतालाई १ लाख १ हजार, ‘म्यान अफ द सिरिज’लाई २५ हजार, र उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई ११–११ हजार रुपैयाँ दिइनेछ।
त्यसैगरी सुन्दरहरैंचा नगरपालिकाका १२ वडाका २४ जना ज्येष्ठ नागरिकलाई सम्मान तथा २ जना शारीरिक अपाङ्गता भएका नागरिकलाई व्हीलचेयर वितरण गरिने योजना छ। खेल क्षेत्रमा योगदान पुर्‍याएका स्थानीय खेलाडीहरूलाई पनि सम्मान गरिने आयोजक अध्यक्ष सरोज दाहालले बताए।

कुल ८ टोली सहभागी प्रतियोगिता मंसिर २२ गतेसम्म चल्नेछ।

Continue Reading

Banner

अन्तर्राष्ट्रिय अपाङ्गता दिवसमा इन्द्रपुर जेसीजद्वारा पाँच जनालाई ह्वीलचेयर वितरण

Published

on

अन्तर्राष्ट्रिय अपाङ्गता दिवसले इन्द्रपुरमा यस वर्ष फरक अनुभूति ल्यायो। सामान्य रूपमा कार्यक्रम, भाषण वा प्रतीकात्मक गतिविधिमा सीमित हुने दिन यसपटक इन्द्रपुर जेसीजले प्रत्यक्ष प्रभाव पार्ने कामबाट विशेष बनायो—नगरका पाँच जना शारीरिक अपाङ्गता भएका व्यक्तिलाई उपयोगी र जीवन–सहज बनाउने ह्वीलचेयर प्रदान गरेर।

कार्यक्रमका सभापति तथा इन्द्रपुर जेसीज २०२५ का अध्यक्ष आकाश दुलालका अनुसार, “ह्वीलचेयर केवल सहयोग होइन, दैनिक बाँचाइमा आवश्यक स्वतन्त्रताको आधार हो।” दुलालले अपाङ्गता भएका व्यक्तिको अधिकार, सम्मान र सुरक्षित जीवनयापन सुनिश्चित गर्ने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको बताए।

ह्वीलचेयर प्राप्त गर्नेहरूमध्ये सुन्दरहरैंचा–११ की प्रशंसा श्रेष्ठ, वडा नम्बर १० का सुसन लिम्बूकालिमान लिम्बू, वडा नम्बर ९ का अमरबहादुर राई, र वडा नम्बर १ का गोपालबहादुर कार्की थिए। उनीहरूका परिवार र आफन्तका अनुहारमा देखिएको सन्तुष्टि र राहतले कार्यक्रमको उद्देश्य झन् स्पष्ट बनाइरहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि, अपाङ्गता नगर समन्वय समिति सुन्दरहरैंचाकी अध्यक्ष मीना आचार्य, अपाङ्गता भएका व्यक्तिहरूलाई समुदायको जिम्मेवारीका रूपमा हेर्नुपर्नेमा जोड दिँदै यस्तो सहयोग निरन्तर हुनुपर्ने बताइन्।

इन्द्रपुर जेसीजको आयोजनामा र इन्द्रपुर जुनियर जेसीजको सह–आयोजनामा भइरहेको ‘जेसीज सप्ताह’अन्तर्गत यो कार्यक्रम विशेष आकर्षण बन्न पुग्यो। कार्यक्रममा महासचिव अजित बान्तवाले सञ्चालन सम्हालेका थिए भने कार्यक्रम संयोजक पार्वती गच्छदारले ह्वीलचेयर वितरण सप्ताहकै महत्वपूर्ण उद्देश्य भएको बताइन्।

Continue Reading

Banner

आयोजक गछिया युवा समाजले लिजेन्ड फुटबल क्लबलाई ७–० गोल अन्तरले पराजित

Published

on

गछियामा जारी प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण गोल्ड कप अन्तर्गत आजको खेलमा आयोजक गछिया युवा समाजले पश्चिम बंगाल भारत को लिजेन्ड फुटबल क्लबलाई ७–० गोल अन्तरले पराजित गर्दै शानदार जित दर्ज गरेको छ। खेलको सुरुमै आक्रामक रणनीति अपनाएको आयोजक टोलीले पहिलो हाफदेखि नै बल नियन्त्रण कायम राख्दै विदेशी पाहुना टोलीलाई दबाबमा राख्यो।  प्रदीप बुढाथोकी – ह्याट्रिक गोल गर्दै  ,अफ द म्याच’ घोषित भए,  बिजय उराउ – २ गोल गरे , सन्तोस खत्री – १ गोल गरे   ,
विदेशी टोली पूर्ण रूपमा दबाबमा पश्चिम बंगालको लिजेन्ड फुटबल क्लब खेलभर कुनै पनि समयमा खेलमा फर्कने मौका बनाउन सकेन। आयोजकको बलियो डिफेन्स र निरन्तर आक्रमणले विदेशी टोली निरिह देखियो।  भोलिको खेल  गाईघाट युनाइटेड र जलथल फुटबल क्लब, झापा बीच प्रतिस्पर्धा हुने आयोजक समितिले जनाएको छ। आयोजक गछिया युवा समाजले उत्कृष्ट समन्वय, रणनीति र आत्मविश्वासका साथ जित हात पारेपछि दर्शकहरूमा उत्साह झन् बढेको छ।
Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक