अर्थ
उद्योग वाणिज्य महासंघमा विजयी हुनेको नामावली
काठमाडौंः नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालले प्रतिष्पर्धी किशोर प्रधानलाई पराजित गर्दै निर्वाचित भएका छन् । उनले ५४ दशमलव २६ प्रतिशत र प्रधानले ४५ दशमलव ७४ प्रतिशत मत पाएका छन् ।
यसअघिका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्ष भएका छन् । महासंघमा अब गोल्छाको अध्यक्षतामा नयाँ टिम बनेको हो । शनिबार भएको निर्वाचनले नयाँ कार्यसमिति चयन गरेको हो ।
वस्तुगततर्फ निर्वाचित हुनेहरुः
महासंघको वस्तुगततर्फको उपाध्यक्षमा किशोर प्रधान पक्षका अञ्जन श्रेष्ठले ६२ मत ल्याएर विजयी भएका छन् । उनले प्रतिद्वन्द्वी उमेशलाल श्रेष्ठलाई २५ मतले हराउँदै विजयी भएका हुन् ।
वस्तुगततर्फको केन्द्रीय सदस्यमा १४ जना सदस्य रहनेमा दुवै पक्षबाट ७–७ जना निर्वाचित भएका छन् । वस्तुगततर्फ निर्वाचित हुने सदस्यहरुः
प्रकाशमान सिंह कार्की
सुमित केडिया
अरनिको राजभण्डारी
नरेशलाल श्रेष्ठ
भक्त बहादुर हमाल
मनिषलाल प्रधान
मीनमान श्रेष्ठ
हेमराज ढकाल
आकाश अधिकारी
गोविन्द ढुंगेल
विष्णु गैरे
शकुन्तला हिराचन
सुबोध गुप्ता
सन्दीपकुमार अग्रवाल
जिल्ला नगरतर्फको उपाध्यक्षमा किशोर प्रधान समूहबाट दिनेशलाल श्रेष्ठ विजयी भएका छन् । उनले ५८ मत पाएका छन् । उनका प्रतिष्पर्धी गुणनिधि तिवारीले ४७ मत पाए । जिल्ला नगरतर्फका १८ जना केन्द्रीय सदस्यमध्ये ११ जना प्रधान समूहका र ७ जना ढकाल समूहका विजयी भएका छन् ।
जिल्ला नगरतर्फ निर्वाचितहरुः
राजन श्रेष्ठ
तारानाथ घिमिरे
शोभाकान्त पौडेल
कमलकुमार श्रेष्ठ
गजेन्द्रकुमार भगत
चक्रबहादुर अधिकारी
अरुणराज सुमार्गी
देवकुमार श्रेष्ठ
रामेश्वर मानन्धर
कमानबहादुर खड्का
सुरकृष्ण वैद्य
कुविरकुमार श्रेष्ठ
डीबी बस्नेत
गोपाल केडिया
महेन्द्रकुमार श्रेष्ठ
उमेश डालमिया
किशोरकुमार आचार्य
अमृत भट्टचन
एशोसिएट उपाध्यक्षमा ढकाल समूहका रामचन्द्र संघई निर्वाचित भएका छन् । उनले ४ सय ५५ मत ल्याए भने प्रतिष्पर्धी सौरभ ज्योतिले ४ सय ३४ मत ल्याएका थिए ।
एशोसिएटमा १९ जना कार्यकारिणी सदस्य रहन्छन् । जसमा प्रधान समूहबाट १० जना र ढकाल समूहबाट ८ जना निर्वाचित भएका छन् । एशोसियटतर्फ निर्वाचित सदस्यहरु यसप्रकार रहेका छन्ः
अम्बिकाप्रसाद पौडेल,
अविनाश बोहरा
आनन्द बगरिया
कृष्णलाल महर्जन
गोपाल खनाल
ज्योत्स्ना श्रेष्ठ
देशबन्धु बस्नेत
प्रवलजंग पाण्डे
भरतराज आचार्य
रञ्जित आचार्य
राजेशकुमार अग्रवाल
विजयसिंह वैद्य
शक्तिकुमार बेगानी
साहिल अग्रवाल
शैलेन्द्र गुरागाई
सुशील थापा
हेमन्त गोल्छा
निर्वाचन समितिका अनुसार एशोसिएटतर्फ मंगेशलाल श्रेष्ठ र विराट थापाको मत बराबर भएको गोलामार्फत् विजयी घोषणा गरिने भएको छ ।
सम्बन्धित समाचारहरुः
चन्द्र ढकाल ५४ प्रतिशत मतसहित उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा विजयी
शेयर लगानीकर्ता पौडेलले पाए महासंघको निर्वाचनमा सबैभन्दा धेरै मत
Facebook Comment
Banner
सुन्दरहरैँचा कांग्रेस नगर उपसभापतिमा कमल ढुङ्गाना ‘कुन्दन’को उम्मेदवारी
नेपाली कांग्रेसको आसन्न नगर अधिवेशनलाई लक्षित गर्दै सुन्दरहरैँचा नगर उपसभापति पदमा कमल ढुङ्गाना ‘कुन्दन’ले उम्मेदवारी घोषणा गरेका छन्।
ढुङ्गाना हाल नेपाल तरुण दलको कार्यवाहक सभापतिको जिम्मेवारीमा छन् भने गछिया जेसीजका अध्यक्षसमेत हुन्। लामो समयदेखि सामाजिक तथा युवा क्षेत्रमा सक्रिय ढुङ्गाना युवामाझ लोकप्रिय मानिन्छन्।
सरल स्वभाव, लगनशीलता र नेतृत्व क्षमताका कारण युवापंक्तिमा आफ्नो छुट्टै पहिचान बनाएका ढुङ्गानाले पार्टी संगठनलाई थप सुदृढ बनाउँदै युवाको सहभागिता र नेतृत्व विकासलाई प्राथमिकता दिने बताएका छन्।
नगर उपसभापतिको उम्मेदवारीसँगै ढुङ्गानाले पार्टीभित्र युवाको सक्रिय सहभागिता बढाउने, संगठनलाई जनमुखी बनाउने तथा कार्यकर्ताबीचको सम्बन्धलाई थप मजबुत बनाउने आफ्नो उद्देश्य रहेको बताएका छन्।
Banner
विनाशकारी रसुवा बाढीको सरकारद्वारा ‘हिमालयन सुनामी’ नामकरण
सरकारले १० भदौमा आएको विनाशकारी रसुवा बाढीलाई ‘हिमालयन सुनामी’ नामकरण गरेको छ । सरकारले त्यही नामबाट संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा उक्त नाम सुनाएका हुन् ।
संयुक्त राष्ट्रसंघीय महासभामा जानुअघि समितिलाई भ्रमणबारे जानकारी गराउँदै मन्त्री खनालले भने, ‘अहिलेको जुन बाढी छ, मैले सुनामी भन्ने गरेको छु– हिमालयन सुनामी । जुन डिजास्टर अनुभव गरियो, जसले पछिल्लो समय कम्तीमा पनि २०/२५ वर्षदेखि बनाइराखेको समृद्धिको न्यारेटिभमा नै धक्का पुर्याएको छ,’ उनले भने ।
१० भदौमा भोटेकोसीमा आएको बाढीले रसुवा, धादिङ, नुवाकोटमा सबैभन्दा बढी प्रभावित बनाएको छ । रसुवा र नुवाकोटमा भएको क्षति भने निकै बढी छ । बस्ती नै बगाएका कारण कम्तीमा पनि १० हजार नागरिक बेपत्ता भएको अनुमान छ । विभिन्न जलविद्युत् आयोजनादेखि अन्य संरचनाहरूमा पनि क्षति पुर्याएको छ ।
लाङटाङ लिरुङ हिमालमा भएको विस्फोटपछि तिब्बतको ल्हेन्दे खोला हुँदै भोटेकोसीमा बाढी आएको थियो ।
सरकार अहिले पनि उद्धारमा सक्रिय छ । उक्त विपत्पछि सरकारले संयुक्त राष्ट्रसंघमा जलवायु परिवर्तनका कारण नेपालले क्षति व्यहोर्नुपरेको आवाज उठाउँदै छ । त्यस क्रममा सरकारले क्षतिपूर्तिको माग दाबी गर्ने तयारीसमेत गरेको छ ।
उक्त तयारीका लागि परराष्ट्रमन्त्री खनाल महसभामा जाने तयारीमा छन् । साथै, प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ६ असोजमा महासभामा भाग लिन अमेरिका जाने तयारी छ । उनले ८ असोजमा सम्बोधन गर्ने तयारी छ ।
Banner
नेपाल र बंगलादेशबीच टि-२० शृंखला कीर्तिपुरमा हुँदै
नेपालले पहिलोपटक घरेलु मैदानमा टेस्ट मान्यता प्राप्त राष्ट्र बंगलादेशविरुद्ध ऐतिहासिक अन्तर्राष्ट्रिय टि-२० शृंखला खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) र बंगलादेश क्रिकेट बोर्ड (बिसीबी) को संयुक्त आयोजनामा मार्च २०२७ मा तीन खेलको टि-२० अन्तर्राष्ट्रिय शृंखला सञ्चालन हुन लागेको हो।
त्रिभुवन विश्वविद्यालय (टियु) क्रिकेट मैदान, कीर्तिपुरमा आयोजना हुने उक्त शृंखलाका खेल वि.सं. २०८३ चैत १२, १४ र १६ गते ( सन् २०२७ मार्च २६, २८ र ३०) मा खेलिनेछन्। नेपाली टोलीले घरेलु मैदानमा कुनै टेस्ट राष्ट्रसँग द्विपक्षीय शृंखला खेल्न लागेको यो पहिलो अवसर हो।
यो शृंखला नेपालमा हालै गएको विनाशकारी बाढी तथा पहिरोमा ज्यान गुमाएका पीडितको स्मृतिमा समर्पित गरिनेछ। यसका साथै बंगलादेश क्रिकेट बोर्डले नेपालको महिला क्रिकेट, उमेर समूहका टोली, उच्च प्रदर्शन कार्यक्रम (हाई पर्फर्मेन्स) तथा प्राविधिक क्षमता अभिवृद्धिमा समेत सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner7 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login