Connect with us
Advertisement

१३ वर्षपछि पक्राउ परे कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी

Published

on

इनरुवाः जिल्ला प्रहरी कार्यालय सुनसरीले कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीहरुलाई १३ वर्षपछि पक्राउ गरेको छ । जिल्ला अदालत सुनसरीको साउन २९ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकिएका सोही स्थानका ३२ वर्षीय कृष्णकुमार धामीलाई पक्राउ गरेको हो ।

पक्राउ परेका यी प्रतिवादीलगायत अन्य साथीहरु समेतले २०६४ साल बैशाख २८ गते साथीको विवाहमा जन्ती गएको समयमा तत्कालीन एकम्बा गाविस–४ का सुनेर कुमार ठाकुरलाई सामान्य वादविवादको विषयलाई लिएर छुरा प्रहार गरी फरार भएका थिए । छुरा प्रहारबाट घाइते भएका ठाकुरको उपचारको क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरानमा मृत्यु भएको थियो ।

सो घटनापछि फरार रहेका धामीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले २०७७ साल मंसिर १२ गते उर्लाबारीबाट पक्राउ गरेको हो । पक्राउ परेका धामीलाई सम्मानित जिल्ला अदालतमा उपस्थित गराई तोकिएको कैद भुक्तानको लागि झुम्का कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

सोही घटनामा संग्लग्न रहेका स्थानीय ३२ वर्षीय टाइसन भनिने मिङमा दोर्जे शेर्पा र बक्लौरी–६ का ३२ वर्षीय तुलसी चौधरीलाई साउन २८ गते जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

आईपीएलमा कोलकाताले दिल्लीलाई ७ विकेटले हरायाे

Published

on

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ। गए राति सम्पन्न खेलमा कोलकाताले दिल्लीलाई ७ विकेटले पराजित गरेको हो।

दिल्लीले दिएको १५४ रनको लक्ष्य पछ्याएको कोलकाताले १६.३ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो। यसअघि पहिला ब्याटिङ गर्दै दिल्लीले २० ओभरमा ९ विकेट गुमाउँदै १५३ रन बनाएको थियो।

यो जितपछि कोलकाताको ९ खेलमा ६ जित र ३ हारसहित १२ अङ्क भएको छ र अङ्क तालिकामा दोस्रो स्थानमा रहेको छ। दिल्लीको भने यो यस सिजनमा छैटौँ हार हो । ११ खेलमा ५ जित र ६ हार बेहोरेको दिल्ली १० अङ्कसहित छैटौँ स्थानमा रहेको छ।

Continue Reading

Banner

‘अभागी’ डम्बर, पहिले बुवासँग हारे अहिले छोरासँग

Published

on

इलामको क्षेत्र नं २ बाट दुई पटक चुनाव लडेका नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्का ‘अभागी’ सावित भएका छन्।

यस अघिको संसदीय चुनावमा संविधानसभा अध्यक्ष सुवास नेम्बाङसँग उनी हारेका थिए। उनै संविधानसभा अध्यक्ष नेम्बाङको निधनपछि भएको उपचुनावमा उनकै छोरा सुहाङसँग पनि हारेका छन्।

यसपटकको उपचुनावमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङले जित हासिल गरेर संसदीय यात्राको सुरुवात गरेका हुन्। उनले बुवाको विरासत जोगाउँदै उपचुनावमा विजयी बने।

गएको चुनावमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत दलहरू मिलेर बनाएको गठबन्धनमा पनि १४४ मतको अन्तरले खड्का चुनाव हारेका थिए। अहिले सुहाङसँग पनि हारे। यसपाली त झन् ५ हजार ८३० मतको फराकिलो अन्तरले उनले चुनाव हारेका हुन्।

सुहाङले २७ हजार ७७२ मत प्राप्त गर्दा कांग्रेसका खड्का २१ हजार ९४२ मत पाएका हुन्।

२०७९ मा सुवासले ३० हजार २० मत ल्याएका थिए भने खड्काले २९ हजार ९०६ मत ल्याएका थिए ।

Continue Reading

Banner

आज – १८ बैशाख २०८१ मंगलवार को राशिफल

Published

on

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) वाणीमा कुशलता आउने दिन परेको छ । करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ । यात्रा गर्ने अवसर पनि जुट्नेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) परोपकारजन्य कार्यमा लगाव बढ्ने र धन सञ्चयको अवसर प्राप्त हुनेछ । आजको दिन मनोरञ्जनपूर्ण रहनेछ । व्यवसायिक क्षेत्रबाट पनि लाभ हुनेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज कामको सन्दर्भमा आउँने प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै महत्वपूर्ण उपलब्धि हासिल गर्न सकिनेछ । सजिलै अरूको मन जित्न पनि सकिनेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज भाग्यले साथ दिनेछ । आज परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ । आफन्तजनहरू खुसी हुने समाचार दिन सकिन्छ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ । परोपकारी कार्यमा संलग्न भइनेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ । आम्दानीमा पनि कमी आउनेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) धार्मिक र सामाजिक महत्त्व भएको क्षेत्रमा भ्रमण हुनसक्छ । दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज मन खिन्न हुने स्थिति आउनेछ । महत्त्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुहोला । राजनीतिक कार्यमा बाधा पनि आउनसक्छ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज घरमा कुटुम्बको आगमन हुने एवं परिवारमा नयाँ सदस्य थपिन पनि सक्ने सम्भावना छ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर पनि जुट्ला ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) निर्णय कार्यान्वयन हुन सक्दैनन् । आफ्नो विचार विपरित निर्णय हुनेछ । नजिकका व्यक्तिबाट काममा बाधा आउला । आत्मबलमा कमी आउनेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज यात्रा गर्दा ध्यान दिनुहोला बाटोमा दुःख हुन सक्छ । स्वरोजगारीका निम्ति दौडधुप गर्नुपर्ने हुन सक्छ, तर आफन्तको साथ र सहयोग पाइनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहो

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक