Connect with us
Advertisement

शेयर बजारमा आज बने ५ वटा कीर्तिमान

Published

on

विराटचोकः शेयर बजारमा आज ५ वटा कीर्तिमान कायम भएका छन् । प्रि ओपन सेसनमा १ प्रतिशतले बढेको बजार बन्द हुने समयसम्ममा ३ दशमलव ९६ प्रतिशत बढेर बन्द भएको छ बजार आज ७५ दशमलव २ अंकले माथि गएको हो । एकै दिन ७५ अंक बढेर बजारले रेकर्ड कायम गरेको हो ।

कारोबार सुरु भएदेखि नै बैंकिङ समूहमा लगानीकर्ता आकर्षित हुँदा नेप्से परिसूचक, कारोबार रकम, कारोबार संख्या र कारोबारमा आएका शेयर संख्याले पुराना रेकर्ड तोडेको हो ।

नेप्से परिसूचक ७५ अंकले बढेर १ हजार ९ सय ६८ दशमलव २७ अंक पुगेको छ । नेप्से सूचकले पनि यो नयाँ कीर्तिमान बनाएको हो । गत बिहीबार नेप्सेले चार वर्षअघिको अलटाइम हाइको रेकर्डलाई ब्रेक गरेको थियो ।

आज ९ अर्ब २२ करोड ७३ लाख ४८ हजार ३ सय ४८ रुपैयाँको शेयर कारोबार भएर रेकर्ड कायम भएको छ । गत बिहीबार झण्डै ८ अर्बको कारोबार भएर रेकर्ड कायम भएको थियो ।

त्यस्तै, आइतबार हालसम्मकै सर्वाधिक २ करोड ५९ लाख ४५ हजार ३ सय ८० कित्ता शेयर किनबेच भएर अर्काे कीर्तिमान कायम भएको छ ।

एकै दिन ८० हजार २ सय ७१ पटक शेयर किनबेच भएर पनि आज अर्काे कीर्तिमान कायम भएको छ ।

बजार बढेसँगै समग्र बजार पूँजीकरणले पनि आज रेकर्ड कायम गरेको छ । आज समग्र बजार पूँजीकरण २६ खर्ब ३७ अर्ब ९८ करोड कायम भएको छ । यसअघि बिहीबार २५ खर्ब ३७ अर्बको बजार पूँजीकरणको कीर्तिमान कायम भएको थियो ।

यसरी आज नेपाली शेयर बजारमा, समग्र इन्डेक्स, बढेको इन्डेक्स, कारोबार संख्या, कारोबार रकम, कारोबार भएको कित्ता र समग्र बजार पूँजीकरण गरी ६ वटा विधामा नयाँ रेकर्ड कायम भएको हो ।

सम्बन्धित समाचारहरुः

बैंकिङ समूहले तान्यो नेप्से, ३ घण्टामा ७ अर्बभन्दा बढीको कारोबार

शेयर बजारप्रति लगानीकर्ता आकर्षित, २ घण्टामा ५ अर्बको कारोबार, ४ प्रतिशतले बढ्यो नेप्से

शेयर बजारमा १ घण्टामै भयो २ अर्बको कारोबार

प्रि ओपनमा १ प्रतिशतले बढ्यो शेयर बजार

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५० भन्दा बढी घाइते

Published

on

उत्तरी भारतको एक्सप्रेसवेमा मंगलबार बाक्लो कुहिरोको बीचमा सातवटा बसहरू एकअर्कासँग ठोक्किएर आगलागी हुँदा कम्तिमा चार जनाको मृत्यु हुनुका साथै ५० जना भन्दा बढी घाइते भएको स्थानीय प्रहरीलाई उदृत गर्दै सिन्ह्वाले जनाएको छ । प्रहरीले मथुरा जिल्लाको दिल्ली–आगरा एक्सप्रेसवेमा बसहरूको ठक्करको कारणले उनीहरूको  ज्यान गएको जनाउदै घटनाको पुष्टि गरेको छ ।  घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।सामाजिक सञ्जालमा राखिएको भिडियो फुटेजमो गाडीबाट ठुलो आगो निस्किएको देखाइएको छ । घाइतेहरू मध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्ने सम्भावना रहेको बताइएको छ ।

Continue Reading

Banner

सातौँ झापा गोल्डकप माघको अन्तिम हप्तादेखि हुने

Published

on

झापा गोल्डकपको सातौँ संस्करण आउँदो माघ अन्तिम हप्तादेखि हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फ)ले निकालेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि शुरु हुने भएको हो ।

गएको वैशाखमा ज्यान गुमाएका झापा गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडमा रहेको डोमालाल राजवंशी रङ्गशालामा हुनेछ । प्रतियोगितामा तीन विभागीय टोली, दुई विदेशी, झापा ११ एफसी र ‘ए’ डिभिजनसहित १० टोली सहभागिता हुने गोल्डकपका अध्यक्ष केदार गिरीले जानकारी दिनुभयो ।

प्रतियोगिताको फाइनल खेल फागुन ४ गते हुनेछ । प्रतियोगिताको विजेताले नगद १५ लाख र उपविजेताले ८ लाख रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगिता सम्पन्न गर्न झन्डै १ करोड ५० लाख रुपैयाँ खर्च अनुमान गरिएको कोषाध्यक्ष चन्द्र कट्टेलले जानकारी दिनुभयो ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एउटा मोटरसाइकल, उत्कृष्ट गोलकिपर, उच्च गोलकर्ता, उदीयमान खेलाडी र प्रशिक्षकलाई जनही २५ हजार तथा हरेक खेलको प्लेयर अफ द म्याचलाई नगद ११ हजार रुपैयाँ दिइने आयोजकले जनाएको छ ।

Continue Reading

Banner

एमाले अध्यक्ष चयनका लागि आज मतदान, ओली–पोखरेल आमनेसामने

Published

on

नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ । केन्द्रीय निर्वाचन आयोगका अनुसार मतदान बन्दसत्र स्थल भृकुटीमण्डप काठमाण्डौमा दिउँसो १ बजेदेखि शुरु हुनेछ ।

मतदान बेलुका ७ बजेसम्म चल्नेछ । अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलसहित प्रतिस्पर्धामा हुनुहुन्छ । आयोगले हिजो अबेर सार्वजनिक गरेको उम्मेदवारको प्रारम्भिक नामावलीअनुसार अध्यक्ष पदमा ओली र पोखरेलबीच नै प्रतिस्पर्धा हुने भएको हो ।

महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिँदैछ । आयोगका अध्यक्ष डा. विजय सुब्बाका अनुसार ल्याइएका एक सय वटा मेसिनमध्ये ८० वटा मतदानका लागि प्रयोग हुनेछन् ।

बाँकी १० वटा अभ्यासका लागि र १० वटा अतिरिक्त मेसिनको रूपमा राखिएको छ । एक जनाले मत खसाल्न झण्डै २५ देखि ३० मिनेट समय लाग्ने अनुमान छ । महाधिवेशनमा कुल २ हजार २ सय ६३ प्रतिनिधि सहभागी छन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक