Connect with us
Advertisement

इटहरीमा १५ शैय्याको अस्पताल भवनको शिलान्यास

Published

on

इटहरीः सोमबार इटहरीमा १५ शैय्याको अस्पताल भवनको शिलान्यास भएको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले इटहरी– ९ स्थित इटहरी अस्पतालको प्राङ्गणमा सो भवनको शिलान्यास गरेका हुन् ।

नेपालको इतिहासमा यस्तो कार्यको थालनी पहिलो पटक भएको बताउँदै मुख्यमन्त्री राईले जनताले सङ्घीयता आएको महसुस गर्न पाएको बताए ।

ग्रामीण क्षेत्रमा स्वास्थ्य संस्थाको पहुँच पुर्याउने उद्देश्यले सङ्घीय सरकारको कार्यक्रम अन्तर्गत १८ करोड ६८ लाख २ हजार रुपैयाँ लागतमा भवन बन्न लागेको इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले जनाए ।

उपमेयर लक्ष्मी गौतमले इटहरीमा ५ वटा स्वास्थ्य चौकी चाँडै शिलान्यास गरिने बताइन् ।
सम्बन्धित समाचारहरुः

बेलबारीमा १५ शैय्याको अस्पतालको शिलान्यास

३९६ पालिकामा आज एकैसाथ अस्पताल शिलान्यास हुँदै, प्रदेश १ का ८६ पालिकामा बन्ने

  

 

Continue Reading

Facebook Comment

1 Comment

Banner

गोवास्थित नाइटक्लबमा भीषण आगलागी, २३ जनाको मृत्यु

Published

on

भारतको गोवामा रहेको एक नाइटक्लबमा गएराति भएको भीषण आगलागीमा कम्तीमा २३ जनाको ज्यान गएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार ग्यास सिलिन्डर विस्फोटका कारण आगलागी भएको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ।

मृतकमध्ये धेरैजसो नाइटक्लबका कर्मचारी रहेका छन् भने केही पर्यटक पनि परेका छन्। आगलागी उत्तरी गोवाको अर्पोरा क्षेत्रमा रहेको क्लबमा भएको बताइएको छ।

गोवाका मुख्यमन्त्री प्रमोद सावन्तका अनुसार मृतकमध्ये धेरैजना क्लबको भान्छामा काम गर्ने कर्मचारी रहेका छन्। घटनापछि स्थानीय प्रहरीले विस्तृत अनुसन्धान सुरु गरेको छ।

Continue Reading

Banner

एनपीएल: लिग चरणको अन्तिम खेलमा आज जनकपुर र कर्णाली आमनेसामने

Published

on

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज लिग चरणको अन्तिम खेल जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशालामा खेल दिउँसो ३:३० बजे सुरु हुनेछ।

दुवै टोली प्ले–अफको दौडबाट बाहिरिसकेकाले आजको खेल ‘प्रतिष्ठाको खेल’ मात्र हुनेछ। ६ खेलमध्ये १ जीतसहित कर्णाली सातौँ स्थानमा छ भने समान नतिजासहित साविक विजेता जनकपुर तालिकाको पुछारमा छ।

Continue Reading

Banner

आज २०८२ मंसिर २१ गतेको राशिफल

Published

on

आज २०८२ साल मंसिर २१ गते आइतबार तदनुसार सन् २०२४ डिसेम्बर ७ तारिख । पुस कृष्णपक्षको तृतिया तिथि । अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस ।

मेष – आम्दानी बढ्ने, लगानीमा फाइदा। कर्तव्यपालन गरे दिन सहज। शिक्षा क्षेत्र अनुकूल।
वृष – मिष्ठान्न खाने योग, परिवारसँग घुमफिर। स्वास्थ्य सुधार, आय वृद्धि।
मिथुन – उद्देश्य परिवर्तनले सफलता। विदेश–सम्बन्धी लगानी लाभदायी। प्रेम सम्बन्ध राम्रो।
कर्कट – सामान्य दिन। पश्चिमतर्फको लामो यात्रा टार्नु राम्रो। उपचारमा सुधार।
सिंह – विपक्षीबाट प्रशंसा तर खर्च बढ्ने। स्वास्थ्यमा जोखिम, परिवारमा खटपटी।
कन्या – कार्य सहज, शिक्षा तथा विदेश लगानी लाभदायी। राजनीतिमा अवसर।
तुला – शिक्षा/परीक्षामा सफलता। खानपानमा लापरबाहीले रोग जोखिम। व्यापार लाभदायी।
वृश्चिक – दाजुभाइको सहयोग। निर्णयमा साथीको सल्लाह उपयोगी। स्वास्थ्यमा समस्या।
धनु – सहज दिन, रोगसँग लड्ने क्षमता वृद्धि। राज्यबाट जिम्मेवारी पाउने योग।
मकर – सञ्चित धन खर्च, स्वास्थ्य समस्या। परिवारमा विवाद सम्भावना।
कुम्भ – मन शान्त। दैनिक काम सफल। आजको लगानी दीर्घकालीन फाइदायुक्त।
मीन – सामान्य दिन। बोलचालमा सचेत हुनुपर्ने। प्राविधिक शिक्षामा प्रगति।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक