कला / साहित्य
‘नझरेका फूलहरु’को पलेँटी साँझमा नारायण गोपालको सम्झना
विराटचोकः नझरेका फूलहरु पलेँटी साँझको १९ औँ शृङ्खला शुक्रबार साँझ सम्पन्न भएको छ । स्वर सम्राट नारायण गोपालको ३० औँ स्मृति दिवसमा आयोजना गरिएको कार्यक्रममा गायक राज सिग्देलले नारायण गोपालका कालजयी गीत गाएका थिए । यस्तै कार्यक्रममा लोकप्रिय गायिका प्राश्ना शाक्यलाई नझरेका फूलहरुद्वारा सम्मान गरिएको थियो । धरानमा जन्मिएर नेपाली साङ्गितिक क्षेत्रमा पुर्याएकाे याेगदानकाे कदर गर्दै सम्मान गरिएकाे हाे । ए वान पिज्जा हाउस मुख्य प्रायोजक रहेको कार्यक्रममा प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख शिवप्रसाद ढकाल रहेका थिए ।

कलाकारलाई दर्शक स्रोता सामु परिचित गराउँदै मोरङको सुन्दरहरैंचालाई साहित्य र कलाको क्षेत्रमा राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा लोकप्रिय बनाउनका निम्ति विराटचोकमा यस्तो कार्यक्रम गर्दै आएको नझरेका फूलहरुका प्रस्तोता केपी घिमिरेले बताए ।

विश्वमा फैलिएको कोरोना भाइरसका कारण धेरै समयपछि कलाकार र दर्शक, स्रोताबीचको भेट विशेष रहेको थियो । कार्यक्रमको तबला बादकमा विपी सिंह र गितारमा विकास सुनार रहेका थिए । कला साहित्यका पारखी दर्शक धरान, बिर्तामोड, दमक, विराटनगर, इटहरी, पथरी, मिक्लाजुङ, बेलबारीलगायत ठाउँबाट समेत आएका थिए । कार्यक्रम संयोजक कवि छवि वैरागी घिमिरेले कार्यक्रममा उपस्थितलाई स्वागत गरेका थिए ।

कवि मनु मञ्जिलले दुःखको बेलामा पनि विशेष कार्यक्रम आयोजना हुनु सुखद पक्ष भएको बताए । ‘जब कला, गीत, साहित्य संगीतको सफल उपस्थिति हुन्छ त्यो बेलामा शत्रु भए शत्रु पनि बिर्सन्छौँ’, मञ्जिलले भने, ‘ऋण भए ऋण पनि बिर्सिएर हामीभित्रको मानव हाँसेर बिउँझने गर्छ ।’
गायक सिग्देलले महिनैपिच्छे यस्ता कार्यक्रममा बस्ने बानी भएको तर महामारीले गर्दा धेरै समयपछि माइक्रोफोन समात्न पाएको र यसरी दर्शक सामु उपस्थित हुन पाउँदा खुसी लागेको बताए । आफ्ना अनुभव सुनाउँदै उनले नारायण गोपाल, भक्तराज आचार्य, तारादेवी, रामकृष्ण ढकालका गीत र केही आफ्ना लोकप्रिय गीत प्रस्तुत गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि ढकालले आआफ्नो विषयमा सबैले योगदान गर्नुपर्ने बताउँदै जो जहाँ जुन क्षेत्रमा लागे पनि त्यहाँ अब्बल विषयको ज्ञान लिएर अगाडि बढेमा गन्तव्यमा पुगिने बताए । नगरले साहित्य कलाका क्षेत्रमा बजेट विनियोजन गरेको र यस क्षेत्रलाई अघि बढाउन हरदम लागिपर्ने उनले बताए ।

यस्तै गायक दुर्गा पराजुलीले पनि सम्झनामा नारायण गाेपालकाे एउटा गीत प्रस्तुत गरेका थिए । कार्यक्रमको प्रयोजक आर एन जी ग्रुप विराटचोक, गोकुलम रिसोर्ट, जय दुर्गे इलेक्ट्रोनिक्स, महालक्ष्मी ट्रेर्डस रहेका थिए । एपी वान पिज्जा हाउस बुधबारेमा भएको कार्यक्रको सभापतित्व कार्यक्रमको मुख्य प्रायोजक रहेको पिज्जा हाउसका सञ्चालक ज्ञनबहादुर थापा रहेका थिए ।

Facebook Comment
Banner
उच्च पहाड र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेश प्रदेशका केही ठाउँमा हुस्सु लागेको छ भने कोशी प्रदेशलगायत देशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लागेको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ भने तराई भेगमा हुस्सु लाग्ने छ । काठमाण्डौ पनि हल्का कुहिरो लागे पनि हिजोजस्तो बाक्लो छैन ।
कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्नेछ भने बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहने छ ।
हिमपात र वर्षाका कारण दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा हवाई तथा सडक यातायातमा प्रभाव पर्ने भएकाले सम्बन्धित सबैलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
Banner
आज शहीद दिवस
विभिन्न कार्यक्रमको आयोजना गरी आज देशभर शहीद दिवस मनाइँदैछ। देश र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदको स्मरण गर्दै यो दिवस मनाउने गरिएको छ।
नेपालमा प्रजातन्त्र स्थापनार्थ आफ्नो जीवन त्याग गर्ने चार सहिद धर्मभक्त माथेमा, दशरथचन्द्र ठाकुर, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्री तथा अन्य सहिदको सम्झनामा यो दिवस मनाउने गरिन्छ।
राणा शासनविरुद्ध आवाज उठाएको भन्दै उहाँहरुलाई तत्कालीन सरकारले मृत्युदण्ड दिएको थियो। तिनै सहिदहरुको बलिदान र त्यसबाट प्राप्त प्रेरणाले जहानियाँ राणा शासनको अन्त्य भएको थियो भने नेपालमा प्रजातन्त्रको स्थापना भएको थियो।
प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा विविध कार्यक्रमको आयोजना गरिँदैछ।
स्वतन्त्रताको माग गर्दा १९९७ सालमा सहिद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिइएको थियो।
Banner
तनाव चर्किँदै जाँदा मध्यपूर्वमा थप अमेरिकी युद्धपोत तैनाथ
अमेरिकाले इरानमाथि नयाँ आक्रमण गर्न सक्ने अनुमान बढ्दै जाँदा अर्को अमेरिकी युद्धपोत मध्यपूर्व आइपुगेको छ ।
मिसाइल विनाशक यूएसएस डेलबर्ट डी ब्ल्याक युद्धपोत मध्यपूर्व आइपुगेको जहाज ट्र्याकिङ साइट ’मरीनट्राफिक’ लाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । अहिले कम्तीमा १० वटा अमेरिकी युद्धपोत मध्यपूर्वमा रहेको विश्वास गरिन्छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई परमाणु कार्यक्रमबारे तत्काल सम्झौता गर्न चेतावनी दिइरहनुभएको छ । इरानभरि सरकार विरोधी प्रदर्शनमा धेरैको ज्यान गएपछि अमेरिकासँगको तनाव बढेको छ । ट्रम्पले ठूलो नौसेना समूह इरानतिर जाँदैछ भनेपछि आक्रमणको सम्भावना अझ बढेको छ ।
जवाफमा इरानका विदेशमन्त्री अब्बास अराघचीले जमिन वा समुद्रबाट हुने कुनै पनि आक्रमणको तत्काल जवाफ दिन सेना तयार रहेको बताउनुभएको छ ।
यसैबीच साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (यूएई) ले इरानमाथि आक्रमण गर्नका लागि आफ्नो भूमि वा आकाश प्रयोग गर्न नदिने बताएका छन् । यसले अमेरिकाको सम्भावित सैन्य योजनामा अवरोध सिर्जना गरेको छ ।
साउदी अरेबियामा अमेरिकाका २ हजार ३ सयभन्दा धेरै सैनिक छन् । त्यस्तै यूएईमा रहेको अल दाफ्रा एअर बेसमा ५ हजार सैनिक बस्छन् ।
साउदीका राजकुमार मोहम्मद बिन सलमानले इरानी राष्ट्रपति मसूद पेजेश्कियनलाई फोन गरेर आफ्नो भूममा रहेका पूर्वाधार आक्रमणका लागि प्रयोग गर्न नदिने बताउनुभएको हो । यस्तै यूएई सरकारले पनि इरानविरुद्ध आफ्नो भूमि र आकाश प्रयोग गर्न नदिने बताइसकेको छ ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login