कला / साहित्य
‘नझरेका फूलहरु’को पलेँटी साँझमा नारायण गोपालको सम्झना
विराटचोकः नझरेका फूलहरु पलेँटी साँझको १९ औँ शृङ्खला शुक्रबार साँझ सम्पन्न भएको छ । स्वर सम्राट नारायण गोपालको ३० औँ स्मृति दिवसमा आयोजना गरिएको कार्यक्रममा गायक राज सिग्देलले नारायण गोपालका कालजयी गीत गाएका थिए । यस्तै कार्यक्रममा लोकप्रिय गायिका प्राश्ना शाक्यलाई नझरेका फूलहरुद्वारा सम्मान गरिएको थियो । धरानमा जन्मिएर नेपाली साङ्गितिक क्षेत्रमा पुर्याएकाे याेगदानकाे कदर गर्दै सम्मान गरिएकाे हाे । ए वान पिज्जा हाउस मुख्य प्रायोजक रहेको कार्यक्रममा प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख शिवप्रसाद ढकाल रहेका थिए ।

कलाकारलाई दर्शक स्रोता सामु परिचित गराउँदै मोरङको सुन्दरहरैंचालाई साहित्य र कलाको क्षेत्रमा राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा लोकप्रिय बनाउनका निम्ति विराटचोकमा यस्तो कार्यक्रम गर्दै आएको नझरेका फूलहरुका प्रस्तोता केपी घिमिरेले बताए ।

विश्वमा फैलिएको कोरोना भाइरसका कारण धेरै समयपछि कलाकार र दर्शक, स्रोताबीचको भेट विशेष रहेको थियो । कार्यक्रमको तबला बादकमा विपी सिंह र गितारमा विकास सुनार रहेका थिए । कला साहित्यका पारखी दर्शक धरान, बिर्तामोड, दमक, विराटनगर, इटहरी, पथरी, मिक्लाजुङ, बेलबारीलगायत ठाउँबाट समेत आएका थिए । कार्यक्रम संयोजक कवि छवि वैरागी घिमिरेले कार्यक्रममा उपस्थितलाई स्वागत गरेका थिए ।

कवि मनु मञ्जिलले दुःखको बेलामा पनि विशेष कार्यक्रम आयोजना हुनु सुखद पक्ष भएको बताए । ‘जब कला, गीत, साहित्य संगीतको सफल उपस्थिति हुन्छ त्यो बेलामा शत्रु भए शत्रु पनि बिर्सन्छौँ’, मञ्जिलले भने, ‘ऋण भए ऋण पनि बिर्सिएर हामीभित्रको मानव हाँसेर बिउँझने गर्छ ।’
गायक सिग्देलले महिनैपिच्छे यस्ता कार्यक्रममा बस्ने बानी भएको तर महामारीले गर्दा धेरै समयपछि माइक्रोफोन समात्न पाएको र यसरी दर्शक सामु उपस्थित हुन पाउँदा खुसी लागेको बताए । आफ्ना अनुभव सुनाउँदै उनले नारायण गोपाल, भक्तराज आचार्य, तारादेवी, रामकृष्ण ढकालका गीत र केही आफ्ना लोकप्रिय गीत प्रस्तुत गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि ढकालले आआफ्नो विषयमा सबैले योगदान गर्नुपर्ने बताउँदै जो जहाँ जुन क्षेत्रमा लागे पनि त्यहाँ अब्बल विषयको ज्ञान लिएर अगाडि बढेमा गन्तव्यमा पुगिने बताए । नगरले साहित्य कलाका क्षेत्रमा बजेट विनियोजन गरेको र यस क्षेत्रलाई अघि बढाउन हरदम लागिपर्ने उनले बताए ।

यस्तै गायक दुर्गा पराजुलीले पनि सम्झनामा नारायण गाेपालकाे एउटा गीत प्रस्तुत गरेका थिए । कार्यक्रमको प्रयोजक आर एन जी ग्रुप विराटचोक, गोकुलम रिसोर्ट, जय दुर्गे इलेक्ट्रोनिक्स, महालक्ष्मी ट्रेर्डस रहेका थिए । एपी वान पिज्जा हाउस बुधबारेमा भएको कार्यक्रको सभापतित्व कार्यक्रमको मुख्य प्रायोजक रहेको पिज्जा हाउसका सञ्चालक ज्ञनबहादुर थापा रहेका थिए ।

Facebook Comment
Banner
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश साथै कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने मधेस र कोशी प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानमा कोशी, लुम्बिनी र कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । देशका पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराईका केही स्थान र मधेश प्रदेश तथा सुदूरपश्चिमको तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
त्यसैगरी आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका केही स्थान मधेस तथा कर्णाली पहाडी भूभागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनुहुन र विभागको पछिल्लो सूचनामा अद्यावधिक रहन महाशाखाको अनुरोध छ । रासस
Banner
मनसुनी वायुको प्रभाव: देशका केही स्थानमा भारी वर्षाको सम्भावना
हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ ।
विभागका अनुसार देशभर अधिकांश बादल लागेको छ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । देशको पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
विभागद्वारा मौसम ‘बुलेटिन’का अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा, मधेस प्रदेश तथा कर्णाली पहाडी भू–भागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
Banner
गछिया खोला भ्याट भ्रष्टाचार प्रकरण : तिलक आलेविरुद्ध अख्तियार सर्वोच्चमा
आन्तरिक राजस्व कार्यालय, धरानका तत्कालीन कर अधिकृत तिलक आलेसमेतका प्रतिवादी रहेको भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ।
आयोगका अनुसार सुन्दरहरैँचा नगरपालिकास्थित गछिया खोलाबाट आर्थिक वर्ष २०७६-०७७ मा नदिजन्य पदार्थ उत्खनन् गर्ने क्रममा प्राप्त हुने राजस्वमध्ये आन्तरिक राजस्व कार्यालयमा दाखिला गर्नुपर्ने मूल्य अभिवृद्धि कर (भ्याट) रकम दाखिला नगरी भ्रष्टाचार गरिएको आरोपमा तिलक आलेसमेतका प्रतिवादीविरुद्ध मुद्दा दायर गरिएको थियो।
उक्त प्रकरणमा आयोगले प्रतिवादीहरूबाट रु. १ करोड २३ लाख ६९ हजार ६४९ रुपैयाँ ६९ पैसा बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र १७ बमोजिम कसुर ठहर गरी कैद तथा बिगो बराबर जरिवानासहितको सजाय माग गर्दै विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरेको थियो।
तर विशेष अदालतले मिति २०८२।१२।१० मा गरेको फैसलाबाट प्रतिवादीहरूलाई आंशिक सफाइ दिएको थियो। उक्त फैसलाप्रति चित्त नबुझेपछि आयोगले मिति २०८३।०४।०४ गते सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरेको जनाएको छ।
आयोगले विशेष अदालतको फैसलाको कानुनी परीक्षण आवश्यक रहेको भन्दै अभियोगमा प्रस्तुत प्रमाण र तथ्यका आधारमा पुनरावेदन प्रक्रिया अघि बढाएको हो।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login