Connect with us
Advertisement

कादम्बिनीको साधारण सभामा नयाँ नेतृत्वको प्रशंसा

Published

on

विराटचोकः कादम्बिनी कृषि सहकारी संस्था सुन्दरहरैंचा–७ को ८ औँ वार्षिक साधारण सभाको अवसरमा बोल्ने वक्ताहरुले संस्थाको नयाँ नेतृत्वले संस्थालाई सबैतिर चिनाउने काम गर्नुको साथै शेयर सदस्यको हितको लागि गरेको काम प्रशंसनीय भएको बताएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि सुन्दरहरैंचाको वडा नम्बर ७ का अध्यक्ष चैतन्यप्रसाद सिटौलाले पछिल्लो समय कादम्बिनीले प्रशंसनीय काम गर्दै आएको बताए । एकै वडामा एकै प्रकृतिको एउटामात्रै सहकारी हुने भएकाले कृषि सहकारीको रुपमा कादम्बिनीले आफ्नो दह्रो उपस्थिति जनाएको उनको भनाइ थियो । कतिपय अस्पष्ट कुरा शेयर सदस्यलाई बुझाएर अघि बढ्न सकेमा संस्था प्रगतिपथमा लम्कने उनको भनाइ थियो ।

विशिष्ट अतिथि सुन्दरहरैंचा नगरपालिकाको कृषि शाखा प्रमुख फरिन्द्र भट्टराईले यस वर्ष सुन्दरहरैंचामा मल बिक्रीको सम्झौता शुरुमै गरेर किसानलाई समयमै मल दिन सकेकोमा संस्थाको प्रशंसा गरेका थिए । नगरपालिकाले अनुदानमा दिने कृषि सामग्री तथा मल, बीउ संस्थामा ल्याएर शेयर सदस्यलाई बिक्री गर्न सके संस्थाप्रति शेयर सदस्यको विश्वास थप बढ्ने उनले बताए ।

विशिष्ट अतिथि जिल्ला कृषि सहकारी संघका सचिव रवीन्द्र आचार्यले कृषि क्षेत्रमा सहकारीले राम्रो काम गरेको बताए । छोटो समयमै उल्लेख्य रुपमा शेयर सदस्य वृद्धि गरी संस्थाले वडाको उत्कृष्ट सहकारीको रुपमा आफूलाई परिचित गराएको बताए ।

साधारण सभामा संस्थाका अध्यक्ष मनोज दाहालले संस्थाको वार्षिक प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन लेखा समिति संयोजक निराजन धमलाले र आर्थिक प्रतिवेदन संस्थाकी कोषाध्यक्ष लक्ष्मी केसीले प्रस्तुत गरेका थिए ।

कार्यक्रममा शेयर सदस्यका ज्येष्ठ अभिभावक भीमबहादुर राया र हरिप्रिया न्यौपानेलाई सम्मान गरिएको थियो । त्यस्तै असल ऋणीतर्फ राधिका कटुवाल, केरा खेतीतर्फ सावित्रा दुलाल र पशुपालनतर्फ खेम अधिकारीलाई सम्मान गरिएको थियो ।

संस्थाका सचिव मिलन लुइँटेलले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष सरस्वती दाहालले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् ।

 

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए

Published

on

नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।

निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।

यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।

पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।

१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह

Continue Reading

Banner

चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल

Published

on

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।

खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।

उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।

Continue Reading

Banner

आज सोनाम ल्होसार

Published

on

तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।

मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।

झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।

नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक