शेयर
शेयर बजारमा अर्काे रेकर्ड, नेप्से घट्यो तेहेरो अंकले
विराटचोकः नेपाली शेयर बजारमा आज अर्काे रेकर्ड कायम भएको छ । पहिलो पटक तेहेरो अंकले घटेर बजारले रेकर्ड बनाएको हो । यद्यपि बजार ६ प्रतिशतले घटेको हो । यसअघि पनि बजार ६ प्रतिशतले घट्ने गथ्र्याे । तर त्यसबेला नेप्से सर्वाधिक उचाइमा नरहेकाले ६ प्रतिशतले बजार घटे पनि तेहेरो अंकले घट्दैनथ्यो ।
बजार खुलेदेखि नै ओरालो लागेको शेयर बजार बीचमा सम्हालिन खोजे पनि बजार बन्द हुँदा भने १ सय २३ दशमलव ३४ अंक अर्थात् ६ प्रतिशतले घटेको हो । कारोबारमा आएका १२ वटै उपसमूहको सूचकमा रातो पोतिएको हो । आज नेप्से १ हजार ९ सय ३२ दशमलव ११ अंकमा रोकिएको छ । बजार ६ प्रतिशतले घटेपछि दिउँसो २ बजेर १३ मिनेट जाँदा नै आजको कारोबार रोकिएको थियो ।
कारोबार रकममा बिहीबारको रेकर्ड तोड्यो पुनर्बीमा कम्पनीले
आज ७ अर्ब २० करोड ९१ लाख ८० हजार २ सय १३ रुपैयाँको कारोबार भएको छ । सो रकममध्ये नेपाल पुनर्बीमा कम्पनीको मात्रै १ अर्ब १६ करोड ८ लाख ३१ हजार १ सय ५६ रुपैयाँको शेयर किनबेच भएको छ । यसअघि गत बिहीबार यो कम्पनीले १ अर्ब ११ करोड ४० लाख रुपैयाँभन्दा बढीको कारोबार गरेर कीर्तिमान बनाएको थियो।
Facebook Comment
Banner
बाबुराम भट्टराई भन्छन् : ‘प्रचण्ड पानीमा भिजेको बिरालो जस्तो हुनुहुन्थ्यो, चुनाव जितेपछि शेर बनेर गर्जिन थाल्नुभयो ।’
बाबुराम भट्टराई भन्छन् : ‘प्रचण्ड पानीमा भिजेको बिरालो जस्तो हुनुहुन्थ्यो, चुनाव जितेपछि शेर बनेर गर्जिन थाल्नुभयो ।’
Banner
च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलमा डर्टमन्डको अग्रता
यूईएफए च्याम्पियन्स लिग फुटबलको दोस्रो सेमिफाइनलको पहिलो लेगमा बोरुसिया डर्टमन्डले पेरिस सेन्ट जर्मेइन (पीएसजी) लाई हराएको छ । घरेलु मैदान सिग्नल इदुना पार्कमा गएराति भएको खेलमा डर्टमन्डले पीएसजीलाई १–० ले हराएको हो । डर्टमन्डका निकलास फुलक्रुगले खेलको ३६ औँ मिनेटमा गोल गरे । दोस्रो लेग अर्को हप्ता पिएसजीको घरेलु मैदानमा हुनेछ ।
यस लेगको विजेताले उपाधिका लागि रियल म्याड्रिड र बायर्न म्युनिख बीचको सेमीफाइनल विजेतासँग खेल्नेछ । यी दुई टोली बीचको पहिलो लेग २–२ को बराबरीमा सकिएको थियो । च्याम्पियन्स लिगको फाइनल खेल आउँदो जुन २ तारिखमा बेलायतको वेम्ब्ले स्टेडियममा हुनेछ ।
Banner
आज – २० बैशाख २०८१ बिहिवार को राशिफल
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज बन्धु बान्धवबाट सहयोग मिल्नेछ । कार्य क्षेत्रमा प्रगति हुनेछ । चलाखीपूर्ण बोलीले गरेको कार्य सिद्ध हुनेछ । बाहन सुख पनि मिल्नेछ ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ । पुँजी बजार भने ठिकै रहला । दिनको उत्तरार्धमा अधिक धन खर्च हुनसक्छ ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज सोचेको आँटेको काममा फाइदा मिल्नेछ । लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । मनोरञ्जनमा सहभागिता भइएला ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) निर्णय कार्यान्वयन हुन सक्दैनन् । आफ्नो विचार विपरित निर्णय हुनेछ । नजिकका व्यक्तिबाट काममा बाधा आउला । आत्मबलमा कमी आउनेछ ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज स्वास्थ्यमा सुधार आउनेछ । अचल सम्पत्ति हात पर्ने योग छ । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापार, व्यवसायमा लाभ हुनेछ ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) मनमा निराशा र शरीरमा आलस्य आउला । अनावश्यक ठाउँमा धन खर्च होला । प्रेममा मनमुटाव आउन सक्छ, तर सफल यात्राको योग छ ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज इच्छा र आकाङ्क्षा पूर्ण हुन सक्छ । एक अर्कासँग केही न केही आशा गरिरहनु हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आँटेको र ताकेको कार्य पुरा होला । पारिवारिक सद्भाव बढ्नेछ । व्यापार व्यवसायमा औसत लाभ हुनेछ । वैदेशिक क्षेत्रको कार्य सफल हुनेछ ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज आफ्नो अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । अरुको मन जित्न पनि सकिनेछ ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । शेयर बजार अथवा पुँजी बजारको लगानीले राम्रो लाभ दिनेछ ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज अधुरो र नयाँ कार्यको थालनी हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान पनि मिल्नेछ ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) समाज सेवा गरे लोकमा प्रसिद्ध भइनेछ । स्वास्थ्यमा सुधार आउला । आफन्त सँगको सम्बन्ध पनि गाढा र सुमधुर रहनेछ । तीर्थाटनको योग पनि छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । – ज्यो.प. नारायणप्रसाद दुलाल
-
अर्थ4 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner2 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद4 years ago
रंगशालाको अवलोकन
-
मुख्य4 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ4 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य4 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य4 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner4 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login