Connect with us
Advertisement

अमेरिकामा कोरोना संक्रमितको संख्या डेढ करोडभन्दा बढी

Published

on

विराटचोकः कोरोना भाइरसबाट सबैभन्दा धेरै प्रभावित देश अमेरिकामा कोरोना संक्रमितको संख्या डेढ करोडभन्दा बढी पुगेको छ ।

वर्ल्ड ओ मिटर्स डट इन्फोका अनुसार गत २४ घण्टामा अमेरिकामा १ लाख ६६ हजार ६३ जना संक्रमित थपिएका छन् । योसँगै अमेरिकामा संक्रमितको संख्या १ करोड ५१ लाख ५१ हजार ७ सय ३१ जना पुगेको छ । थप ६३ हजार ९ सय ७४ जना संक्रमित निको भएसँगै निको हुनेको संख्या ८८ लाख ५३ हजार १ सय ९७ जना पुगेको छ ।

संक्रमितमध्ये ६० लाख ९ हजार ६ सय ५१ जना आइसोलेसनमा रहेका छन् । तीमध्ये २६ हजार ४ सय ४८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । थप १ हजार ५२ जना संक्रमितको ज्यान गएसँगै संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २ लाख ८८ हजार ८ सय ८३ जना पुगेको छ ।

गत २४ घण्टामा विश्वमा ५ लाख २४ हजारभन्दा बढी संक्रमित थपिएसँगै संक्रमितको संख्या ६ करोड ७३ लाखभन्दा धेरै पुगेको छ ।

सम्बन्धित समाचारहरुः

विश्वका ४ करोड कोरोना संक्रमित निको, अमेरिकामा एकै दिन थपिए २ लाखभन्दा बढी संक्रमित

अमेरिकामा १ करोड २० लाख, भारतमा ९० लाख र रुसमा २० लाख नाघे कोरोना संक्रमित

एकै दिन ६ लाख ४२ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि, अमेरिकामा मात्रै १ लाख ६० हजार थपिए

Continue Reading

Facebook Comment

1 Comment

Banner

बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै

Published

on

सरकारले ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाउँदै छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो उमेर समूहका बालबालिकालाई रोगहरूबाट जोगाउन भिटामिन ‘ए’ क्याप्सुल खुवाउनुका साथै नियमित खोप लगाउन छुटेकाहरूलाई नजिकैको स्वास्थ्य केन्द्रमा गएर खोप लगाउन आग्रह गरेको छ । मन्त्रालयका अनुसार भिटामिन ‘ए’ क्याप्सुल ६ महिनादेखि ५९ महिनासम्मका बालबालिका तथा जुकाको औषधि एक देखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइने छ ।

भिटामिन ‘ए’ करिब ३२ लाख बालबालिका र जुकाको औषधि करिब २९ लाख बालबालिकालाई खुवाइने मन्त्रालयले जनाएको छ । सरकारले बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरणका लागि २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधि नियमित रुपमा खुवाउन थालेको हो ।

राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमका लागि ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १० हजार स्वास्थ्यकर्मी खटिने मन्त्रालयले जनाएको छ । सरकारले प्रत्येक वर्ष बालबालिकालाई वैशाख र कात्तिक महिनामा भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क रुपमा खुवाउँदै आएको छ ।

Continue Reading

Banner

आज विदेशी मुद्राको विनिमय दर कति ?

Published

on

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

Continue Reading

Banner

साविक विजेता सिटीलाई हराउँदै रियल पुग्यो सेमिफाइनलमा

Published

on

साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक