Connect with us
Advertisement

७ सय रुपैयाँ घट्यो सुनको भाउ, चाँदीको २० रुपैयाँ

Published

on

विराटचोकः आज सुन र चाँदी दुवैको मूल्य घटेको छ । सुनको भाउ तोालमा ७ सय रुपैयाँ र चाँदीको भाउ तोलामा २० रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला ९३ हजार ४ सय र तेजाबी सुनको भाउ प्रति तोला ९२ हजार ९ सय ५० रुपैयाँ निर्धारण भएको छ । असली चाँदीको भाउ प्रति तोला १ ह्जार २ सय १५ रुपैयाँ कायम भएको छ ।

हिजो सुनको भाउ तोलामा १ हजार ५ सय रुपैयाँ र चाँदीको भाउ तोलामा ४० रुपैयाँ बढेको थियो ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

बार एसोसिएसनको मतगणना : मिश्र झण्डै दोब्बर मतले अगाडि

Published

on

२६ चैत, काठमाडौं । नेपाल बार एसोसिएसनको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमाले निकटका कानुन व्यवसायीका उम्मेदवार विजयप्रसाद मिश्रले मतान्तर झण्डै दोब्बरले बढाएका छन् । अध्यक्षका उम्मेदवार मिश्रले एक हजार २९५ मत प्राप्त गर्दा अर्का उम्मेदवार रमनकुमार श्रेष्ठले ६८२ मत ल्याएका छन् । श्रेष्ठ नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकटका कानुन व्यवसायीको साझा उम्मेदवार बनेका छन् । पछिल्लो गणनामा मिश्रले जनकपुरमा ९८, नवलपरासीमा २६, कपिलवस्तुमा ३१, रुपन्देहीमा ८४, पाल्पामा ४९ मत प्राप्त गरेका छन् । अध्यक्षका अर्का उम्मेदवार श्रेष्ठले जनकपुरमा ४०, नवलपरासीमा १३, बुटवलमा ३१, कपिलवस्तुमा ५, रुपन्देहीमा २४, पाल्पामा १३ मत पाएका छन् ।

Continue Reading

Banner

अन्तिम मूल्य गणनामा बढेको सेयर बजार भारित औसतमा घट्यो

Published

on

२६ चैत, काठमाडौं । अघिल्लो दिन ३३ अंक घटेको सेयर बजार मंगलबार थप ३.४४ घटेको छ । सो गिरावटपछि नेप्से परिसूचक २६६६ अंकमा कायम भएको छ ।

सूचीकृत कम्पनीको अन्तिम कारोबार मूल्य गणनाका आधारमा नेप्से १.७३ अंकले बढेको थियो । तर अन्तिम १५ मिनेटको भारित औसत मूल्यका आधारमा गणना हुँदा अघिल्लो दिनको तुलनामा बजार ३.४४ अंक घट्न पुग्यो ।

दुई सातादेखि बजारमा कम्पनीको अन्तिम १५ मिनेटको भारित औसत मूल्यका आधारमा सूचकहरू गणना हुँदै आएका छन् ।

१२ : ५२ बजे २६३२ अंकसम्म झरेको बजार त्यसपछि सम्हालिएको हो । यहीं क्रममा २ : ४५ देखि ३ : ०० बजेसम्मको कारोबारमा कम्पनीको भारित औसत मूल्य गणना आधारमा सूचक हेरफेर हुँदा बजार घट्न पुग्यो ।

कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ५ अर्ब ६५ करोडको कारोबार भएकोमा आज ५ अर्ब ३० करोडको भयो । १२१ कम्पनीको मूल्य बढ्दा १२३ को घट्यो ।

उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै १.५७ प्रतिशत बढ्यो । त्यस्तै फाइनान्स ०.६०, निर्जीवन बीमा ०.१३ र व्यापार समूह ०.७० प्रतिशत बढे ।

बैंकिङ ०.३०, विकास बैंक ०.१६, होटल तथा पर्यटन ०.४८, हाइड्रोपावर ०.४९, लगानी ०.२५, जीवन बीमा ०.१७, माइक्रोफाइनान्स ०.०८ र अन्य ०.५७ प्रतिशत घटे ।

तीन कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । आजदेखि कारोबारमा आएको नेपाल माइक्रो इन्स्योरेन्स, बोटलर्स नेपाल बालाजु र विन नेपाल लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो ।
बाराही हाइड्रोपावरको ५.८५, सामुदायिक लघुवित्तका ४.६२ प्रतिशत मूल्य घट्यो ।

कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर, हिमालयन रिइन्स्योरेन्स, नेपाल पुनर्बीमा कम्पनी, युनाइटेड मोदी हाइड्रोपावर र राधि विद्युत् कम्पनी क्रमशः अगाडि रहे ।

Continue Reading

Banner

बिग्रियो भनेर हल्ला गरिराख्छन्, दुवै छिमेकीसँग सम्बन्ध सुमधुर छ– प्रधानमन्त्री ओली

Published

on

प्रधानमन्त्री केपी शर्मा ओलीले दुवै छिमेकी (भारत र चीनसँग) सुमधुर सम्बन्ध रहेको बताएका छन् । छिमेकीसँग नेपालको मित्रतालाई कसैले बिगार्न नसक्ने उनको दाबी छ ।  मधेश प्रदेश सभा बैठकलाई मंगलबार जनकपुरमा सम्बोधन गर्दै ओलीले छिमेकीसँग सम्बन्ध सुमधुर रहेको बताएका हुन् । ‘हाम्रा दुईवटा छिमेकी छन् । उनीहरूसँग सुमधुर सम्बन्ध छ । हल्ला गरिरहन्छन्, सम्बन्ध बिग्रियो भनेर । कहाँ बिग्रियो सम्बन्ध ?’ ओलीले प्रश्न गरे ।

छिमेक सम्बन्धबारे बुझाउन ओलीले केही उदाहरण दिए– सँगै सुत्नेले खुट्टो बोकाउँछ, अर्को बेडमा सुतेकोले बोकाउँदैन । खुट्टो हटाऊ भन्नुपर्‍यो, कुरा सिद्धियो । छिमेकमै हुनेको गाई फुकेर बाली खाइदिन्छ, टाढाको मान्छेकोले होइन । जोसँग कारोबार छैन, ऊसँग मित्रता मात्र हुन्छ, त्यहाँ केही लिनुदिनु छैन भने । जसको घर नजिकै छ, त्यहाँ छिमेकीको बच्चा आउँछ । बच्चाले एउटा ग्लास फुटाइदिन्छ । छिमेकीले भन्छ– कस्ता आमाबुवा रहेछन्, बच्चालाई गिलास फुटाउन हुन्न भनेर सिकाएको छैन । अर्कोदिन अर्को छिमेकीको बच्चा आएर कप फुटाइदिन्छ । छिमेकीले अस्तिको पैँचो सुनाउँछ । छिमेक भएकाले यस्तो कुरा आउँछ, बच्चा नभए गिलास कपसेट फुटाउने कुरा हुन्न । छिमेकमा सानातिना कुरा आउन सक्छन्, कुरा गर्नुपर्छ । पर्‍यो भने कप किन्दनुपर्छ । तर, पनि अन्डरस्ट्यान्डिङ राख्नुपर्छ छिमेकमा भएपछि । गिलासभन्दा ठूलो सम्बन्ध हो, मित्रता र समझदारी हो । छोराछोरीलाई थप्पड पनि नलगाऊ, हामी झडगा पनि नगरौं ।

यी उदाहरण सुनाएर ओलीले छिमेक सम्बन्धमा कहिलेकाहीँ सानातिना कुरा आए पनि छलफल गरेर समाधान गर्न सकिने बताए ।

‘कहिले–कहिले केही सानातिना कुरा उठेको हुन्छ, त्यसको अर्थ सम्बन्ध बिग्रियो भन्ने होइन । थप छलफलको आवश्यकता हुन्छ कहिले–कहले’ ओलीले भने, ‘दुई छिमेकीसँग सम्बन्ध अत्यन्त राम्रो छ, यस मित्रतालाई कसैले बिगार्न सक्दैन । खुला सिमानाका नाममा हुने बेठीक गतिविधि दुवैतर्फबाट रोक्नुपर्छ, खुला सिमानाको दुरुपयोग हुन दिनुहुँदैन । यसमा शतर्क रहनुपर्छ,’ ओलीले भने ।

प्रधानमन्त्री ओलीले गत शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग थाइल्यान्डमा भेटवार्ता गरेका थिए ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

nispakshyakhabar@gmail.com
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक