समाचार
बिराटनगर जेसीजको आगामी वर्ष २०२० का लागि अध्यक्षमा उज्वल खरेल
बिराटचोक : विराटनगर जेसिजको वर्ष २०२० को लागि उज्वल खरेलको अध्यक्षतामा नयाँ कार्यसमिती गठन गरिएको छ । संचालक समितिको चुनाव गराउन गठित प्रमुख निर्वाचन आयुक्त जेसि राजेन्द्र थपलिया ,सदस्यहरु जेसि सुरेशलाल श्रेष्ठ ,जेसि टिपि आचार्य ,जेसि हरिबहादुर श्रेष्ठ ,जेसि टिकाराज ढकाल,जेसि देवेश प्रधान,प्रमुख सल्लाहकार सिनेटर फुलकुमार लाल्वानिसहितको निर्वाचन समितिले संचालक समितीमा जम्मा १५ सदस्य रहने ब्यवस्था अनुसार निर्वाचन प्रक्रियाबाट निर्विरोध पदाधिकारी चयन गरेको हो ।
शनिबार गठित समितीको अध्यक्षमा जेसि उज्वल खरेल ,बरिष्ठ कार्यकारिणी उपाध्यक्ष जेसि प्रदिप दाहाल ,तालीम निर्देशक जेसि प्रीतेस राज दाहाल ,कार्यकारिणी उपाध्यक्ष जेसि सिदार्थ शाह ,जेसि बिज्ञान बस्नेत ,उपाध्यक्ष जेसि कबिराज दाहाल ,जेसि पुजा शर्मा ,जेसि सन्राइज चौधरी ,जेसि रमेश अधिकारी ,जनसम्पर्क अधिकारी जेसि प्रवेश दुलाल रहेका छन् । अरु पदाधिकारी अध्यक्षले मनोनीत गर्ने ब्यबस्था अनुसार कानुनी सल्लाहकार ,महासचिव ,कोषाध्यक्ष र सह–सचिव पदस्थापन कार्यक्रमको दिन बोर्डले पूर्णता पाउने निर्वाचन समिति सदस्य देवचन्द्र घिमिरेले जानकारी दिए ।

Facebook Comment
Banner
राष्ट्रपति कार्यालय पुग्यो अर्को अध्यादेश
सरकारले सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन संशोधन गर्नका लागि अध्यादेश जारी गर्न राष्ट्रपति कार्यालय पठाएको छ ।
राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश राष्ट्रपति कार्यालयमा दर्ता भएको अनलाइनखबरलाई जानकारी दिए ।
सरकारले विभिन्न ८ वटा अध्यादेश राष्ट्रपति कार्यालय पठाएको हो ।
अन्य ६ वटा अध्यादेश भने अध्ययनकै क्रममा रहेको शाक्यले बताए ।
संवैधानिक परिषद् लगायतका केही अध्यादेशमा राष्ट्रपति पौडेलले बिहीबार कानुनविद्हरूसँग पनि छलफल गरेका थिए ।
Banner
वैशाख शुक्ल पूर्णिमा : आज उभौली पर्व मनाइँदै
प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई समुदायले मनाउने उभौली पर्व आज देशभरका भूमेस्थानमा पूजा आराधना गरी मनाइँदैछ ।
बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको छ । गर्मी बढ्ने भएकाले यो समुदायका मानिस बेँसीबाट लेकतिर उँभो लाग्ने भएकाले पनि यसको नाम उभौली रहेको हो ।
वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङ्गीलगायत जङ्गली जनावर पनि उँभो लाग्ने किरात समुदायको विश्वास छ । नदीमा माछा पनि गर्मीबाट बच्न बेँसीको नदीबाट लेकतिर लाग्छन् भन्ने भनाइ छ ।
मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन बाली भित्र्याएर जाडो छल्न बेँसी झरेका मानिस आजदेखि उँभो लाग्छन् । उँभोको अर्थ खेतीपाती राम्रो होस्, धेरै होस्, उन्नति होस् भन्ने भनाइ पनि रहेको छ । यस पर्वका अवसरमा चण्डी नाचसमेत नाचिन्छ । यसैकारण वैशाख शुक्ल पूर्णिमाको दिनलाई चण्डी पूर्णिमा पनि भनिन्छ ।
किरात समुदायका विभिन्न सम्प्रदायका बीच साकेला नाच पनि नाचिन्छ । राजधानीमा ललितपुरको हात्तीवनमा रहेको साकेलास्थानमा केही मानिस जम्मा भएर पूजा आराधनाको विधि पूरा गर्ने तयारी किरात राई यायोक्खाले गरेको छ । खोटाङको ऐँसेलुखर्क गाउँपालिकाका मानिसले भने यो पर्व जेठ २२ गतेपछि मनाउने तयारी गरेका छन् । ऐँसेलुखर्कका मानिसले प्रत्येक वर्ष जेठ २२ पछि यो पर्व मनाउने परम्परा छ ।
किरात समुदायमा पनि एकथरिले उभौली पर्व उत्तरायण सुरु हुने दिन माघ १ गते नै मनाउने गर्छन् । उधौली भने दक्षिणायन सुरु हुने दिन पारेर साउन १ गते मनाउँछन् । यस समुदायका धेरै मानिसले उभौली वैशाख शुक्ल पूर्णिमा र उधौली पर्व मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन मनाउँछन् । यो पर्व किरात राई समुदायको महत्त्वपूर्ण पर्वका रूपमा रहेको छ ।
Banner
महिला टी-२० च्यालेन्ज कपमा रुवान्डामाथि नेपालको सानदार जित
रुवान्डामा जारी आइसिसी महिला टी-२० च्यालेन्ज कपमा नेपाल घरेलु टोली रुवान्डामाथि सहज जित निकालेको छ ।
रुवान्डाको किगालीस्थित गहंगा क्रिकेट स्टेडियममा मंगलबार भएको खेलमा नेपालले रुवान्डालाई ३८ रनले हरायो । जितका लागि एक सय चार रनको लक्ष्य पछ्याएको रुवान्डा १७.४ ओभरमा सबै विकेटको क्षतिमा ६५ रनमा समेटिएको थियो ।
यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय तीन रन बनाएको थियो ।
डबल राउन्ड रोबिन लिगका आधारमा सञ्चालित पाँच टोली सहभागी प्रतियोगितामा नेपालले अब सातौँ खेल वैशाख १७ गते भानुआटुसँग र अन्तिम खेल १८ गते इटलीसँग खेल्ने छ ।
नेपालले यसअघिका पाँच खेलमा दुई जित र तीन हार खेपेको थियो । प्रतियोगितामा शीर्ष टोली च्याम्पियन बन्ने छ ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने














You must be logged in to post a comment Login