Connect with us
Advertisement

फेरि पार गर्याे नेप्सेले २००० को मनोवैज्ञानिक रेखा

Published

on

विराटचोकः शेयर लगानीकर्ताले निर्धारण गरेको २००० को मनोवैज्ञानिक रेखा नेप्सेले फेरि पार गरेको छ । यसअघि पनि सो रेखा पार गरे पनि गत आइतबार नेप्सेमा तेहेरो अंकको गिरावट आएपछि लगानीकर्तामा चिन्ता छाएको थियो । आज बजार २ दशमलव ३६ प्रतिशत अर्थात् ४६ दशमलव ४३ अंक बढेसँगै फेरि मनोवैज्ञानिक रेखाभन्दा माथि नेप्से पुगेको हो ।

नेप्से आज २०१०.४५ बिन्दुमा अडिएको छ । सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव १६ प्रतिशतले बढेर ३८२.१२ अंकमा अडिएको छ । बजार उच्च अंकले बढे पनि व्यापार, जलविद्युत र होटल समूहको सूचक भने तल झरेको छ । सबैभन्दा धेरै उत्पादनमूलक समूह ६ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै जलविद्युत समूह १ दशमलव ६३ प्रतिशतले ओरालो लागेको छ ।

बजार बढे पनि कारोबार रकम भने खासै बढ्न सकेको छैन । आज ४ अर्ब ८९ करोड ९४ लाख ८४ हजार १ सय ३१ रुपैयाँको शेयर किनबेच भएको छ । २ सय ३ वटा कम्पनीको ४३ हजार ५ सय ८४ पटक भएको कारोबारबाट ९० लाख ५० हजार १६ कित्ता शेयर किनबेच भएको हो ।
सबैभन्दा धेरै महुली सामुदायिक लघुवित्त, साधना लघुवित्त र नारायणी विकास बैंकको शेयरमूल्य १० प्रतिशतका दरले बढेको छ । हिमालयन डिस्टिलरी, शिवम् सिमेन्ट, नेपाल लाइफ इन्स्योरेन्स, नेपाल बंगलादेश बैंक, प्रभु बैंक र एनआईसी एशिया बैंक उच्च मूल्य बढ्ने कम्पनीमा परेका छन् ।

बजार बढे पनि माथिल्लो तामाकोशीको शेयरमूल्य झण्डै ५ प्रतिशतले ओरालो लागेको छ । केही दिन लगातार १० प्रतिशतले बढेको यो कम्पनीको शेयरमूल्य गत बिहीबार १० प्रतिशतले घटेको थियो । आँखु खोला जलविद्युत कम्पनी, अरुण काबेली हाइड्रोपावर, दिव्यश्वरी हाइड्रोपावर, रसुवागढी हाइड्रोपावर, बोटलर्स नेपाल तराई, सान्जेन जलविद्युत कम्पनी, श्री इन्भेस्टमेन्ट फाइनान्स, युनाइटेड मोदी हाइड्रोपावर आदि उच्च मूल्य घट्ने कम्पनीमा परेका छन् ।

उच्च कारोबार गर्ने कम्पनीमा भने नेपाल लाइफ इन्स्योरेन्स कम्पनी परेको छ । सो कम्पनीको ६७ करोड १ लाख ७२ हजार रुपैयाँको शेयर किनबेच भएको छ । नेपाल पुनर्बीमा कम्पनीको ३५ करोड ९४ लाख ५६ हजार रुपैयाँ र हिमालयन डिस्टिलरीको ३० करोड ६५ लाख ८२ हजार रुपैयाँको शेयर किनबेच भएको छ ।

बजार बढेसँगै समग्र बजार पूँजीकरण २६ खर्ब ९५ अर्ब कायम भएको छ ।

 

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

जनकपुरलाई हराउँदै लुम्बिनी लायन्स पहिलोपटक प्लेअफमा

Published

on

सिद्धार्थ बैंक एनपीएल क्रिकेटमा लुम्बिनी लायन्स प्लेअफमा प्रवेश गर्ने चौथो टोली बनेको छ। शुक्रबार जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनीले पहिलोपटक प्लेअफ स्थान सुरक्षित गरेको हो । १३३ रनको लक्ष्य लुम्बिनीले १९.१ ओभरमा ६ विकेट खोस्दै पूरा गर्यो। कप्तान रोहित पौडेलले ३४, डार्शी सर्टले ३० रन बनाए। पराजयसँगै जनकपुर, पोखरा एभेन्जर्स र चितवन राइनोज प्लेअफ दौडबाट बाहिरिए। यसअघि सुदूरपश्चिम रोयल्स, काठमाडौँ गोर्खाज र विराटनगर किंग्सले प्लेअफ बुक गरिसकेका छन्। अब शनिबारको खेलपछि दोस्रो र तेस्रो स्थानको टुङ्गो लाग्नेछ।

Continue Reading

Banner

गछिया गोल्डकपको फाइनलमा गाईघाट युनाइटेड

Published

on

सहलेस फुटबल क्लब सिरहामाथि संघर्षपूर्ण जित निकाल्दै गाईघाट युनाइटेड अन्तर्राष्ट्रिय आमन्त्रण प्रथम गछिया गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

मोरङको सुन्दरहरैंचा–गछिया बजार खेल मैदानमा शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा गाईघाटले सहलेसलाई १–० ले पराजित गर्दै उपाधि नजिक पुगेको हो। खेलको ६९औँ मिनेटमा सुनिल खड्काले प्रहार गरेको फ्री–किक नै टिमका लागि निर्णायक गोल बन्यो।

विजयी टिमका विनोद राई ‘म्यान अफ द म्याच’ घोषित भए। उनले नगद ५ हजार १ सय रुपैयाँ प्राप्त गरे।

गाईघाट युनाइटेडले अब उपाधिका लागि शनिबार हुने आयोजक गछिया युवा समाज र राष्ट्रिय जागृति क्लब इटहरीबीचको दोस्रो सेमिफाइनल विजेतासँग सोमबार भिड्नेछ।

प्रतियोगितामा विजेताले २ लाख १ हजार र उपविजेताले १ लाख १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

Continue Reading

Banner

एनपीएल क्रिकेटमा आज जनकपुर र लुम्बिनी खेल्दै

Published

on

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो ४ बजे सुरु हुने छ।

रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लिग चरणको अन्तिम खेल खेल्दैछ। अघिल्ला ६ खेलमध्ये ३ मा जित निकाल्दै ६ अंकसहित प्लेअफ नजिक पुगेको लुम्बिनीका लागि आजको खेल अत्यन्तै महत्वपूर्ण मानिँदैछ। जीत हासिल गरे प्लेअफ स्थान सुरक्षित हुने छ।

पछिल्लो संस्करणको विजेता जनकपुर बोल्ट्सको भने यसपटक प्रदर्शन कमजोर रह्यो। ५ खेलमा जम्मा २ अंक जोडेको जनकपुरले एक खेल मात्र जित्न सफल भएको छ। अनिल साहको कप्तानीमा रहेको जनकपुरले आज आफ्नो छैटौँ खेल खेल्दैछ।

जनकपुरले आजको खेल जिते पनि प्लेअफ समीकरण अन्य खेलहरूमा निर्भर रहने छ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक