Connect with us
Advertisement

नेप्से बढ्यो, कारोबार रकम पनि बढ्दै

Published

on

विराटचोकः आज पनि नेप्से बढेको छ । कारोबार रकम पनि ७ अर्ब नाघेको छ । दिउँसो १ बजेसम्म २५ अंक हाराहारी बढेको नेप्से त्यसपछि उच्च अंकले बढ्दै गई बजार बन्द हुने समयमा पौने ५७ अंकले बढेको हो ।

जदविद्युत समूह १ दशमलव २१ प्रतिशतले घटेको छ भने बाँकी सबै समूहको सूचकमा हरियाली छाएको छ । नेप्से ५६ दशमलव ७२ अंक अर्थात् २ दशमलव ८२ प्रतिशतले बढेर २०६७ दशमलव १७ अंकमा अडिएको छ । सबैभन्दा धेरै व्यापार समूह ८ दशमलव ३२ र जीवन बीमा समूह ८ दशमलव १९ प्रतिशतले बढेको छ । सबैभन्दा कम बढेको वित्त समूहको सूचक ० दशमलव ३८ प्रतिशतले बढेको छ ।

आज कारोबार रकममा पनि वृद्धि भएको छ । २ सय २ कम्पनीको ५७ हजार ८७ पटकको कारोबार १ करोड २८ लाख ८८ हजार ६६ कित्ता शेयर किनबेच भएका छन् । ७ अर्ब २० करोड ४१ लाख ३६ हजार ९ सय २३ रुपैयाँको शेयर किनबेच भएको बजारमा नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा धेरै कारोबार भएको थियो । सो कम्पनीको ३ लाख ३९ हजार २ सय ६४ कित्ता शेयर किनबेच हुँदा ७४ करोड ३९ लाख ९९ हजार ६ सय ६८ रुपैयाँको कारोबार भएको छ । कारोबार रकम बढी हुने अन्य कम्पनीमा नेपाल पुनर्बीमा कम्पनी, नेशनल लाइफ इन्स्योरेन्स, नबिल बैंक र शिखर इन्स्योरेन्स रहेका छन् ।

बढेको बजारमा १० वटा कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । प्राइम लाइफ इन्स्योरेन्स, ग्लोबल आईएमई लघुवित्त, नेपाल लाइफ इन्स्योरेन्स, नारायणी डेभलपमेन्ट बैंक, स्वाबलम्बन लघुवित्त, नेशनल माइक्रोफाइनान्स, शिखर इन्स्योरेन्स, महुली सामुदायिक लघुवित्त, सपोर्ट माइक्रोफाइनान्स र लक्ष्मी लघुवित्त, उन्नति सहकार्य लघुवित्तको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।

बजार बढे पनि लिबर्टी इनर्जी, युनिलिभर नेपाल, माउण्टेन हाइड्रो, कृषि विकास बैंक, रिडी हाइड्रोपावर, हिमालयन ऊर्जालगायतका कम्पनीको शेयरमूल्य घटेको छ ।

बजार बढेसँगै समग्र बजार पूँजीकरण २७ खर्ब ७१ अर्ब कायम भएको छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए

Published

on

नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।

निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।

यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।

पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।

१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह

Continue Reading

Banner

चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल

Published

on

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।

खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।

उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।

Continue Reading

Banner

आज सोनाम ल्होसार

Published

on

तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।

मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।

झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।

नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक