राजनीति
इतिहासकै जादुगर प्रधानमन्त्री ओली भएको कांग्रेसको भनाइ
विराटचोकः प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध विराटचोकमा प्रदर्शन गरिएको छ । नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ र नेपाल महिला संघ सुन्दरहरैंचाको आयोजनामा सोमबार प्रदर्शन भएको हो ।
आइतबार प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद विघटन गरी मध्यावधि चुनाव घोषणा गरेपछि देशभर विरोध भइरहेको छ ।

विरोध कार्यक्रममा बोल्दै कांग्रेसका क्षेत्रीय सभापति होमनाथ पोख्रेलले धेरैको बलिदान र संघर्षले ल्याएको लोकतन्त्र र गणतन्त्र प्रधानमन्त्रीले मास्ने खेल गरेकाले सडकमा आउनुपरेको बताए । यस्तै, संसद विघटन गरेर नेपालीलाई विश्वसामु नाङ्गो नाच देखाएको र अब कम्युनिष्ट पार्टी नेपालबाट लोप हुने उनले बताए ।
महिला संघकी क्षेत्रीय सभापति कमला अधिकारीले दुई तिहाइको सरकार तोरी र कोदो मिसिएर बनेको र यो सरकारले जनताले बनाएको संविधान नै मास्न लागेको बताइन् ।
कांग्रेसका जिल्ला सदस्य मित्रसेन योञ्जनले प्रधानमन्त्री को दादागिरीले देशलाई यो अवस्थामा ल्याएको बताउँदै संविधानमा उल्लेख नै नभएका अधिकार हातमा लिएर ओली अघि बढेको बताए । महासमिति सदस्य जयराज संयोगले चुच्चे रेल, पानीजहाज, ग्यास पाइपको सपना देखाएर आज नेपाली जनतालाई दुखद घडीमा ल्याएर देशमा सङ्कट निम्त्याउने काम प्रधानमन्त्रीले गरेको बताए । विभिन्न राजनीतिक नियुक्ति, तत्काल बन्द गर्नुपर्ने उनले बताए ।
महासमिति सदस्य नगेन्द्र जमरकट्टेलले कसैसँग परामर्श नगरी हतारिएर काम गर्नुपर्नेमा प्रधानमन्त्रीले त्यसो नगरी संविधान मिचेर देशलाई बर्बादीतिर लागेको बताए । उनले इतिहासकै जादुगर प्रधानमन्त्रीले नेपाली जनताको जनमतको कदर गर्न नसकेको बताए ।
संविधानविरोधी गतिविधि तत्काल बन्द गर्नुपर्ने अधिकांश वक्ताहरुले बताएका थिए । नेपाली कांग्रेसका भातृ संगठनले गरेको सो विरोध कार्यक्रममा केशव निरौला, क्षेत्रीय सभापति गणेश खड्का, जिल्ला सदस्य राजेन्द्र ढकाल, नेपाल विद्यार्थी संघ सुुन्दरहरैंचा सभापति गोपाल कार्कीलगायत सहभागी भएका थिए ।
विरोध कार्यक्रमका सभापति नेपाल तरुण दलका क्षेत्रीय सभापति प्रकाश श्रेष्ठले प्रधानमन्त्रीको असंवैधानिक कदमको विरोध गरिएको बताए । कार्यक्रमको सञ्चालन नेवि संघ नेता सुमन ढकालले गरेका थिए ।
प्रधानमन्त्रीको कदमविरुद्ध विराटचोकमा कांग्रेसको प्रदर्शन (फोटो फिचर)

Facebook Comment
Banner
चैत १२ गते अगाडि सार्वजनिक निकायमा नियुक्त पदाधिकारी स्वतः पदमुक्त
गएको चैत १२ गते अगाडि सार्वजनिक निकायमा नियुक्त पदाधिकारीहरु स्वतः पदमुक्त भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अस्ति जारी गर्नुभएको ‘सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था अध्यादेश, २०८३’ को दफा २ को (१) मा यो व्यवस्था छ ।
दफामा सार्वजनिक पदाधिकारीहरुको नियुक्तिमा जुनसुकै शर्त, सुविधा र पदावधि तोकिएको भए पनि यो अध्यादेश प्रारम्भ भएपछि त्यस्ता पदाधिकारीहरु कार्यरत रहेको पदबाट स्वतः पदमुक्त हुने उल्लेख छ । यो अध्यादेश कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले हिजो सार्वजनिक गरेको हो ।
अध्यादेशको दफा २ को उपदफा (२) मा पदमुक्त भएको पदाधिकारीलाई सम्बन्धित मन्त्रालयको सचिव वा निजले अख्तियारी दिएको अधिकारीले पदमुक्त भएको सूचना दिने उल्लेख छ । दफा १ को (२) बमोजिम यो अध्यादेश कार्यान्वयनमा आइसकेको छ ।
प्रचलित कानुनबमोजिम नियुक्त तथा मनोनयन भएका वा तोकिएको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा तत्काल कानुनी व्यवस्था गर्न वाञ्छनीय भएको र हाल सङ्घीय संसद्को अधिवेशन नभएकाले यो अध्यादेश जारी भएको प्रस्तावनामा भनिएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले प्रशासनिक सुदृढीकरण र राज्यका निकायलाई नयाँ गति दिने उद्देश्यले यो कदम चालेको हो । अध्यादेश जारी भएसँगै विभिन्न ऐन र संरचनाअन्तर्गत राजनीतिक नियुक्ति पाएका कुल १ हजार ५९४ पदाधिकारी एकमुष्ट पदमुक्त भएका छन् ।
Banner
विश्व प्रेस स्वतन्त्रता दिवसमा इन्द्रपुर जेसीजद्वारा सञ्चारकर्मी सम्मान
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा इन्द्रपुर जेसीजले सुन्दरहरैंचामा सक्रिय सञ्चारकर्मीहरूलाई सम्मान गर्दै कार्यक्रम आयोजना गरेको छ।
जेसीज सचिवालयमा सम्पन्न कार्यक्रममा वर्ष २०२६ का अध्यक्ष समीर बस्नेत तथा प्रमुख अतिथि, संस्थाका पूर्व अध्यक्ष एवं रेडियो सुसेलीका अध्यक्ष रमेश खड्काले ९ जना सञ्चारकर्मीलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्नुभयो।
सम्मानित हुनेहरूमा कृष्णचन्द्र सुवेदी (पूर्वी अनलाइन), खेमचन्द्र अधिकारी (शिखरबास खबर), गणेश मिश्र (रेडियो सुसेली), निरज खवास (फटाफट न्यूज), मणिराम दाहाल (नेपाल गौरव), राज पोख्रेल (इष्ट खबर), लीलानाथ गच्छदार (जनचर्चा टाइम्स), शिव भट्टराई (भोजपुरे सुन्दरहरैँचा अपडेट) र ज्ञाननाथ ढकाल (निष्पक्ष खबर) रहेका छन्।
पत्रकारितामार्फत सूचना प्रवाह, जनचेतना विस्तार तथा लोकतान्त्रिक मूल्य स्थापनामा योगदान पुर्याएको कदर गर्दै संस्थाले आफ्नो २५औँ वर्षगाँठको सन्दर्भमा सञ्चारकर्मीलाई सम्मान गरेको अध्यक्ष बस्नेतले जानकारी दिनुभयो।
प्रमुख अतिथि खड्काले सत्य, निष्पक्ष र विश्वसनीय समाचार प्रवाहमा सञ्चारकर्मीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै यस्तो पहलको प्रशंसा गर्नुभयो।
कार्यक्रममा सम्मानित सञ्चारकर्मीका तर्फबाट मन्तव्य राख्दै शिखरबास खबरका सम्पादक खेमचन्द्र अधिकारीले वर्तमान सरकार प्रेसमैत्री नभएको आरोप लगाउनुभयो। निजी सञ्चार माध्यमप्रति सरकारी विज्ञापन वितरणमा गरिएको कटौतीले सरकार निरङ्कुशतातर्फ उन्मुख भएको संकेत मिलेको उहाँको भनाइ थियो।
उक्त कार्यक्रममा इन्द्रपुर जेसीज र इन्द्रपुर जुनियर जेसीजका पदाधिकारी तथा सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
Banner
राष्ट्रपति कार्यालय पुग्यो अर्को अध्यादेश
सरकारले सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन संशोधन गर्नका लागि अध्यादेश जारी गर्न राष्ट्रपति कार्यालय पठाएको छ ।
राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश राष्ट्रपति कार्यालयमा दर्ता भएको अनलाइनखबरलाई जानकारी दिए ।
सरकारले विभिन्न ८ वटा अध्यादेश राष्ट्रपति कार्यालय पठाएको हो ।
अन्य ६ वटा अध्यादेश भने अध्ययनकै क्रममा रहेको शाक्यले बताए ।
संवैधानिक परिषद् लगायतका केही अध्यादेशमा राष्ट्रपति पौडेलले बिहीबार कानुनविद्हरूसँग पनि छलफल गरेका थिए ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने














You must be logged in to post a comment Login