Connect with us
Advertisement

रोमानियामा कोरोना संक्रमितको संख्या ६ लाख नाघ्यो

Published

on

विराटचोकः युरोपियन देश रोमानियामा कोरोना संक्रमितको संख्या ६ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ५ हजार ४ सय ५९ जना संक्रमित थपिएका छन् ।

वर्ल्ड ओ मिटर्स डट इन्फोका अनुसार रोमानियामा संक्रमितको संख्या ६ लाख ४ हजार २ सय ५१ जना पुगेको छ । ५ लाख १६ हजार ६ सय २३ जना निको भएका छन् । ७३ हजार ६२ जना आइसोलेसनमा रहेका छन् ।

गत २४ घण्टामा त्यहाँ १ सय ३० जनाको मृत्यु भएसँगै संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १४ हजार ७ सय ६६ जना पुगेको छ । युरोपमा ६ लाखभन्दा धेरै कोरोना संक्रमित रहेका देशको संख्या १२ र विश्वमा २३ रहेको छ ।

सम्बन्धित समाचारहरुः

रोमानियामा ५ लाख, क्यानडामा ४ लाख र सर्बियामा २ लाख नाघे कोरोना संक्रमित

जर्मनीमा ९ लाख, पोल्याण्डमा ८ लाख र रोमानियामा ४ लाख पुगे कोरोना संक्रमित

स्पेनमा ११ लाख, फ्रान्समा १० लाख, रोमानियामा २ लाख र स्वीट्जरल्याण्डमा १ लाख कोरोना संक्रमित

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

मेरो विचारमा बुहारी भनेको छोरी होइन,

Published

on

मेरो विचारमा बुहारी भनेको छोरी होइन, अनि छोरी भनेको बुहारी होइन । छोरी छोरी हो, बुहारी बुहारी हो । बुहारी छोरी हुनै सक्दैन । छोरी दुई अक्षरले बनेको हुन्छ, बुहारी तीन अक्षरले । एक अक्षर थपिनेबित्तिकै त्यो जिम्मेवारी, दायित्व थपिएको हो । अनि जति छिटो म छोरी होइन, म बुहारी हो भनेर बुझ्छौ, अनि तपाई आमा होइन सासू हो भनेर स्विकार्छौं, हामी जुन घरमा जान्छौं त्यो घरमा त्यती नै सहज हुन्छ ।
— आँचल शर्मा
Continue Reading

Banner

दलमा आवद्ध शिक्षकमाथि कारबाहीबारे शिक्षामन्त्री र प्रमुख निर्वाचन आयुक्तबीच छलफल

Published

on

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राजनीतिक दलमा आबद्ध शिक्षक, प्राध्यापक तथा कर्मचारीलाई कारबाही गर्ने विषयमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ र प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाबीच आज सिंहदरबारमा छलफल भएको छ।

शिक्षकहरूले राजनीतिक दलको सदस्यता लिएको, सक्रिय राजनीति गरेको विषयमा मन्त्रालयमा उजुरी प्राप्त भएको र प्रचलित कानुनले शिक्षकलाई राजनीति गर्नबाट बन्देज गरेकाले ती कानुन कार्यान्वयनमा लैजाने विषयमा छलफल भएको जनाइएको छ।

छलफलमा शिक्षामन्त्रीले राजनीति गरिरहेका शिक्षक पहिचान गर्नमा निर्वाचन आयोगबाट सहयोग माग गरिन्। ‘शिक्षा क्षेत्रबाट दलीय राजनीति हटाउने विषयमा त आम सहमति जस्तै भइसकेको छ। अब, कसरी हटाउने भन्ने विषयमा हामीले छलफल गरिरहेका छौँ। मन्त्रालयले प्रमाण जुटाउन चाहिने विवरण निर्वाचन आयोगबाट प्राप्त हुने अपेक्षा गरेको छ’, मन्त्री श्रेष्ठले भनिन्।

छलफलका क्रममा प्रमुख आयुक्त थपलियाले विद्यमान कानुन, विगतमा अदालतबाट भएका फैसला र अन्तर्राष्ट्रिय अभ्याससमेत हेरेर दलमा आवद्ध शिक्षक र कर्मचारीलाई कारबाही गर्न कुनै समस्या नरहेको बताएका थिए।

विगतमा निर्वाचन आयोगले निर्णय नै गरेको र कानुन कार्यान्वयन गराउन आयोगको सहयोग रहने प्रमुख आयुक्त थपलियाले विश्वास दिनुभएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ।

Continue Reading

Banner

महालेखापरीक्षकमा राया सर्वसम्मत अनुमोदन

Published

on

संसदीय सुनुवाई समितिले महालेखापरीक्षक पदका लागि प्रश्तावित तोयम रायाको नाम अनुमोदन गरेको छ ।

मंगलवार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकले उनीमाथि परेको उजुरीमाथि छानविन गरी रायालाई सो पदका लागि सर्वसम्मतिले अनुमोदन गरेको हो ।

संवैधानिक परिषद्बाट प्रश्तावित रायालाई योग्यता, क्षमता र अनुभव समेतको आधारमा महालेखापरीक्षक पदमा लागि उपयुक्त देखिएकाले उनको नाम समितिले अनुमोदन गरेको समितिका ज्येष्ठ सदस्य (सभापति) पशुपति समशेर जबराले जानकारी दिए ।

उनले भने, ‘संवैधानिक परिषद्बाट सिफारिस तोयम रायालाई महालेखापरीक्षक पदमा प्रश्ताव गर्ने नेपालको संविधानको धारा २९२ को उपधारा १ बमोजिम संसदीय सुनुवाईका लागि नाम प्राप्त भएकोमा संघीय संसदका संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन नियमावली, २०८० तथा संसदीय सुनुवाई समितिको कार्यविधि, २०८० अनुसार समितिले सुनुवाई गर्दा योग्यता, क्षमता र अनुभव समेतको आधारमा सोही नियमावलीको नियम २६ को उपनियम ५ बमोजिम प्रश्तावित व्यक्तिलाई महालेखापरीक्षक पदमा नियुक्तिका लागि अनुमोदन गर्ने निर्णय भयो।’संवैधानिक परिषद्को गत चैत्र २८ गते बसेको बैठकले राष्ट्रिय तथ्यांक कार्यालयका सचिव रायालाई महालेखापरीक्षक पदका लागि सिफारिस गर्ने निर्णय गरेको थियो भने चैत्र १९ गते संसदीय सुनुवाई समितिले १० दिने उजुरी आह्वान गर्दा उनीमाथि एउटा उजुरी र एउटा सूचना प्राप्त भएको थियो ।

ती उजुरी र सूचनामाथि पनि मंगलवारको बैठकले रायाले समितिलाई स्पष्ट पारेका थिए। उनले स्पष्टिकरण पनि चित्तबुझ्दो भएकाले समितिले महालेखापरीक्षक पदका लागि प्रस्तावित उहाँको नाम अनुमोदन गरेको पनि संसदीय सुनुवाई समितिले जनाएको छ ।

संसदीय सुनुवाई समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले महालेखापरीक्षकलाई नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक