स्थानीय तह
जीवनका भुलहरू नामक सडक नाटक प्रदर्शन
विराटचोक ः मोरङको सुन्दरहरैंचा नगरपालिकामा सचेतना मुलक नाटक आइतबार बाट सुरु भएको छ । सुन्दरहरैंचा सांस्कृतिक परिवारको आयोजनामा भएको नाटकको उद्घाटन नगरउपप्रमुख धनमाया तामाङले गर्नुभएको छ । सुन्दरहरैंचाको वडा नम्बर १२ का विभिन्न स्थानमा ‘जीवनका भुलहरू’ नामक सडक नाटक प्रदर्शन गर्न लागिएको हो ।
आज वडा नम्बर १२ को प्राङ्गणमा प्रमुख अतिथि तामाङले रिबन काटेर नाटकको उद्घाटन गरे पछि यो ३ दिन सम्म प्रद्धशन हुने छ ।

आयोजकले खोर्साने, सुन्दरहरैंचा नगरपालिका अगाडि, हरैँचा मोड, सुकुना क्याम्पस अगाडि, शुक्रबारे बजार लगायतका स्थानमा प्रदर्शन गरिने बताइएको छ ।
सिद्धार्थ बोर्डिङ स्कुल खोर्सानेमा अध्ययनरत इराजन राई, आर्य अधिकारी, अनु दास, शमशेर आलम र अनुप बस्नेतले सडक नाटकमा अभिनय गर्ने भएका छन् । सांस्कृतिक परिवारका अध्यक्ष आनन्द बस्नेतले लेखेको सो नाटक प्रदर्शनको लागि वडा नम्बर १२ ले आर्थिक सहयोग गर्ने भएको छ ।

लागूपदार्थ दुव्र्यसनबाट बच्न जनचेतना दिने उद्देश्यले नाटक प्रदर्शन गर्न लागिएको सांस्कृतिक परिवारका अध्यक्ष आनन्द बस्नेतले बताएका छन् ।
। कार्यक्रममा वडा अध्यक्ष रोशनप्रसाद ढकाल, सुकुना क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशव अधिकारी विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, वडा सदस्य लगायतको उपस्थिति थियो । कार्यक्रमको स्वागत वडा नम्बर १२ का सचिब अनिल पोख्रेलले गर्नुभएको थियो ।

Facebook Comment
Banner
गछिया खोला भ्याट भ्रष्टाचार प्रकरण : तिलक आलेविरुद्ध अख्तियार सर्वोच्चमा
आन्तरिक राजस्व कार्यालय, धरानका तत्कालीन कर अधिकृत तिलक आलेसमेतका प्रतिवादी रहेको भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ।
आयोगका अनुसार सुन्दरहरैँचा नगरपालिकास्थित गछिया खोलाबाट आर्थिक वर्ष २०७६-०७७ मा नदिजन्य पदार्थ उत्खनन् गर्ने क्रममा प्राप्त हुने राजस्वमध्ये आन्तरिक राजस्व कार्यालयमा दाखिला गर्नुपर्ने मूल्य अभिवृद्धि कर (भ्याट) रकम दाखिला नगरी भ्रष्टाचार गरिएको आरोपमा तिलक आलेसमेतका प्रतिवादीविरुद्ध मुद्दा दायर गरिएको थियो।
उक्त प्रकरणमा आयोगले प्रतिवादीहरूबाट रु. १ करोड २३ लाख ६९ हजार ६४९ रुपैयाँ ६९ पैसा बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र १७ बमोजिम कसुर ठहर गरी कैद तथा बिगो बराबर जरिवानासहितको सजाय माग गर्दै विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरेको थियो।
तर विशेष अदालतले मिति २०८२।१२।१० मा गरेको फैसलाबाट प्रतिवादीहरूलाई आंशिक सफाइ दिएको थियो। उक्त फैसलाप्रति चित्त नबुझेपछि आयोगले मिति २०८३।०४।०४ गते सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरेको जनाएको छ।
आयोगले विशेष अदालतको फैसलाको कानुनी परीक्षण आवश्यक रहेको भन्दै अभियोगमा प्रस्तुत प्रमाण र तथ्यका आधारमा पुनरावेदन प्रक्रिया अघि बढाएको हो।
Banner
लोकप्रिय गीतकार केपी घिमिरे दार्जिलिङको सालबारीमा गुञ्जिए
नझरेका फूलहरूका प्रस्तोता केपी घिमिरे गत शनिवार भारतको दार्जिलिङ जिल्ला अन्तर्गत सिलिगुडीको सालबारीमा पुगेर रचना वाचन गरेका छन्। देशमा छुट्टै लोकप्रियता हासिल गरिसकेका घिमिरे पछिल्लोपटक विदेशमा पनि उत्तिकै चर्चा कमाउन सफल हुँदैछन्।

घिमिरे खासगरी कविता र गीतिरचनामा कलम चलाउने सर्जक हुन्। कला साहित्य क्षेत्रमा उनको सक्रियता विगत २५ वर्षदेखि निरन्तर जारी छ। उनले लेखेका गीतहरू गायक रामकृष्ण ढकाल, कुबेर नेपाली, दीपक लिम्बू, रूपक राई, सन्जिव धिमाल, गायिका मेनुका राई, झुमा निरौला, आभा मुकारुङ लगायतका आवाजमा दुई दर्जनभन्दा बढी रेकर्ड भैसकेका छन्। कलाकार राष्ट्रका गरिमा,निधि र पहिचान हुन् भन्ने महत्त्वपूर्ण भनाइका साथ घिमिरेले विगत १३ वर्षदेखि स्रष्टा सम्मान, पलेँटी शृङ्खला र प्रस्तुतिसहित देशका विभिन्न ठाउँमा साहित्यिक र साङ्गीतिक कार्यक्रम आयोजना गर्दै आएका घिमिरेले करिब २ सय स्रष्टालाई सम्मान गरिसकेका छन्।
नझरेका फूलहरू नामक कार्यक्रम घिमिरे एक्लैले सुरु गरेर व्यवस्थित ढंगले सञ्चालन गरेको लोकप्रिय कार्यक्रम हो। यसपटक भारतको सालबारीमा आयोजित कार्यक्रममामा घिमिरेसहित कवयित्री डा. अस्मिता विष्ट र कवि लीला अनमोलको प्रस्तुति थियो। कार्यक्रमको मुख्य आकर्षण भने विष्टको कवितासङ्ग्रह ब्ल्याकहोलमा गीतहरूमाथि परिचर्चा गरिएको थियोे। कार्यक्रममा स्थानीय स्रष्टाहरू ज्ञानेन्द्र खतिवडा, मिलन रुचाल, शैलेन्द्र क्षेत्री, टङ्क शर्मा, निर्दोषिका तामाङ, डि एल प्रधान,योगिता राई लगायतको सहभागिता थियोे। कार्यक्रम शब्द समय र शैली प्रकाशनले आयोजना गरेको थियो।
Banner
खोर्साने गोल्डकपमा एपीएफलाई हराउँदै धरान फुटबल क्लब सेमीफाइनलमा
सशस्त्र प्रहरी फुटबल क्लब एपीएफलाई हराउँदै धरान फुटबल क्लब मोरङको सुन्दरहरैंचा नगरपालिकामा हिजोदेखि शुरु भएको प्रथम अन्तर्राष्ट्रिय सुन्दरहरैंचा खोर्साने गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाइनलमा पुगेको छ ।
हिजोको उद्घाटन खेलमा एपीएफ फुटबल क्लबलाई २–० गोल अन्तरले धरानले पराजित गरेको हो ।
प्रतियोगिताको उद्घाटन समारोहका सभापति संविधानसभा सदस्य चन्द्रबहादुर गुरुङले रेफ्रीलाई बल हस्तान्तरण गरेर खेलको उद्घाटन गर्नुभएको थियो ।
उद्घाटन समारोहमा स्थानीय जनप्रतिनिधि, खेलप्रेमी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
पराजयसँगै एपीएफ प्रतियोगिताबाट बाहिरिएको छ । विजयी धरान फुटबल क्लबले भोलिको खेलको विजेतासँग सेमीफाइनल खेल खेल्नेछ । भोलि सतिसाले स्पोर्टिङ क्लब र बिर्तामोड युनाइटेड झापाबीच प्रतिष्पर्धा हुनेछ ।
सुकुना खेलचौरीमा भइरहेको प्रतियोगिताअन्तर्गत आजको खेल भारतको खर्साङको युकेएफसी क्लब र सलहेश युथ क्लब सिरहाबीच हुने आयोजक सुन्दर खोर्साने युवा क्लबले जनाएको छ ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login