स्थानीय तह
धरानमा कांग्रेस अगाडि नै, ३ जना स्वतन्त्रको अझै पनि शून्य मत

विराटचोकः उपनिर्वाचनअन्तर्गत धरानमा भएको मेयर पदको चुनावमा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ । कांग्रेसले ११ हजार ८ सय २७ मत ल्याउँदा नेकपाले ११ हजार १ सय २० मत मात्रै ल्याएको छ ।
त्यस्तै, ३ जना स्वतन्त्र उम्मेद्वारले भने १ मत पनि ल्याउन सकेका छैनन् । यस्तो छ पछिल्लो परिणाम ।
Facebook Comment
Banner
लेटाङका प्रमुख प्रशासकीय अधिकृत प्रशंसित हुँदै भए बिदाइ

उत्तरी मोरङको लेटाङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपानेको बिदाइ भएको छ । बिदाइ समारोहमा आयोजित कार्यक्रममा उपस्थित व्यक्तिले न्यौपानेको कार्यशैलीको खुलेर प्रशंसा गरे ।
आफू २२ महिना लेटाङमा रहँदा ३३ वटा कानुन निर्माण गर्नुका साथै १० वटा कानुन संशोधन गरिएको उहाँले बताउनुभयो । जनप्रतिनिधिहरुको काम गर्ने सोच र आफ्नो कामप्रतिको लगावका कारण काम गर्न सजिलो भएको उहाँको भनाइ थियो ।
लेटाङ नगरपालिकाको आवधिक योजना, यातायात गुरुयोजना, पर्यटन गुरुयोजना र राजस्व सुधार योजना पुस्तकका रूपमा प्रकाशन गरी नगरलाई योजनाबद्ध विकासको दिशामा अगाडि बढाइएको उहाँले बताउनुभयो । त्यस्तै, लेटाङको न्यायिक अभ्यास र लेटाङ जर्नल प्रकाशनको क्रममा रहेको उहाँले जानकारी दिनुभयो ।
आर्थिक वर्षको अन्त्यमा काम गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै वार्षिक योजना तथा कार्यक्रम वैशाख मसान्तभित्र सम्पन्न गर्ने अभ्यास शुरु गरिएकाले लिजा, एफआरए प्रणाली र कार्यसम्पादन सूचकमा समेत लेटाङले थप सुधार ल्याउने उहाँको भनाइ छ ।
लेटाङ नगरपालिकाबाट बिदाइ भएसँगै उहाँ झापाको कन्काई नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा भएर जानुभएको छ ।
Banner
सुन्दरहरैंचाका नगरप्रमुखप्रति आक्रोशित भए शिक्षकहरु

विराटचोकः सुन्दरहरैंचाका नगरप्रमुख केदारप्रसाद गुरागाईँले हालै दिएको अभिव्यक्तिप्रति शिक्षकहरुले आपत्ति जनाउँदै नगरप्रमुखको ध्यानाकर्षणको लागि विज्ञप्ति जारी गरेका छन् ।
मंसिर १७ गते सशस्त्र प्रहरी आवासीय विद्यालय स्थापनाको लागि स्थलगत अवलोकन गर्ने क्रममा नगरप्रमुख गुरागाईँले सामुदायिक विद्यालय र सामुदायिक विद्यालयमा कार्यरत शिक्षकको मानमर्दन हुने अभिव्यक्ति दिएको विज्ञप्तिमा जनाइएको छ ।
सबै शिक्षकलाई एउटै बास्केटमा हाली शिक्षकको मानमर्दन गरी लगाइएको आरोप र सार्वजनिक शिक्षामा नै गम्भीर आँच आउने गरी दिएको अभिव्यक्तिप्रति शिक्षकका संघ र सङ्गठनको आपत्ति रहेको विज्ञप्तिमा जनाइएको छ । सो भिडियो रेकर्डबाट तत्काल हटाउन र आगामी दिनमा शिक्षक र कर्मचारीप्रति भ्रामक तथा अशिष्ट शब्द प्रयोग नगर्न अनुरोध गरिएको छ ।
विज्ञप्तिमा नेपाल शिक्षक महासंघ सुन्दरहरैंचाका अध्यक्ष र सचिवले हस्ताक्षर गरेका छन् । त्यस्तै, नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका सचिव, नेपाल शिक्षक संघका अध्यक्ष, एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनका अध्यक्ष, प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका अध्यक्ष तथा नेपाल विद्यालय कर्मचारी परिषद्का प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।
Banner
सुन्दरहरैंचामा बाटेको धुप बनाउने तालीम शुरु

विराटचोकः सुन्दरहरैंचाको सलकपुरमा बाटेको धुप बनाउने तालीम शुरु भएको छ । मानव अधिकारका लागि महिला, एकल महिला नगर सञ्जालको आयोजनामा भएको तालीममा ७० जना महिलाले तालीम लिइरहेका छन् ।
बिहीबार भएको तालीमको उद्घाटन गर्दै प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिकाकी उपप्रमुख अकली चौधरीले आयआर्जनसँग जोडिएका कार्यक्रमका लागि नगरले सक्दो सहयोग गर्ने बताइन् ।
वडा नम्बर ९ का वडाध्यक्ष प्रकाश श्रेष्ठले सामाजिक सञ्जालमा दिने समय आयमूलक काममा दिन जोड दिए ।
ज्येष्ठ नागरिक समाज सुन्दरहरैंचाका अध्यक्ष रामकुमार कार्कीले ज्येष्ठ नागरिकलाई निराशा र अल्छीपनबाट पर राख्न पनि यस्ता सीपमूलक तालीम उपयोगी हुने बताए ।
पूर्व जनप्रतिनिधि भक्तकिरण राईले आफू यसबेला कार्यपालिका सदस्य भएको भए आफ्नो तलबभत्ता यस्ता आयमूलक कार्यक्रममा खर्च गर्ने थिएँ भन्ने धारणा राखे ।
आयोजक संस्थाकी अध्यक्ष कमला मास्केले महिलाहरुलाई आयआर्जनसँग जोड्ने यस्ता कार्यक्रम ल्याउन आफूले पहल गरिरहे पनि असफल बनाउने प्रयत्न हुने गरेको बताइन् । उद्घाटन कार्यक्रममा धेरै उद्योगी, व्यवसायी र जनप्रतिनिधि तथा राजनीतिक दलका प्रमुखहरुलाई बोलाए पनि कोही पनि अनुपस्थित नभएर आफ्नो कामलाई कम मूल्याङ्कन गरेको बताइन् ।
-
अर्थ5 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद5 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य5 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login