Banner
जन्मदिनको अवसरमा खेल सामग्री र स्कुल ब्याग वितरण
विराटचोकः आफ्नो जन्मदिनको अवसर पारी मोरङको सुन्दरहरैंचा वडा नम्बर ६ का राजु लोहरुङ राईले खेलाडीलाई जर्सी तथा विद्यार्थीलाई स्कुल ब्याग वितरण गरेका छन् ।

शुक्रबार उनले वडा नम्बर ६ को डिपुमा विपन्न समुदायका ७० जना विद्यार्थीलाई स्कुल ब्याग र खेलाडीलाई जर्सी वितरण गरेका हुन् । खेलाडीलाई खेलकुदका गतिविधि गर्न सहज होस् भनेर तथा विपन्न समुदायका विद्यार्थीलाई अध्ययनमा सहज होस् भनेर आफूले स्कुल ब्याग तथा जर्सी वितरण गरेर फरक तरिकाले जन्मदिन मनाएको उनले बताए । आफूले २ वर्ष अघि पनि यसरी नै जन्मदिन मनाएको पनि उनले स्मरण गरे ।

कार्यक्रमका प्रमुख अतिथि सुन्दरहरैंचाको वडा नम्बर ६ का अध्यक्ष जीवन राईले आफ्ना बच्चाले राम्रो शिक्षा लिऊन् भन्ने चाहना सबै अभिभावकको हुने बताउँदै विपन्न परिवारका अभिभावकलाई यस्ता सानो सहयोगले पनि ठूलो मद्दत पुग्ने बताए । आफ्नो कमाइको अंशबाट थोरै रकम छुट्याएर भए पनि सहयोग दिइएका यी बालबालिका पछि राजु राईजस्तै बन्न सकून् र यसरी नै अरुको दुःख देख्न सकून् भन्ने आफ्नो चाहना रहेको उनको भनाइ थियो ।
कार्यक्रमका विशिष्ट अतिथि क्षेत्रीय खेलकुद विकास समितिका संयोजक चण्डिका बास्तोलाले खेल सामग्री वितरणले खेलाडीलाई थप ऊर्जा दिने बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि भक्तिप्रसाद सिटौला, वडा नम्बर ६ का सदस्य डम्बर थापामगर, नेपाली कांग्रेसका वडा सभापति राजेन्द्र लिङ्देन, नेपाल आदिवासी जनजाति महासंघ सुन्दरहरैंचाका अध्यक्ष सुमन राई, हरियाली सामुदायिक वनका अध्यक्ष महेश राई, नमूना सामुदायिक वनका अध्यक्ष घनश्याम न्यौपानेलगायत उपस्थित थिए ।
कार्यक्रमको सञ्चालन जनक गौतमले गरेका थिए ।

Facebook Comment
Banner
ओमानमाथि नेपाल ‘ए’ को सानदार जित
नेपाल ‘ए’ टोलीले दोस्रो अभ्यास खेलमा ओमानलाई ११५ रनको फराकिलो जित हात पारेको छ ।
ब्याटिङ र बलिङ दुवै क्षेत्रमा उत्कृष्ट प्रदर्शन गरेको नेपालले शुक्रबार मूलपानीस्थित माथिल्लो क्रिकेट मैदानमा भएको खेलमा जित निकाल्दै दुई खेलको शृङ्खला १0१ को बराबरीमा गरेको हो ।
यसअघि बिहीबार भएको पहिलो खेलमा ओमानले नेपाल ‘ए’ लाई ७० रनले पराजित गरेको थियो । विश्वकप लिग–२ को तयारीमा रहेको ओमानले नेपाल ‘ए’ सँग अभ्यास खेल खेलेको हो ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल ‘ए’ ले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २८४ रनको बलियो योगफल तयार पारेको थियो । नेपालका लागि ‘प्लेयर अफ द म्याच’ इशान पाण्डेले ७८ बलमा ६ चौकाको मद्दतले सर्वाधिक ६९ रनको योगदान दिए । यस्तै, देव खनालले ९५ बलमा ६४ रन र कुशल मल्लले ३२ बलमा ५७ रनको आक्रामक पारी खेल्नुभयो । ओमानका जितेनकुमार रमानन्दीले २ विकेट लिए ।
२८५ रनको लक्ष्य पछ्याएको ओमान ३६.३ ओभरमा १६९ रनमै अलआउट भयो । ओमानका लागि मुजिबुर अलीले सर्वाधिक ४३ रन जोड्नुभयो भने रमानन्दीले २४ र विनायक शुक्लले २१ रन बनाए । ओमानलाई सस्तैमा समेट्न नेपालका युवराज खत्रीले घातक बलिङ गर्दै ३ विकेट लिनुभयो । उहाँले ६ ओभरमा १ मेडन राख्दै २४ रन खर्चिए।
त्यस्तै, हेमन्त धामी, आकाश चन्द र शेर मल्लले समान २-२ विकेट लिए भने सन्तोष यादवले १ विकेट लिए । ओमानले लिग-२ अन्तर्गत सोमबार युएई र बुधबार नेपालको राष्ट्रिय टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।
Banner
लगातार तेस्रो दिन सुनचाँदीको भाउ घट्यो
सुनचाँदीको भाउ लगातार तेस्रो दिन आज पनि घटेको छ । बुधबारदेखि सुन चाँदीको भाउ लगातार घट्दै आएको हो ।
सुनको भाउ आज तोलामा २ हजार २०० रुपैयाँ घटेर २ लाख ९६ हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, आज चाँदीको भाउ ७५ रुपैयाँले घटेर तोलाको चार हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको छ ।
Banner
कांग्रेसले आज संसदीय दलको नेता चयन गर्दै
नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि शुक्रबार निर्वाचन प्रक्रिया अघि बढाउँदै छ। पार्टीले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारी दर्ता बिहान ११ देखि १२ बजेसम्म हुनेछ भने मतदान साँझ ५ बजेसम्म सम्पन्न गरिने छ ।
दलको नेतृत्वका लागि अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बे मुख्य प्रतिस्पर्धीका रूपमा देखिएका छन्। यस्तै मोहन आचार्यदेखि निष्कल राईसम्मका नाम पनि सम्भावित उम्मेदवारका रूपमा चर्चामा छन्।
प्रतिनिधि सभामा नेपाली कांग्रेसका ३८ सांसद छन्, जसले दलको नेता चयनका लागि मतदान गर्नेछन्।
पार्टीभित्रको आन्तरिक मतभेदका कारण ढिलाइ हुँदै आएको नेतृत्व चयन प्रक्रिया हाल औपचारिक रूपमा अघि बढाइएको हो। सर्वोच्च अदालतले सभापति गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएपछि संसदीय दलको निर्वाचन प्रक्रिया अघि बढेको हो।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने














You must be logged in to post a comment Login